आजको राशिफल ।। माघ ५ गते बिहिवार

काठमाडौं,माघ,५-आज विक्रम संवत २०७९ साल माघ महिनाको ५ गते बिहिबार, (जनवरी १९ तारिख ) माघ कृष्ण द्धदशी तिथी। आज माघ ५ गते बिहिवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन गरेको कार्यमा अवरोध आउला । कतैकतै झैझमेलाको अवस्था आउला, तर अग्रजहरूको सुझाव अनुसार अवसर पहिल्याउन सकिनेछ । वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका हुनेहरुका लागि आजको […]

आज पीएसजी र रोनाल्डो आवद्ध अल नसर क्लवबिच विच मैत्रीपूर्ण खेल हुने

काठमाडौं,माघ,५-आज बिहिवार फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)र साउदीको अल नसरको क्लव बिच मैत्रीपूर्ण खेल हुदैछ। आजको मैत्रीपुर्ण खेलमा विश्वका चर्चित दुई महान खेलाडी क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीबीचको भिडन्त हेर्न पाईने छ।यस संगै विश्वका अन्य चर्चित खेलाडीहरु नेयमार, सर्जियो रामोस,केलियन एम्बाप्पे,जस्तै ठुप्रै खेलाडी रहेका छन् । २०२२ को विश्वकप विजेता मेस्सी पीएसजीमा आबद्द छन् ।यसले गर्दा पनि […]

राष्ट्रपति पद मेरो लागि होइन : डा. सन्दुक रुइत

काठमाडौं,माघ,५-वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतले राष्ट्रपति पद आफ्नो लागि नबनाएको बताउनुभएको छ। बुधबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको प्रश्नमा उहाँले राष्ट्रपति पदमा आफ्नो इच्छा नरहेको बताउनुभएको हो। उहाँले आफूले गर्ने कामको बारेमा राम्रोसँग जानकार रहेको र राष्ट्रपति पदमा गएर भन्दा बाहिर रहेर नै आफूले गर्नुपर्ने कामहरु धेरै रहेको बताउनुभयो।उहाँले राष्ट्रपति पदलाई राम्रो बनाउनका लागि […]

आजको राशिफल ।। माघ ४ गते बुधवार

काठमाडौं,माघ,४-आज विक्रम संवत २०७९ साल माघ महिनाको ४ गते बुधवार , (जनवरी १८ तारिख ) माघ कृष्ण एकादशी तिथी।आज षट्तिला एकादशी हो । आज माघ ४ गते बुधवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ । अनावश्यक खर्च हुने र मानसिक चिन्ता बढ्नेछ । योजना गोप्य राखेर […]

मन्त्रिपरिषद् विस्तार, को को बने नयाँ मन्त्री (हेर्नुहोस्)

काठमाडौं,माघ,३-प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले १९ मन्त्री र ३ राज्यमन्त्रीसहित २३ सदस्यीय मन्त्रिपरिषद् गठन गरेको छ।प्रधानमन्त्री दाहालले विस्तार गरेको मन्त्रिपरिषद्मा २३ मध्ये १५ जना नयाँ अनुहार भित्रिएका छन्।मन्त्रीमा नयाँ अनुहार मात्र हैन यस पटक केही मन्त्रालयमा विषय विज्ञता अनुसार मन्त्रीनियुक्त भएका छन्। नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा समर्थन गर्ने सात मध्ये ५ दलमात्र सरकारमा […]

राप्रपाका तीन मन्त्री र एक राज्यमन्त्री बन्ने नेता यी हुन्

काठमाडौं,माघ,३-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा पार्टी सरकारमा जाने निर्णय भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार लिङ्देन उपप्रधानमन्त्रीसहित ऊर्जा, जलस्रोत तथा सिंचाइ, विक्रम पाण्डे शहरी विकास र ध्रुबबहादुर प्रधान कानुन मन्त्री बन्नु हुने छ । यस्तै, दिपक बहादुर सिंह उर्जा […]

माओवादीले मन्त्रीको नाम टुंगो लगायो

काठमाडौं,माघ,३-नेकपा (माओवादी केन्द्र) ले पठाउने मन्त्रीहरूको नाम टुंगो लगाएको छ । माओवादीले मंगलबार बिहान रेखा शर्मा, सुदन किराँती र अमनलाल मोदीको नाम टुंगो लगाएको हो । स्रोतका अनुसार शर्मा सूचना तथा सञ्चारमन्त्री, किराँती संस्कृति पर्यटन मन्त्री र मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्नु हुनेछ । सोमबार बालुवाटारमा भएको सत्ता साझेदार दलबीचको छलफलमा माओवादीले […]

रास्वपाबाट ३ मन्त्रीको टुंगो लाग्यो, तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री

काठमाडौं,माघ,३-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मन्त्री बन्ने व्यक्तिहरुको नाम टुंगो लगाएको छ । पार्टीको मंगलबार बिहान बसेको संसदीय दलको बैठकले मनत्रीहरुको नाम टुंगो लगाएको हो । रास्वपा स्रोतका अनुसार बैठकमा पार्टी सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले डोलप्रसाद अर्याल, शिशिर खनाल र डा.तोसिमा कार्कीलाई मन्त्री बनाउने निर्णय सुनाउनु भएको थियो । जस अनुसार अर्याल श्रम […]

सभामुख चयनको लागि आज उम्मेदवारी दर्ता हुदै

काठमाडौं,माघ,३-प्रतिनिधि सभामा सभामुख चयनका लागि माघ ५ गते हुने निर्वाचनको उम्मेदवारी दर्ता आज मंगलवार हुदैछ। सत्ता साझेदार दल एमालेले राष्ट्रपति पद लिनेछ भने उपराष्ट्रपति माओवादीले पाएको छ।जनता समाजवादी पार्टीले पनि उपराष्ट्रपतिमा दाबी गरेको थियो, तर माओवादीले यो पद छाड्न अस्वीकार गरेको छ। प्रधानमन्त्री र सभामुखमा आलोपालो गर्ने पूर्व सहमति छ। त्यसअनुसार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनिसकेका […]

आज मन्त्रिपरिषद् विस्तार गरिदै

काठमाडौं,माघ,३-आज मंगलवार मन्त्रिपरिषद् विस्तार गरिदैछ।सोमबार बसेको सात दलीय गठबन्धन दलले मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको थियो। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले मन्त्रालयको बाँडफाँट टुङ्गयाएको थियो। बैठकमा सहभागी उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका अनुसार सत्ता गठबन्धनमा मन्त्रालयको भागबण्डा टुङ्गिएकोले आज १ बजे मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम रहेको बताउनुभयो। एमालेलाई राष्ट्रपति, उपराष्ट्रपति नपाउँदा जसपा रुष्ट उच्चस्तरीय संयन्त्रको बैठकअघि […]