एकैदिन २४४० जनामा कोरोना संक्रमण,१९ जनाको मृत्यु

काठमाडौं,असोज,१९-नेपालमा सोमवार थप २ हजार ४४०जनामा कोरोना संक्रमण पुष्टि भएको छ।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २६३ पुगेको छ । विगत २४ घण्टामा थपिएका कोरोना संक्रमितको संख्या हालसम्मकै उच्च हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप १९ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ ।योसँगै कोरोना संक्रमणबाट ५५४ […]

बन्द गरिएको श्रम स्वीकृति सोमवारदेखि पुनः शुरु हुने

काठमाडौं,असोज,१८-कर्मचारीमा कोरोना संक्रमण देखिएसँगै वैदेशिक रोजगार कार्यालय, काठमाडौंबाट बन्द गरिएको श्रम स्वीकृति सोमवारदेखि पुनः शुरु हुने भएको छ ।  प्रवेशाज्ञाको अवधि सकिन लागेका तथा तत्काल गन्तव्य मुलुकमा पुग्न नसकी बेरोजगारी गुम्ने जोखिम भएका सेवाग्राहीको समस्यालाई ध्यानमा राखी सावधानीपूर्वक सीमित सेवा प्रदान गर्न लागिएको विभागले बताएको छ ।      कार्यालयका एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि […]

डा.गोविन्द केसीसँग तत्काल वार्ता थाल्न प्रधानमन्त्री ओलीलाई कांग्रेसको अपिल

काठमाडौं,असोज,१८-नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीलाई चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि अनशनरत डा. गोविन्द केसीसँग तत्काल वार्ता गर्न अपिल गरेको छ । प्रमुख प्रतिपक्षी दलका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीलाई डा. केसीको जीवन रक्षाका लागि पहल थाल्न अपिल गर्नुभएको हो । आइतबार प्रेस विज्ञिप्त जारी गर्दै सभापति देउवाले वार्ताका माध्यमबाट डा. केसीका माग […]

कोरोना संक्रमणबाट ५३५ जनाको मृत्यु पुष्टि, एकैदिन २२५३ संक्रमीत थपिए

काठमाडौं,असोज,१८-नेपालमा आइतवार थप २ हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप ७ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट ५३५ जनाको मृत्यु पुष्टि भएको छ । नेपालमा […]

सन्दीप आबद्द दिल्ली शीर्ष स्थानमा उक्लियो

एजेन्सी,असोज,१८- दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ । शनिबार राती १६ औं खेलमा दिल्लीले कोलकाता नाइट राइडर्सलाई १८ रनले पराजित गर्दै रोयल च्यालेन्जर्स बेंगलोरलाई नेट रनरेटले पछि पार्दै शीर्षस्थानमा उक्लिएको हो । जितका लागि २ सय २९ रनको विशाल विजयी लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ८ विकेटको क्षतिमा २ […]

सुदुरपश्चिमका ३ विमानस्थलको पर्यटन मन्त्री भट्टराईद्धारा निरिक्षण

डोटी,असोज,१७-पर्यटन मन्त्री योगेश भट्टराईले शनीबार सुदुरपश्चिम प्रदेशका ३ वटा विमानस्थलको निरिक्षण गर्नु भएको छ । लामो समय देखि बन्द रहदै आएका तिन विमानस्थलको निरिक्षणका क्रममा डोटीको दिपायल विमानस्थल पुग्नु भएका मन्त्री भट्टराईले    संक्षिप्त कुराकानी गर्दै “भन्नुभयो” डोटीबाट निर्वाचित प्रतिनिधी सभा सदस्य माननीय प्रेम आले मगर विकासको पर्यावाची नाम भएको बताउनुभयो ।  उहाॅंले “भन्नुभयो” दिपायल विमानस्थल स्तरउन्नतीको […]

डा. केसीको जीवनरक्षाको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं,असोज,१७-चिकित्सा शिक्षा सुधारको माग गर्दै अनशन बस्नुभएका डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै शनिबार माइतीघरमा प्रदर्शन भएको छ । अनशनरत् डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि जीवनरक्षाको माग गर्दै युवाहरुले प्रदर्शन गरेका हुन् । अनशनको २० दिन पुग्दासमेत सरकारले केसीका मागहरु पूरा गर्न कुनै कदम नचालेको प्रदर्शनमा सहभागी युवाहरुले आरोप लगाएका छन् । भदौ […]

एकैदिन २१२० जनामा कोरोना संक्रमण,८ को मृत्यु,२०४४ जना डिस्चार्ज

काठमाडौं,असोज,१७-नेपालमा शनिवार थप २ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप ८ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ।योसँगै कोरोना संक्रमणबाट ५२८ जनाको मृत्यु पुष्टि भएको छ । नेपालमा कोरोनाका सक्रिय […]

दशैँको अवसरमा ‘बिगो डान्स च्याम्प’ हुँदै, प्रथमलाई नगद ५० हजारदेखि फिल्म खेल्ने अवसर

काठमाडौँ,असोज,१७-नेपालीहरुको महान पर्व वडा दशैँको अवसरमा ‘बिगो डान्स च्याम्प-२०२०’ हुने भएको छ । किङ ग्रुपको पहिलो प्रस्तुतीको रुपमा यस वर्षको वडा दशैँको पावन अवसरमा बिगो लाइभ नृत्य प्रतियोगिता ‘विगो डान्स च्याम्प–२०२०’ आयोजना हुन लागेको हो ।बिगो एपमार्फत लाइभ गरिने उक्त प्रतियोगितामा निःशुल्क सहभागि हुन सकिनेछ । असोज २० (अक्टोबर ६ तारिक) गतेसम्म आवेदनका लागि मोवाइल […]

प्रधानमन्त्री ओलीले गरे अमेरिकी राष्ट्रपति ट्रम्पको स्वास्थ्य लाभको कामना

काठमाडौं,असोज,१७-प्रधानमन्त्री केपी ओलीले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । आज सामाजिक सञ्जाल ट्वीटरमार्फत् उहाँले राष्ट्रपति ट्रम्प र उनकी पत्नी मेलानियाको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको हो । राष्ट्रपति ट्रम्पलाई मेन्सन गरिएको ट्वीटमा प्रधानमन्त्री ओलीले राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानियाको स्वास्थ्य लाभको कामना गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त […]