काठमाडौं,असार,१७-नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ।उहाॅंको बुधबार बिहान गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र काठमाडौंमा निधन भएको नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ का सभापति द्रोण कुँवरले जानकारी दिनुभयो । ६६ वर्षीया छन्त्याल मुट सम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो।बाग्लुङको तमानखोला गाउँपालिका वडा नं. ५ खुंखानीमा जन्मिएकी र बाग्लुङको ढोरपाटन नगरपालिका– १ बुर्तिबाङमा बसोबास बसोबास गर्दै आएकी […]
समाज
फर्किन टिकट नदिने विदेशी कम्पनीमा ५ वर्ष नेपाली श्रमिक नपठाइने
काठमाडौं,असार,१६-कोरोना संक्रमणको जोखिमका कारण रोजगारी गुमाएर फर्किनुपर्ने नेपाली श्रमिकलाई टिकट नदिने कम्पनीलाई ५ वर्ष प्रतिबन्ध लगाइने भएको छ। करार सम्झौताअनुसार फर्किने श्रमिकको टिकट खर्च रोजगारदाताले नै व्यहोर्नुपर्ने हुन्छ। तर सम्झौता कार्यान्वयन नगर्ने कम्पनीमा कम्तीमा ५ वर्ष श्रमिक नपठाउने तयारी सरकारले गरेको हो। श्रमिक उद्धारसम्बन्धी कार्यविधिमा कामदार स्वदेश फिर्ताको लागि टिकट खर्च नव्यहोर्ने रोजगारदाताको विवरण नेपाली […]
गण्डकी प्रदेशमा २४ घण्टामा थप ५३ जनामा कोरोना पुष्टि
पोखरा,असार,१६ –गण्डकी प्रदेशमा पछिल्लो २४ घन्टामा ५ जिल्लाका ५३ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश क्षयरोग केन्द्र पोखरा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र काठमाडौंमा भएको पिसिआर परीक्षणमा स्याङ्जा १०, तनहुँ १०, बागलुङ १४, पर्वत १३ र गोरखामा ६ जनामा कोरोना पुष्टि भएको हो । योसँगै प्रदेशभर ९ सय ४९ जनामा कोरोना संक्रमण देखिएको छ । […]
नेपालका ७७ जिल्लामा कोरोना संक्रमण, थप ५५४ जना संक्रमित थपिए
काठमाडौं,असार,१३-नेपालमा शनिबार मात्र ५५४ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।योसँगै संक्रमितको कुल संख्या १२ हजार ३०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा शनिबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालका ७७ ओटै जिल्लामा संक्रमण देखिएको जानकारी दिनुभयो । रसुवाका आठ महिला र एकजना पुरुषमा संक्रमण देखिएसँगै ७७ ओटै जिल्लामा […]
नेपाल छिर्यो सलह
बारा,असार,१३-विश्वका विभिन्न देशमा बालीनालीमा व्यापक क्षति पुर्याएको सलह नेपालमा पनि प्रवेश गरेको छ ।भारत हुँदै बारा भित्रिएको सलहले धानबालीमा क्षति गर्न थालेको छ । शनिबार बिहान प्रवेश गरेको सलह किराले जिल्लाका निजगढ, डुमरवाना, सिमरा क्षेत्रमा क्षति गर्न थालेको कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादवले जानकारी गराउनुभएको छ । सामान्य मनसुनसँगै प्रवेश गरेको सलह दिउँसो […]
नेपालको जनसंख्या ३ करोड नाघ्यो
काठमाडौं,असार,१३–नेपालको जनसंख्या तीन करोड नाघेको छ। जनसंख्या घडीअनुसार शुक्रबारबाट नेपालको जनसंख्या ३ करोड नाघेको हो। केन्द्रीय तथ्यांक विभागको घडीमा शुक्रबार (असार १२ गते) नेपालको जनसंख्या तीन करोड ६ सय ३४ पुगेको छ। राष्ट्रिय जनगणना २०६८ को आधारमा यो जनसंख्या घडी निर्धारण गरिएको तथ्यांक विभागले जनाएको छ। विभागका निर्देशक ढुण्डिराज लामिछानेका अनुसार अन्तर्राष्ट्रिय सिद्धान्तअनुसार राष्ट्रिय जनगणना […]
पाल्पामा पहिरोमा परी तीनजनाको मृत्यु, गुडिरहेका चारवटा गाडी पुरिए
पाल्पा,असार,९-पाल्पाको तानसेन–रिडी सडकखण्डको सम्मोबारीमा सोमबार साँझ गएको पहिरोले ३ जनाको मृत्यु भएको छ । पहिरोले ४ वटा सवारी साधन पुरेको छ । सवारी साधनमा रहेका २ जनाको घटनास्थलमा मृत्यु भएको छ भने एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । अविरल वर्षाका कारण खसेको पहिरोले सडकमा गुडिरहेका पानी ट्यांकर, ट्रक र पिकअप जिप र कार […]
थप ४२१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९ हजार नाघ्यो
काठमाडौं,असार,७-नेपालमा आईतबार ४ सय २१ जना नयाँ संक्रमित थपिएका छन् ।यो संगै कोरोना संक्रमित हुनेको संख्या ९ हजार २६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले पछिल्लो २४ घण्टामा ६४ महिला सहित ४ सय २१ जना नयाँ संक्रमित थपिएको जनाकारी दिनुभयो । पछिल्लो २४ घण्टामा कोरोना […]
आज छैटौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै
काठमाडौँ,असार,७-आज छैटौँ अन्तर्राष्ट्रिय योग दिवस।नेपालमा पनि विविध कार्यक्रम गरी छैटौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ । जुन महिनाको २१औँ तारिख अर्थात् असार ७ गते देशभर विविध कार्यक्रम गरी छैटौँ अन्तर्राष्ट्रिय योग दिवस मनाईन्छ । संयुक्त राष्ट्र संघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन शुरु गरेको हो । अन्तर्राष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि […]
गण्डकी प्रदेशका थप १६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं,असार,७-गण्डकी प्रदेशमा आज बिहानै थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ५ सय ४ पुगेको छ । आइतबार बिहान बागलुङ, पर्वत, तनहुँ र म्याग्दीमा गरी १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बागलुङको गल्कोट नगरपालिकका ४ पुरुष, ढोरपाटन नपाका १ पुरुष, काठेखोला गाउँपालिकामा ३ र बागलुङ नगरपालिकाका १ कोरोना संक्रमण […]




