मंगलबार मध्यरातबाट लकडाउन अन्त्य गर्ने सरकारको निर्णय

काठमाण्डौं,साउन,६-सरकारले मंगलबार (आज) मध्यरातबाट लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ।सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा आज राति १२ बजेबाट लकडाउन हटाउने निर्णय भएको जानकारी दिनुभयो ।  ‘आजभरै रातिबाट हामी लकडाउनमा छौं भनेर भन्नुपरेन,’ खतिवडाले भन्नुभयो, ‘कुनै दिन हाम्रोमा ७ सयसम्म संक्रमित थिए अहिले २ सय भन्दा तल छ। अब यो साउन महिनाभरिको अवस्था हेर्छौं। […]

होटल रेस्टुराँ साउन १५ देखी खुला हुने,स्कुल भर्ना भदौ १ बाट

काठमाडौं,साउन,६-सोमबार बसेको नेपाल सरकारको मन्त्रिपरिषद बैठकले साउन १५ देखि होटल तथा रेस्टुराँ खोल्ने निर्णय गरेको छ ।  यस्तै: ट्रेकिङ ट्राभल पनि १५ गतेदेखि नै खुल्ला हुने भएको छ।मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थ/सूचना तथा सञ्चार प्रविधिमन्त्री डा. युवराज खतिवडाले स्कुल भर्ना १ गतेदेखि लिन सकिने बताउनुभयो ।भर्ना खुला भएपनि विद्यालय भने अर्काे सूचना नआएसम्म […]

नेपालमा थप १५० जना संक्रमित थपिए, ६०९ जना डिस्चार्ज

काठमाडौं,साउन,६-नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ९ सय ९४ पुगेको छ ।पछिल्लो २४ घण्टामा एक सय ५० जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमितको संख्या १७ हजार ९ सय ९४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले जानकारी दिनुभयो । पछिल्लो २४ घण्टामा ६ सय ९ जना संक्रमण मुक्त भई घर फर्केका छन् […]

धेरै नेपाली भएको देशमा उद्दार उडानलाई प्राथमिकता दिने सरकारको निर्णय

काठमाडौं,साउन,४-कोभिड १९ (कोरोना) क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) निर्देशक समितिले धेरै नेपाली रहेका देशमा उद्दार उडानलाई प्राथमिकता दिने निर्णय गरेको छ । आइतबार सिंहदरबारमा बसेको सीसीएमसीको बैठकले धेरै श्रमिकलाई उद्धार गर्न बाँकी रहेका देशहरुबाट श्रमिकहरुलाई ल्याउन हवाई उडानलाई प्राथमिकता दिने निर्णय गरेको हो । सरकारले विभिन्न देशबाट अलपत्र नागरिकलाई उद्धार गरिरहेको अवस्थामा ठूलो संख्यामा नेपाली रहेका […]

थप ५७ जनामा संक्रमण, नेपालमा कोरोना संक्रमितको संख्या १७,५०२ पुग्यो

काठमाडौं,साउन,३-नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १७ हजार ५०२ पुगेको छ ।पछिल्लो २४ घन्टामा ५७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । पछिल्लो २४ घन्टामा देशका विभिन्न अस्पतालबाट १०३ जना कोरोना निको भइ ‘डिस्चार्ज’ भएका छन् ।अहिलेसम्म संक्रमणमुक्त भएर घर फर्कनेको संख्या ११ हजार ६३७ […]

थप १०१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ हजार ४४५ पुग्यो

काठमाडौं,साउन,२-नेपालमा पछिल्लो २४ घण्टामा थप १०१ जनामा कोरोना पुष्टि भएको छ।शुक्रबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका २७ प्रयोगशालामा गरिएको परीक्षणमा थप १०१ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताउनुभयो । योसँगै नेपालको कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार ८७१ पुगेको छ भने जम्मा संक्रमितको संख्या १७ हजार ४४५ पुगेको छ।आज […]

कास्कीमा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु

कास्की,साउन,२-कास्कीमा एकै परिवारका तीन जनाको पहिरोमा पुरिएर मृत्यु भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण प्रेम विकको घरमाथि पहिरो खस्दा माछापुच्छ्रे गाउँपालिका-८ स्थित खोराकोमुखमा एकै परिवारका ३ जनाको घटनास्थलमै मृत्यु भएको हो । पहिरोमा परी ज्यान गुमाउनेमा १६ वर्षीय कुशल विक, १४ वर्षीय समीर विक र १६ वर्षीया रोजिना विक रहेको कास्की प्रहरी प्रवक्ता […]

विश्वव्यापी कोरोना महामारी छ : कसलाई सुनाउ गुनासो-भुवन भट्टराई

काठमाण्डौं,असार,३०- विश्वव्यापी रुपमा फैलिररेको कोरोना भाईरसका कारण पाॅंच लाख भन्दा बढी व्यक्तीले ज्यान गुमाईसकेका छन्,भने एक करोड भन्दा बढी व्यक्तीमा कोरना भाईरसको संक्रमण देखा परि सकेको छ । कोरोना भाईरसले विश्वभरीका मानीसलाई समस्यामा त पारिनै रहेको छ । यो भाईरसले गर्दा धेरै देशका ठुला ठुला कम्पनीहरु बन्द भएका छन् । धेरै मानीसहरु बेरोजगारी हुन पुगेका […]

थप ११६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७ हजार नाघ्यो

काठमाडौं,असार,३०-नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ ।पछिल्लो २४ घण्टामा एक सय १६ जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमित १७ हजार ६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनुभयो । पछिल्लो २४ घण्टामा ३४ कोरोना जितेर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताउनु भयो । हालसम्म कोरोनाबाट निको हुनेको संख्या १० […]

तनहुँ पहिराे अपडेटः मृत्यु हुने संख्या ६ पुग्याे, पाँच बेपत्ता

काठमाडौं,असार,२९-अविरल वर्षासँगै आएको पहिरामा पुरिएर तनहुँमा मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ।पहिराले घर पुरिँदा व्यास नगरपालिका–९ माँझफाँटमा चार जना, ऋषिङ गाउँपालिका–८ पल्ट्याङमा एक जना र म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। पहिराले घर पुरिँदा व्यास नगरपालिका–९ माँझफाँटका ४० वर्षीया कमला थापा, उनका छोरा २४ वर्षीय मनोज र छोरी […]