थप २५५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६ हजार ४२३ पुग्यो

काठमाडौं,असार,२४-नेपालमा पछिल्लो २४ घण्टामा थप २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप २५५ जनाको आरटीपीसीआर रिपोर्ट पोजिटिभ आएको बताउनुभयो ।यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा थप २५३ जना […]

थप २०४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १६ हजार नाघ्यो

काठमाडौं,असार,२३-नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ ।पछिल्लो २४ घण्टामा २०४ जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमित १६ हजार १ सय ६८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनुभयो । पछिल्लो २४ घण्टामा संक्रमित हुनेमा बाजुरामा ५४, काठमाडौंमा १४, अछाम ११, बैतडीमा ११ जना, ललितपुरमा १०, महोत्तरीमा […]

जापानमा बाढीका कारण ५१ जनाको मृत्यु, फुकुओकामा पनी १ को मृत्यु

फुकुओका,जापान,असार,२३-जापानमा गत शुक्रबारबाट निरन्तर परिरहेको अबिरल वर्षाका कारण जनजिवन थप कष्टकर बन्दै गएको छ । जापानको दक्षिण पश्चिमी क्षेत्र क्युशुमा तीव्र वर्षाले दर्जनौं व्यक्तिको मृत्यु भैसकेको अधिकारिहरुले बताएका छन् । अहिले  फुकुओका, सागा र नागासाकी क्षेत्रमा रहेका मानिसहरूलाई नदीहरुको किनारमा नजान र पहिरोबाट बच्नका लागि सतर्क रहन आग्रह गर्दै यस क्षेत्रमा आपतकालीन चेतावनी दिएको छ।अधिकारीहरुका अनुसार फुकुओका प्रान्तमा एक […]

जापानको कुमामोटो प्रान्तमा बाढीपहिरोमा परी २४ जनाको मृत्यु

जापान,असार,२२-जापानमा केहि दिन अघिबाट निरन्तर परिरहेको अविरल झरिका कारण २४ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।   जापानको दक्षिण पश्चिमी कुमामोटो प्रान्तमा अविरल परिरहेको वर्षा संगै आएको बाढी पहिरोमा परि २४ जनाको मृत्यु भएको हो,भने १२ जना हराईरहेका छन् ।हराइरहेका ति व्यक्तिको उद्धारकर्मीहरूले खोजी जारी राखेका छन।उद्धारकर्मीहरूका अनुसार त्यहा के कति क्षति भएको छ यसबारे […]

नेपालमा थप २९३ जना कोरोना संक्रमण, संक्रमित संख्या १५,७८४ पुग्यो

काठमाडौं,असार,२१-आईतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा पछिल्लो २४ घण्टामा थप २९३ जना कोरोना संक्रमित थपिएको जानकारी दिनुभयो । यो संगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या १५ हजार ७८४ पुगेको छ। काठमाडौँ उपत्याकामा एकै दिन थप ३० जनामा कोरोना पोजिटिभ भेटिएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा गरिएको परीक्षणमा काठमाडौँका २१, ललितपुरका […]

कैलाली,अछाम,डोटी र बाजुरामा मात्र ५ सय बढी कोरोना संक्रमित

कैलाली,असार,२१-सुदूरपश्चिमका चार जिल्लामा ५ सयभन्दा बढी कोरोना संक्रमित पुगेका छन् ।नेपालका ११ जिल्लामा कोरोना संक्रमितको संख्या ५ सयभन्दा बढी रहेकोमा सुदूरपश्चिममा मात्रै चार जिल्लामा कोरोना संक्रमित पाँच सय भन्दा बढि पुगेका हुन् । कैलाली, अछाम, डोटी र बाजुरामा प्रतिजिल्ला ५ सयभन्दा बढी कोरोना संक्रमित रहेको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो […]

बझाङमा पहिरो जाँदा सात जना वेपत्ता, १७ वटा घर बगायो

बझाङ,असार,२०-बझाङमा पहिरो जाँदा सात जना वेपत्ता भएका छन्।जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्वर ८ को एक बस्तीमा पहिरो जाँदा सात जना वेपत्ता भएका हुन् । गाउँ माथिबाट आएको पहिरोले वडा नम्वर ८ को मल्लेसका १७ घर बगाएको स्थानीय लोकेन्द्र बिकले जानकारी दिनुभयो।बझाङका प्रहरी नायव उपरिक्षक गणेश बमले घटना स्थलमा प्रहरी टोली पठाईएको जानकारी दिनुभयो । पानी […]

सुदूरपश्चिममा एकैदिन ३४६ जना कोरोना संक्रमित थपिए

कैलाली,असार,१८-सुदूरपश्चिम प्रदेशमा बिहीबार एकैदिन अहिले सम्मकै बढी कोरोना संक्रमित पुष्टि भएका छन् ।प्रदेशमा पछिल्लो २४ घन्टामा थप ३४६ जनामा कोरोना पुष्टि भएको छ । कैलालीका १८२, डोटीका ५८, बझाङका ३५, कञ्चनपुरका ३६ र अछामका ३१ जनामा कोरोना संक्रमण देखिएको जनाइएको छ । योसँगै प्रदेशमा संक्रमितको संख्या तीन हजार १२१ जना पुगेको छ । सातजनाको मृत्यु […]

नेपालमा थप ४७३ जनामा कोरोना संक्रमण, एकैदिन ६६४ जना निको भए

काठमाडौं,असार,१८-नेपालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।काठमाडौंमा कोरोना संक्रमण पुष्टि भएका ४८ दिने शिशुको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३१ पुगेको हो । श्वास–प्रश्वासमा समस्या आइ महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका शिशुको बुधबार मृत्यु भएको थियो ।ती शिशुमा जन्मजात नै श्वासनलीमा समस्या रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर […]

नेपालमा थप ४८२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४ हजार ४६ पुग्यो

काठमाडौं,असार,१७-नेपालमा पछिल्लो २४ घण्टामा थप ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८२ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताउनुभयो । आज संक्रमित हुनेमा ११७ जना महिला र ३६५ पुरुष रहेका छन्।यो सँगै नेपालमा कुल संक्रमितको संख्या १४ […]