काठमाडौं,बैशाख,९-सरकारले संविधान संशोधनको प्रस्ताव प्रतिनिधि सभामा पेस गर्ने निर्णय गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपालको नयाँ नक्सा कार्यान्वयन गर्न संविधानको अनुसूचीमा रहेको निशान छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्ताव लैजाने निर्णय गरेको हो । अहिले उक्त निशान छापमा लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समावेश छैन । सरकारले बुधबार भारतले अतिक्रमण […]
समाचार
गुगलले राख्यो नेपालको नयाँ क्षेत्रफल
काठमाडौं,जेठ,९-गुगलले नेपालको नयाँ क्षेत्रफल देखाएको छ ।नेपालले आधिकारिक रुपमा नेपालको भूभाग लिम्पियाधुरा, कालापनी र लिपुलेकसम्म भएको नक्शा सार्वजनिक गरेसँगै गुगल सर्च इञ्जिनले नेपालको नयाँ क्षेत्रफल देखाउन थालेको हो । गुगलमा एरिया अफ नेपाल भनेर सर्च गर्दा १ लाख ४७ हजार ५१६ वर्गकिलोमिटर क्षेत्रफल देखाउँछ ।नेपालले गत बुधबार (जेठ ७) मा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको […]
मन्त्रिपरिषद बैठक जारी, संविधान संशोधन प्रस्ताव ल्याउँदै
काठमाडौं,जेठ,९-सरकारले संविधान संशोधनको प्रस्ताव ल्याउने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकले संविधान संशोधनको लागि प्रस्ताव ल्याउने बुझिएको छ । सरकारले यही जेठ ७ गते बुधबार लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नेपालको अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको छ। नयाँ नक्सा कार्यान्वयनका लागि संविधानमा रहेको निशान छापभित्र रहेको नेपाली नक्सा पनि परिवर्तन […]
थप ३० जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ४ सय ८७ पुग्यो
काठमाडौं,जेठ ९-नेपालमा थप ३० जनामा कोरोना संक्रमण देखिएको छ ।आज शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा थप ३० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ ।संक्रमितहरु नवलपरासी विनय त्रिवेणी गाउँपालिका ६ निवासी ४५ वर्षीय पुरुष, भरतपुर […]
लकडाउनको समयमा पनी शिक्षकलाई सिकाइकै चिन्ता देखिनु सकरात्मक : निधि
ओखलढुंगा,जेठ,९-नेपाली कांग्रेसका उपसभापति एवं पूर्व शिक्षामन्त्री विमलेन्द्र निधिले लकडाउनको समयमा पनि शिक्षकमा शिक्षण सिकाइकै चिन्ता देखिनु सकारात्मक भएको बताउनु भएको छ।सरकारले अनलाइन शिक्षाको कुरामात्रै गरेको अवस्थामा शिक्षकहरु आफैले सूचनाप्रविधिमैत्री बन्न अनलाइन तालिम सञ्चालन गर्नु प्रशंसनीय काम भएको उहाले बताउनु भएको थियो । नेपाल शिक्षक संघका निवर्तमान उपाध्यक्ष गोकर्ण बानियाको व्यक्तिगत पहलमा बिहिवार देखि शुरु भएको […]
एसडी मुनीलाई गगन थापाको जवाफ : ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी हाम्रै भूमि हो’
काठमाडौं,जेठ,८-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले भारतीय प्राध्यापक डा. सुकदेव मुनीलाई नेपालको निर्णय क्षमतामाथि अनावश्यक प्रश्न नगर्न चेतावनी दिनुभएको छ। भारतमा नेपाल मामिलाका जानकार मानिने मुनीले नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित नयाँ नक्शा एकपक्षीय रुपमा जारी गरेको टिप्पणी गरेपछि थापाले मुनीलाई जवाफ दिनुभएको थियो। मुनीको ट्वीटमा जवाफ फर्काउँदै पूर्वमन्त्रीसमेत रहेका सांसद थापाले लिम्पियाधुरा, […]
कांग्रेस नीति प्रतिष्ठानको पूर्ण बैठक : लिपुलेक सडक गम्भीर र आपत्तिजनक
काठमाडौं,जेठ,८-नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको पूर्ण बैठकले भारतले एकपक्षीय रुपमा निर्माण गरेको लिपुलेक सडक नेपाल र नेपालीका लागि गम्भीर र आपत्तिजनक भएको बताएको छ। बिहीबार अनलाइन जुमका माध्यमबाट भएको पूर्ण बैठकले भारतको कदमप्रति आपत्ति जनाएको हो। ‘वर्तमानमा भारतले एकपक्षीय रुपमा निर्माण गरी उद्घाटन गरेको भनिएको र अत्यन्त चर्चामा रहेको लिपुलेक सडकको विषय […]
थप ९ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ४ सय ५३ पुग्यो
काठमाडौं,जेठ-८-बिहीबार झापा र रुपन्देहीमा थप ९ जनामा कोरोना भाइरसको संक्रमित थपिएका छन् । झापामा ८ जना र रुपन्देही १ जना गरि थप ९ जना कोरोना संक्रमित भएको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् । उनीहरू सबै क्वारेन्टिनमा बसेका थिए । संक्रमितहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ। […]
रोल्पा अस्पतालको आइसोलेसनमा मृत्यु भएको युवकमा काेरोना नरहेको पुष्टी
काठमाडौं,जेठ,७-रोल्पा जिल्ला अस्पतालको आइसोलेसन वार्डमा मृत्यु भएका युवकमा कोरोना संक्रमण नरहेको पुष्टि भएको छ। दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको उनको स्बाव परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो। आइतबार रातिदेखि रोल्पा अस्पतालको आइसोलेसनमा राखिएका ती युवकको सोमबार अपराह्न मृत्यु भएको थियो। उनी मिर्गाैलाका रोगी थिए।
भारतमा एकै दिन ६१ सय कोरोना संक्रमित थपिए, १४६ को मृत्यु
काठमाडौं,जेठ,७-भारतमा एकै दिन ६ हजार भन्दा धेरै कोरोना संक्रमित फेला परेका छन्।मंगलबार भारतमा ६ हजार १ सय ४७ जना नयाँ संक्रमित फेला परेका हुन्। यो सँगै भारतमा संक्रमितको संख्या १ लाख ६ हजार ४ सय ७५ पुगेको छ। वल्डओमिटरको बुधबार बिहान पौने ९ बजेसम्मको तथ्यांक अनुसार भारतमा मृतकको संख्या ३ हजार ३ सय २ पुगेको […]





