रेलमा आगलागी हुँदा पाकिस्तानमा ६५ जनाको मृत्यु

काठमाडौं,कार्तिक,१४- रेलमा आगलागीका कारण पाकिस्तानमा  ६५ जनाको मृत्यु भएको छ। लियाक्तपुर सहरनजिकै बिहीबार भएको उक्त घटनामा ४० भन्दा बढी घाइते भएको पाकिस्तानी समाचार अनलाइन डनले जनाएको छ।एएफपीका अनुसार पञ्जाव हेल्थ मिनिस्टर डा. यास्मिन रशिदले मृतकको संख्या ६५ पुगेको जानकारी दिएका छन्। घटनामा महिला र बालबालिका पनि रहेका छन्। मृतक र घाइतेलाई सोही सहरस्थित डीएचक्यु अस्पतालमा […]

जापानको ओकिनावामा रहेको विश्व सम्पदा सूचीमा सूचीकृत सुरी महल आगलागीबाट ध्वस्त

जापान,कात्तिक,१४- जापानको ओकिनावामा रहेको विश्व सम्पदा सूचीमा सूचीकृत सुरी महल आगलागीबाट ध्वस्त भएको छ । पाँच सय बर्ष पुरानो महलको मुख्य भाग जलेर नष्ट भएको छ । बिहीबार विहानै भएको आगो नियन्त्रण गर्न ठूलो संख्यामा अग्नी नियन्त्रक खटाइएको छ । आगलागीबाट अहिलेसम्म कुनै मानवीय क्षति नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पाँच सय वर्षअघि जापानको […]

कृष्णनगरमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

कपिलवस्तु,कार्तिक,१४- कपिलवस्तुको सीमा नाका कृष्णनगरमा प्रहरीको गोली लागेर एक व्यक्तिको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय सुरज पाण्डे छन् । लक्ष्मी पूजाको मूर्ती विर्सजन गर्ने क्रममा दुई पक्षबीच विवाद हुँदा हिजो बेलुकादेखि कृष्णनगर तनावग्रस्त बनेको थियो । तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालयले कर्फयू आदेश जारी गरेको छ । बिहान ११ बजेदेखि अर्को आदेश नहुनजेलसम्मको लागि प्रशासनले कफ्र्यू […]

आज भाईटिका, शुभसाइत ११:५५ बजे उत्तम

काठमाण्डौं,कार्तीक,१३- आज यमपञ्चकको पाँचौ दिन अर्थात भाई टिका ।सबै नेपालीका घर-घरमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरङ्गी टीका लगाएर हर्षोल्लासरूपमा भाइटीका मनाउँदैछन् ।तिहारको अन्तिम दिन अर्थात भाइटीकालाई समस्त नेपालीले महत्वपूर्ण दिनका रूपमा लिने गर्छन् ।भाइटीकाको साइत खोज्नेहरूका लागि ११ बजेर ५५ मिनेटको समय  उत्तम रहेको भए पनि दिनभर नै भाइटीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निणर्याक समितिका अध्यक्ष प्रा. […]

नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता

काठमाडौं,कार्तिक,११- सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज (सोमबार) बिहान एक्लाएक्लै भेटवार्ता भएको छ। ओली र प्रचण्डबीच दूरी बढेको चर्चा भइरहेका बेला बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहान झन्डै १ घण्टा प्रधानमन्त्रीसमेत रहेका ओली र नेकपा अध्यक्ष प्रचण्डबीच ‘वान टु वान’ भेटवार्ता भएको हो। भेटवार्तामा मंसिर १४ हुने उपनिर्वाचन, पछिल्लो […]

तिहारको चौथो दिन :आज गाई र गोरुको पूजाआजा गरि मनाईदै

काठमाडौं,कार्तीक,११- यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई र गोरुको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, […]

तिहारको तेस्रो दिन :आज लक्ष्मीपूजा र कुकुर तिहार संगै मनाइँदै

काठमाडौं,कार्तीक,१०- यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । तीथीको घटबढले लक्ष्मीपूजा र कुकुर तिहार एकै दिन परेको छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले […]

तिहार सुरु : आज काग तिहार मनाईदै

काठमाडौं,कार्तीक,९- हिन्दू धर्मावलम्बी नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आजदेखि विधिवत रुपमा शुरु भएको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितियासम्म पाँच दिन मनाइने भएकाले यो पर्वलाई यमपञ्चक पनि भनिन्छ । तिहारको पहिलो दिन आज काग तिहार मनाइदैछ । धार्मिक मान्यता अनुसार यमराजको सन्देश वाहकको रुपमा मानिएको कागलाई यमदूतकै रुपमा लिई पूजा अर्चना गरेर चोखो […]

रोल्पाका शनि विश्वकर्मा बने पहिलो नेपाल लोकस्टार

काठमाडौं,कार्तीक,८- रोल्पाका शनि विश्वकर्माले नेपाल लोकस्टारको उपाधि चुमेका छन् ।एपीवान टेलीभिजनबाट प्रशारित सर्वाधिक पुरस्कार राशिको रियालिटी शो नेपाल लोकस्टारको उपाधिसँगै उनले ५० लाख नगद पुरस्कार हात पारे । भृकुटिमण्डपस्थित खुला मैदानमा शुक्रबार आयोजित अन्तिम प्रस्तिस्पर्धामा उनले उपाधि चुमेका हुन्।    प्रतियोगितामा चेतन गोतामे दोस्रो भई २५ लाख नगद पुरस्कार प्राप्त गरे । तेस्रो उदयपुर कटारीका […]

आधुनिकीकरणले “तिहार पर्व” विश्वव्यापी बन्दै : जापानमा तिहार सुरु

फुकुओका,जापान,कार्तीक,९-हिन्दु नेपालीहरुको दोस्रो ठूलो चाड तिहार पर्व कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने गरिन्छ । तिहारमा पिङ खेल्ने, दीपावली गर्ने, देउसीभैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाई रमाइलो गरी तिहार मनाउने गरिन्छ।कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्मका पाँच दिन मनाइने भएकाले यसलाई यमपञ्चक भन्ने गरिन्छ। कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक […]