जुलुस गरेर जमिन फिर्ता हुन्न,कूटनीतिक पहल गर्नुपर्छ : देउवा

मकवानपुर,कात्तिक,२६- नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सडकमा जुलुस गर्दैमा देशको भू–भाग फिर्ता नहुने बताउनु भएको छ ।नेपाली कांग्रेस प्रदेश नम्बर–३ का ६ जिल्लाका महाधिवेशन प्रतिनिधिहरुलाई गरिएको प्रशिक्षण कार्यक्रमको उद्घाटनसत्रमा उहाँले यसका लागि कूटनीतिक पहल गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले कालापानी सदियौंकालबाट नेपालको भू–भाग भएको बताउनुभयो ।कालापानीको विषयमा आफूले यसअघि पनि बोलेको भन्दै उहाँले […]

नेपालले बुधबार माल्दिभ्स संग फाईनल खेल्ने

काठमाडौं,कार्तीक,२६- नेपाल बंगलादेशमा जारी एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।ढाकामा मंगलबार भएको खेलमा आयोजक बंगलादेशलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपाल एक खेल अगाबै उपाधि नजिक पुगेको हो । शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा भएको खेलमा नेपालले बंगलादेशलाई २५-७, २५-६ र २५-६ को सेटले पराजित गर्यो । […]

चौंथो ओहासी कपको उपाधी खुकुरी लाई :बिहानी एफसी उत्कृष्ट टिममा पर्न सफल

फुकुओका,जापान,कार्तीक,२३- चौंथो ओहासी फुटसल कपको उपाधी खुकुरी एफसीले जितेको छ । ओहासी ग्रुपको आयोजनामा जापानको फुकुओकामा शनीबार सम्पन्न खेलमा खुकुरी एफसीले गोर्खा ब्रदर्श एफसी लाई ४-१ गोल अन्तरले पराजीत गर्दै उपाधी हात पारेको हो । यस संगै गोर्खा ब्रदर्श एफसी उपविजेता बन्न सफल भएको छ । आजको खेलमा अनुशासित खेल्दै प्रतीयोगितामा सहभागी १६ टिम मध्य बिहानी एफसी […]

तीन वर्षका लागि दुई बालबालिकालाई छात्रबृति प्रदान

नेपालगञ्ज,कर्तिक,२१-  आर्थिक अवस्थाले कमजोर नेपालगञ्जका दुई बालबालिकालाई तीन वर्षका लागि छात्रबृति प्रदान गरिएको छ ।नेपालगञ्जका निर्माण व्यवसायी टेकबहादुर खड्काले आर्थिक अवस्थाले पढनमा समस्या भएका दुई बालबालिकालाई तीन वर्ष छात्रबृति प्रदान गर्नुभएको हो । बिहीबार नेपालगञ्ज उपमहानगरपालिका वडा नं.–१२ को कार्यालयमा एक कार्यक्रमको आयोजना गरी नेपालगञ्ज–१० गोसाई गाउँ बस्ने अभय मिश्रा र नेपालगञ्ज–१२ बस्ने सम्रिन पठानलाई […]

चौंथो ओहासी कपको टाईसिट सार्वजनीक : बिहानी एफसी “डी” ग्रुपमा

फुकुओका,जापान,कार्तीक,२०- चौंथो ओहासी फुटसल कपको आज टाईसिट सार्वजनीक गरिएको छ।ओहासी ग्रुपको आयोजनामा जापानको फुकुओकामा हुन लागेको चौथो ओहासी फुटसल कप प्रतीयोगिताको  टाईसिट नान हाउसमा एक कार्यक्रम गर्दै सार्वजनीक गरिएको हो । प्रतीयोगितामा १६ वटा टिमले सहभागिता जनाउने भएको छ । सहभागी टिमलाई ४ वटा ग्रुपमा विभाजन गरिएको छ । उक्त प्रतीयोगीताको विजेता टिमले ३ लाख जापानीज येन सहित […]

