उदयपुर,झापा,असार,२८-निरन्तर वर्षासँगै आएको बाढीले बगाउँदा उदयपुरमा एक जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका–९ गैरुन बस्ने बर्ष ६० का मानन चौधरीलाई त्रियुगा नदी तर्ने क्रममा बगाएको उदयपुर प्रहरीले जनाएको छ । उनी देउरीबाट आफ्नो घर गैरुन फर्कदै थिए । उनको शव १ किलोमिटर तल फेला परेको बताइएको छ । यसैगरि विरिङ खोलामा आएको बाढीले बगाउँदा […]
समाज
विश्व जनसंख्या दिवस आज, संसारको जनसंख्या सात अर्ब ८० करोड नाघ्यो
काठमाडौं,असार,२७-आज विश्व जनसंख्या दिवस । कोरोना भाइरस कोभिड १९ ले विश्व आक्रान्त पारिरहेका बेला यस वर्षको जनसंख्या दिवस परेको छ । यस्तै खाले विश्व महामारी, प्राकृतिक प्रकोप, मानव सृजित युद्ध जस्ता घटनाले संसारको जनसंख्यामाथि खतरा आउने गरेको छ । वर्ल्डोमिटरका अनुसार ७ अर्ब ७९ करोड ७१ लाख ९२ हजार नाघेको छ । यस वर्ष ४२ […]
नेपालमा बाढी पहिरोमा परी ३५ जनाको मृत्यु, ३२ घाइते, ३४ जना बेपत्ता
काठमाडौं,असार,२६-नेपालमा गत जेठ ३१ देखि असार २६ गतेसम्म गएको बाढी पहिरोमा परि ३५ जनाले ज्यान गुमाउनुका साथै ३२ जना घाइते तथा ३४ जना अझै बेपत्ता रहेका छन। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै उक्त तथ्यांक प्रस्तुत गर्नुभएको हो। ओलीले हालसम्म पर्वत, बझाङ, गुल्मी, लमजुङ, कास्की, रुकुम पश्चिम, जाजरकोट र दोलखा गरी आठ जिल्लामा पहिरोले […]
जाजरकोटमा पहिरोले दुई घर बगाउँदा १२ बेपत्ता मध्ये ७ जनाको शव फेला
जाजरकोट,असार,२६-जाजरकोट बारेकोट गाउँपालिका–४ मा बिहीबार राति पहिरोले दुई घर बगाउँदा बेपत्ता भएका १२ जनामध्ये सात जनाको शव भेटिएको छ । बेपत्तामध्ये सात जनाको शव भेटिएको र जसमध्ये तीन जनाको पहिचान खुल्न सकेको छैन । पहिरोले घर बगाउँदा बेपत्ता भएका बारेकोट गाउँपालिका ४ सार्कीगाउँका ५२ वर्षीय गोपाल सार्की र उनको ११ वर्षका छोरा अर्जुन सार्की, कलु […]
सिन्धुपाल्चोकमा पहिरो : २० जना बेपत्ता खोज्न थप प्रहरी सिन्धुपाल्चोक प्रस्थान
काठमाडौं,असार,२६-बाढी पहिरोमा बेपत्ता भएकाहरुको खोजि तथा उद्धारका लागि शुक्रबार बिहान थप प्रहरी सिन्धुपाल्चोक प्रस्थान गरेका छन्। प्रहरी प्रधान कार्यालयबाट खोजी तथा उद्धारका लागि २५ जनाको टोली सिन्धुपाल्चोकतर्फ प्रस्थान गरेको बागमती प्रदेशका प्रहरी प्रमुख डीआईजी वसन्त लामाले जानकारी दिनुभयो । सिन्धुपाल्चोकको बाह्रबिसे र भोटेकोसीमा बुधबार राति गएको पहिरोमा बेपत्ता २० जना अझै भेटिएका छैनन् लगातारको वर्षाका […]
पोखरामा पहिरो जादाॅं ६ जनाको को मृत्यु, ८ जना घाइते
पोखरा,असार,२६-कास्की जिल्लाको पोखरा, सराङकोट र हेम्जामा पहिरो जादाँ ६ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । पोखरा १८ सराङकोटको गोठादीमा घर माथीको सडक भत्किदा आएको पहिरोले टंकबहादुर थापाको घर बगाउँदा एउटै घरमा रहेका १० जना पहिरोमा परेका हुन् ।१० जना मध्ये ५ जनाको मृत्यु भएको छ।उनीहरुलाई स्थानीय र प्रहरीको सक्रियातामा अस्पताल […]
लमजुङमा पहिरोले घर पुरिदाँ एकै परिवारका तीनको मृत्यु
लमजुङ,असार,२६-लमजुङ जिल्लामा गएराती भारी वर्षासँगै आएको पहिरोमा पुरिदाँ एकै परिवारका तीन जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । बेसीशहर नगरपालिका–७, सातविसेस्थित दिपक तामाङको घर पहिरोमा पुरिएका हो । गए राति ११ बजेको समयमा पहिरोले घर पुरिदाँ ३० बर्षका दिपक तामाङ, उनको श्रीमती २५ बर्षीया विमाया तामाङ र नौ बर्षका छोरा छेवाङ […]
बाह्रबिसे पहिरोका चार घाइतेलाई दुई हेलिकोप्टरमा काठमाडौँ ल्याइयो
काठमाडौं,असार,२५-सिन्धुपाल्चोकको बाह्रबिसे पहिरोमा घाइते भएका चार जनालाई काठमाडौँ ल्याइएको छ।बिहीबार बिहान बाढीसँगै आएको पहिरोमा परेर घाइते भएकामध्ये चार जनालाई काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी प्रज्वल महर्जनले बताउनुभयो। कैलाश एयरको हेलिकोप्टरमा शुवेश तामाङ र सविता बस्नेत र माउन्टेन एयरको हेलिकोप्टरले फुर्वा तामाङ र १० महिनाका बच्चालाई काठमाडौँ ल्याइएको उहाॅंले जानकारी दिनुभयो । अन्य तीनजना घाइतेको […]
चार दिनसम्म देशभर भारी बर्षा हुन सक्छ : मौसमविद्
काठमाडौं,असार,२५-आज(बिहीबार)देखि चार दिनसम्म देशभर भारी बर्षा हुन सक्ने भन्दै मौसम पुर्वानुमान महाशाखाले सर्वसाधारणलाई सचेत तुल्याएको छ । भारी बर्षासंगै नदीमा बहाव बढ्नसक्ने र शुक्ररबारदेखि आइतबारसम्म कन्काइ, कोशी, कमला, वाग्मती, नारायणी तथा यसका सहायक नदीमा पानीको सतह बढेर खतराको तहसम्म पुग्नसक्ने पूर्वानुमान गरिएको छ । यसैबीच, राष्ट्रिय बिपद जोखिम न्युनिकरण तथा ब्यबस्थापन प्राधिकरणले प्रेस नोट जारी […]
सिन्धुपाल्चोक पहिरोमा परी २ को मृत्यु, १८ जना अझै बेपत्ता
काठमाडौं,असार,२५-सिन्धुपाल्चोकको बाह्रबिसे र भोटेकोसीमा पहिरो जाँदा ठूलो जनधनको क्षति भएको छ।बाह्रबिसेमा पहिरोमा परेर डेढ वर्षीया छोरी निउना बस्नेत र उनका बुबा २० वर्षीय निकेश बस्नेतको ज्यान गएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बाह्रबिसेमा ४ र भोटेकोसीमा २ जना घाइते छन्। घाइतेमध्ये दुईको अवस्था गम्भीर छ। सिन्धुपाल्चोक माधवकृष्ण बस्नेत, सुवेश तामाङ, सविता बस्नेत तामाङ, मिङमा तामाङ […]
