दाङ,असोज,२८- हाम्रो आगमन संस्थामा आबद्ध युवाहरुले प्रकाशन गरेको आगमन म्यागेजिन पत्रिकाको शनिवार घोराहीमा बिमोचन गरिएको छ । गोरेटो नेपाल र हाम्रो आगमन संस्थाले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा बरिष्ठ साहित्यकार गिरिराज शर्मा र राप्ती साहित्य परिषद्का अध्यष पुरुषोत्तम खनालले पत्रिका विमोचन गर्नुभएको थियो । पत्रिकाको समीक्षा नयाँ युगबोध दैनिकका सहसम्पादक नरेन्द्र केसीले गर्नुभएको थियो । प्रमुख […]
समाचार
नेपालको खल्तीले जित्यो गुगल बिजनेश ग्रुप स्टोरी कन्टेस्ट
दाङ,असोज,२८- गुगलले यस वर्षको ग्लोबल गुगल बिजनेश ग्रुप स्टोरी कन्टेस्ट विजेताको रुपमा नेपालको डिजिटल वालेट खल्तीलाई छनोट गरेको छ । गुगल प्रयोग गरी आफ्नो व्यवसाय वा केही उदाहरणीय काम गर्ने व्यक्ति र कम्पनीहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यले हरेक वर्ष गुगलले यो प्रतिष्पर्धा गर्दै आएको छ । ‘गुगल बिजनेश ग्रुप स्टोरी सर्च २०१७’ को नाममा सञ्चालित यो […]
राष्ट्रपतिद्वारा राप्रपाका नवनियुक्त मन्त्रीहरुलाई शपथ
काठमाडौं, असोज २८- राष्ट्रपति विद्यादेवी भण्डारीले राप्रपाका नवनियुक्त मन्त्रीहरुलाई आज साँझ पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ ।राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले उपप्रधानमन्त्री कमल थापा तथा बिनाविभागीय मन्त्रीहरु जयन्त चन्द, दिलनाथ गिरी र विक्रमबहादुर थापालाई शपथ गराउनु भएको हो । प्रधानमन्त्री देउवाले शुक्रबार उनीहरुलाई मन्त्री नियुक्त गर्नु भएको थियो । नवनियुक्त मन्त्रीहरुको […]
निर्वाचनपछि मुलुक समग्र आर्थिक विकास तिर : प्रधानमन्त्री
काठमाडौं,असोज,२८- व्यवस्थापिका–संसदको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाले निर्वाचनपछि मुलुक समग्र आर्थिक विकासको बाटोमा लाग्ने बताउनु भएको छ ।संविधान जारी पछि २००७ देखि देखेको सपना पूरागरी संविधानसभाबाट संविधान जारी हुनु ऐतिहासिक घटना भएको बताउनुभयो । संविधान जारी भएपछि विभिन्न कानुन बनेको, स्थानीय तहको निर्वाचन सम्पन्न भएको र प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको […]
मन्त्रिपरिषद् विस्तारले निर्वाचनमा असर गर्दैनः निर्वाचन आयोग
काठमाडौं,असोज,२८- निर्वाचन आयोगले मन्त्रीपरिषद् विस्तारका कारण निर्वाचनमा प्रतिकुल असर नपर्ने स्पष्ट पारेको छ ।चुनावको पूर्वसख्यामा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेपछि सपथ गराउने नगराउने निर्णय गर्नु अघि राष्ट्रपति विद्यादेवी भण्डारीले आयुक्तहरुसँग परामर्श गर्नु भएको थियो । छलफलमा आयोग पदाधिकारीहरुले सपथ राष्ट्रपतिको अधिकार क्षेत्रभित्रको विषय भएको बताएका छन् । भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त […]
चिनियाँ राष्ट्रपति सी जिनफिङका : पाँच वर्षका पाँच उपलब्धि
काठमाण्डौं,असोज,२८- बेइजिङमा चिनियाँ कम्युनिष्ट पार्टीको १९औं महाधिवेशनको पूर्वसन्ध्यामा राष्ट्रपति सी जिनफिङ नेतृत्वले ५ वर्षमा गरेका कामको लेखाजोखा चलिरहेको छ। सुविधाजनक सर्वसाधारणको जीवनस्तर, विश्वमा फैलिँदो चिनियाँ सँस्कृति, सामाजिक सद्भावले बलियो समाज, आर्थिक प्रगति, स्थिर राजनीति, वातावरणीय सुधार, उन्नत प्रविधि, हाइस्पिड रेल, साइकल सेयरिङ, अनलाइन किनमेल, शिक्षा–स्वास्थ्य–रोजगारीका अवसरले पाँच वर्षमा चिनियाँ जीवनलाई थप रंगीन बनाएको छ। यो […]
नवनियुक्त मन्त्रीहरुको सपथ साँझ ७ बजे हुने
काठमाण्डौं,असोज,२८- नवनियुक्त मन्त्रीहरुको सपथ साँझ ७ बजे हुने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ आज साँझ ७ बजे खुवाउने कार्यक्रम तय भएको जानकारी दिनुभयो । राष्ट्रपति भण्डारीले निर्वाचन आयोगका पदाधिकारीहरुसँगको परामर्शपछि नवनियुक्त मन्त्रीको सपथको समय तोकेकी हुन्। निर्वाचन घोषणा भइसकेको अवस्थामा प्रधानमन्त्री देउवाले राप्रपालाई समेटेर सरकार […]
निर्वाचन आयोगद्वारा सरकारलाई २७ बुँदे निर्देशन
काठमाडौं, असोज,२८- निर्वाचन आयोगले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको व्यवस्थापनको आवश्यक प्रबन्ध मिलाउन नेपाल सरकारलाई २७ बुँदे निर्देशन जारी गर्ने निर्णय गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा शनिबार बसेको बैठकले उक्त निर्देशन कार्यान्वयनका लागि मुख्यसचिवमार्फत् सरकारसमक्ष लेखी पठाउने निर्णय गरेको आयोगका प्रवक्ता नवराज ढकालले […]
आज ५९२ शांसदलाई बाटो खर्च दिएर बिदाई गरिदै
काठमाडौं,असोज,२८- संविधान जारी गरेपछि संविधानसभाबाट व्यवस्थापिका संसद्मा रुपान्तरित भएको व्यवस्थापिका संसदको सांसदहरुलाई बिधिबत् तरिकाले आज बिदाई गरिंदैछ । संसदको शुक्रबार बैठक अन्तिम भएपनि आज विशेष बैठक डाकी सांसदहरुलाई विधिवत बिदाई गरिने भएको छ । सांसदहरुले असोज महिनासम्मको तलब भत्ता र सुबिधा लगायत यातायात खर्च पाउने छन् । अन्तिम बैठकसँगै संविधानसभाबाट २४ महिनाअघि रुपान्तरित संसद्को अन्त्य पनि […]
बाबुरामले आँखा चिन्ह लिएर एक्लै चुनाव लड्ने
काठमाण्डौं,असोज,२७- नयाँ शक्ति पार्टीले आँखा चिन्ह लिएर एक्लै चुनाव लड्ने निर्णय गरेको छ। नयाँ बानेश्वरको क्वालिटी ब्यांक्वेटमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले तालमेल भएका क्षेत्रमा बाहेक पार्टीबाट एकल उम्मेदवारी दिने निर्णय गरेको हो। नयाँ शक्तिले गठबन्धनमा आबद्ध एमाले र माओवादी केन्द्र साझा चुनाव चिन्ह प्रयोग गर्ने सहमतिको मर्मविपरीत गएको भन्दै आँखा चुनाव चिन्ह लिएर निर्वाचनमा […]










