वार्षिक नीति तथा कार्यक्रम संघीय संसदका दुवै सदनबाट बहुमतले पारित

काठमाडौँ,जेठ,६-विपक्षी दलको विरोधका बिच आर्थिक वर्ष २०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ।प्रतिनिधिसभाको तथा राष्ट्रिय बैठकमा सत्तारुढ दलको समर्थनमा नीति कार्यक्रम पारित भएको हो । प्रमुख विपक्षी दल नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी, समाजवादी पार्टी लगायतले नीति कार्यक्रमको विपक्षमा मतदान गरे ।  नीति कार्यक्रम पारितअघि प्राप्त पाँचवटा संशोधन प्रस्ताव बहुमतबाट अस्वीकृत भएका थिए […]

नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुग्यो, ३७ जना निको भए

काठमाडौं,जेठ,६-नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४०२ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित ‘प्रेस ब्रिफिङ’मा मंगलबार बोल्दै संक्रमितको संख्या र ४०२ पुगेको बताए । मंगलबार २७ जना संक्रमित थपिएका हुन् ।थपिएकाहरु १७ देखि ४२ वर्षका रहेका छन् । जसमा तीनजना महिला हुन् । मंगलबार थपिएका झापाका नौ, कपिलवस्तुका चार, काठमाडौंका तीन, सर्लाहीका […]

शिक्षक संघ चितवनले दियो ३५ जिल्लाका २७० शिक्षकलाई १० दिने आइसिटि तालिम

चितवन,जेठ,६-नेपाल शिक्षक संघ चितवन जिल्ला कार्यसमितिले शिक्षकहरुका लागि १० लिने सूचना प्रविधियुक्त सिकाइ अनलाइन तालिम सञ्चालन गरेको छ । ३५ जिल्लाका २७० शिक्षकहरुले दिनको तीन घण्टाका दरले तालिम लिएका थिए । सोमबार नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले १० दिने तालिमको समापन गर्नु भएको थियो । समापन कार्यक्रममा बोल्दै प्रवक्त शर्माले कोरोना माहामारीले शिक्षकहरुको काँधमा थप […]

भारतले अतिक्रमित गरेको सबै भूभाग सरकारले फिर्ता ल्याउँछः प्रधानमन्त्री केपी ओली

काठमाडौं,जेठ,६-प्रधानमन्त्री केपी ओलीले भारतले अतिक्रमित गरेको सबै भूभाग सरकारले फिर्ता ल्याएरै छाड्नै अठोट व्यक्त गर्नु भएको छ ।  प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अहिलेको सरकार देखाउने राष्ट्रवादको पक्षमा नभई अनुभूत गर्ने राष्ट्रियताको पक्षमा रहेकैले नीति तथा कार्यक्रममा नेपाली भूमि समेटिएको नक्शा सार्वजनिक गर्ने विषय व्यक्त गरिएको थियो ।’ प्रधानमन्त्री ओलीले लिम्पियाधुरासहितको नेपाली […]

नीति तथा कार्यक्रममाथि सासंदहरुले उठाएका प्रश्नमा आज प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं,जेठ,६-प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा आज संसदमा जवाफ दिनुहुनेछ ।नीति तथा कार्यक्रममा दुई दिनसम्म १ सय १८ जना सांसदले भाग लिएका थिए । प्रधानमन्त्रीको जवाफपछि  नीति कार्यक्रममाथि संशोधन निर्णयार्थ पेश गरिनेछ ।विभिन्न राजनीतिक दलका तर्फबाट नीति तथा कार्यक्रममा सात वटा संशोधन प्रस्तावसमेत परेको छ । संशोधनको छिनोफानोपछि नीति तथा कार्यक्रम […]

भारतमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो, सोमबार १३१ को मृत्यु

काठमाडौं,जेठ,६-भारतमा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ। अहिलेसम्म भारतमा एक लाख तीन सय २८ जना कोरोना संक्रमित भएका वल्डओमिटरले जनाएको छ। सोमबार भारतमा चार हजार ६ सय ३० जना नयाँ संक्रमित थपिएका छन्। कोरोना संक्रमणबाट भारतमा अहिलेसम्म ३१ सय ५६ जनाको मृत्यु भएको छ। सोमबार मात्रै भारतमा १ सय ३१ जनाले ज्यान गुमाएका छन्। […]

परीक्षणदर बढाएर शैक्षिक क्षेत्र खुला गर्दै जानुपर्छ: काॅंग्रेस प्रवक्ता शर्मा

काठमाडौं,जेठ,५-नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शिक्षा क्षेत्रलाई लामो समय पूर्णतः बन्द गरेर राख्न नहुने बताएका छन् । कोरोना परीक्षणको दायरा बढाउँदै विभिन्न विकल्पहरुका साथ शैक्षिक संस्था खुला गर्नुपर्ने उनको भनाइ छ ।नेपाल शिक्षक संघ चितवनले आयोजना गरेको शिक्षकहरुको १० दिने सूचनाप्रविधियुक्त सिकाइ तालिमको समापन कार्यक्रममा बोल्दै प्रवक्ता शर्माले शैक्षिक क्षेत्र लामोसमय पूर्णतः बन्द गरेर राख्न […]

बाँकेमा ४७ सहित थप ५३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३५७ पुग्यो

काठमाडौं,जेठ,५-नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ सय ५७ पुगेको छ । सोमबार थप ५३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३५७ पुगेको हो । सोमबार बाँकेमा थप ४७ सहित थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो । नेपालगन्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ४६ पुरुष, […]

लिम्पियाधुरा, लिपुलेक सहितको नक्शा मन्त्रिपरिषदबाट पारित

काठमाडौं,जेठ,५-सरकारले लिम्पियाधुरा, लिपुलेकसहितको भारतबाट अतिक्रमित नेपाली भूभाग समेटिएको नयाँ नक्शा पारित गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लिम्पियाधुरा, लिपुलेकसहितको नक्शा पारित गरेको एक मन्त्रीले जानकारी दिएका हुन् । बैठकमा भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले नयाँ नक्शा पेश गरेकी थिइन् । नयाँ नक्शामा भारतले वार्षैदेखि अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको जनाइएको छ […]

जोर्डनले ३५ वर्ष अगाडि लगाएको जुत्ता ५ लाख ६० हजार डलरमा विक्रि भयो

काठमाडौं,जेठ,५-बास्केटबल महान खेलाडी माइकल जोर्डनले ३५ वर्ष अगाडि लगाएको जुत्ता किर्तिमानी मूल्यमा विक्रि भएको छ।जोर्डनले सन् १९८५ मा लगाएको नाइक जुत्तामा उनको हस्ताक्षर पनि छ। अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार उक्त जुत्ताको मूल्य अनुमान गरिएको भन्दा तेब्बर मूल्यमा विक्रि भएको हो।विश्वभरका दश जनाले उक्त जुत्तामा मूल्य लगाएका थिए। अन्तिममा ५ लाख ६० हजार डलरमा उक्त जुत्ता विक्रि […]