१३ औं दक्षिण एसियाली खेलकुदको तालिका सार्वजनिक, नेपाल सबै खेलमा सहभागी हुने

काठमाडौं,कार्तीक,२०- यही मंसिर १५ गतेदेखि नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को खेल तालिका सार्वजनिक भएको छ ।पछिल्लो तालिका अनुसार आयोजक नेपालले मात्रै सबै २७ खेलमा सहभागिता जनाउँदैछ ।बंगलादेश र श्रीलंकाले २५–२५ खेलमा सहभागिता जनाउँदा भारतले यसपटक १७ वटा खेलमा मात्रै सहभागिता जनाउने निश्चित गरेको छ । नेपालले पदकको आशा गरेको कराँते, तेक्वान्दो […]

चितवन युवा समुह अन्तर्राष्ट्रिय समन्वय समिति नेपाल द्वारा भेटघाट तथा पिकनिक कार्यक्रम सम्पन्न

चितवन,कार्तीक,१६- नेपालबाट बाहिर बिभिन्न देशहरुमा छरिएर रहेका चितवनेहरुको साझा संस्था चितवन युवा समुह अन्तर्राष्ट्रिय समन्वय समिति नेपाल द्वारा आयोजित भेटघाट तथा पिकनिक कार्यक्रम शनीवारका दिन रत्ननगर नगरपालिका ७ मा रहेको रमाइलो डाडामा भव्यताका साथ सम्पन्न गरेको छ।  भर्खर मात्र सम्पन्न छैंठो साधारण सभा तथा तेस्रो विश्व सम्मेलनबाट नवनिर्बाचित कार्यसमिति तथा चाडपर्ब मनाउन आफ्नो जन्मथलो आएका बिभिन्न ९ वटा देशमा क्रियाशील चितवन बासीहरुको […]

सिन्धुपाल्चोकको सुकुटेमा बस दुर्घटना : १७ जनाको मृत्यु, ५४ घाइते (नामावलीसहित)

सिन्धुपाल्चोक,कात्तिक,१७- सिन्धुपाल्चोकको सुकुटेमा आइतबार भएको एक यात्रीवहाक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको   छ।दोलखाको सैलुङ गाउँपालिका मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बा २ ख ७२४५ नम्बरको शैलुङेश्वरी यातायातको बस दुर्घटना भएको आइतबार दिउँसो सुनकोशी नदीमा खसेको थियो। डीएसपी माधवप्रसाद काफ्लेले दिएको जानकारी अनुसार मृतकमध्ये ९ महिला, पाँच बालक, दुई बालिका र एक पुरुष […]

उदाउँदो सूर्यको पूजा आराधना गर्दै छठ पर्वको समापन

काठमाडौं,कार्तीक,१७- आराध्यदेव सूर्यको उपासना गरी मनाइने पर्व छठ आज समापन गरिएको छ । उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ पर्व समापन गरिएको हो ।छठ समापन र उदाउँदो सूर्यदेवको पूजाका लागि राजधानी काठमाडौंसहित तराईका विभिन्न जिल्लामा भक्तजन नदी, तलाउ र पोखरीका किनारमा रातभर जाग्राम बसेका थिए । छठको तेस्रो तथा मूख्य दिन हिजो अस्ताउँदै गरेको सूर्य तथा […]

नेकपा सचिवालय बैठक बस्दै, आज उम्मेदवारको टुंगो लगाउने

काठमाडौं, कार्तिक,१६- नेकपा सचिवालय बैठक बालुवाटारमा बस्दैछ।आज (शनिबार) बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने तय भएको प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार कुन्दर अर्यालले जानकारी दिनुभयो । आजको बैठकका एजेण्डाका विषयमा प्रधामन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलले अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र उपप्रधानमन्त्री समेत रहेका सचिवालय सदस्य ईश्वर पोखरेलसँग शुक्रबार छलफल गर्नु भएको […]