आज भाईटिका, शुभसाइत ११:५५ बजे उत्तम

काठमाण्डौं,कार्तीक,१३- आज यमपञ्चकको पाँचौ दिन अर्थात भाई टिका ।सबै नेपालीका घर-घरमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरङ्गी टीका लगाएर हर्षोल्लासरूपमा भाइटीका मनाउँदैछन् ।तिहारको अन्तिम दिन अर्थात भाइटीकालाई समस्त नेपालीले महत्वपूर्ण दिनका रूपमा लिने गर्छन् ।भाइटीकाको साइत खोज्नेहरूका लागि ११ बजेर ५५ मिनेटको समय  उत्तम रहेको भए पनि दिनभर नै भाइटीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निणर्याक समितिका अध्यक्ष प्रा. […]

तिहारको चौथो दिन :आज गाई र गोरुको पूजाआजा गरि मनाईदै

काठमाडौं,कार्तीक,११- यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई र गोरुको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, […]

तिहारको तेस्रो दिन :आज लक्ष्मीपूजा र कुकुर तिहार संगै मनाइँदै

काठमाडौं,कार्तीक,१०- यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । तीथीको घटबढले लक्ष्मीपूजा र कुकुर तिहार एकै दिन परेको छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले […]

तिहार सुरु : आज काग तिहार मनाईदै

काठमाडौं,कार्तीक,९- हिन्दू धर्मावलम्बी नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आजदेखि विधिवत रुपमा शुरु भएको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितियासम्म पाँच दिन मनाइने भएकाले यो पर्वलाई यमपञ्चक पनि भनिन्छ । तिहारको पहिलो दिन आज काग तिहार मनाइदैछ । धार्मिक मान्यता अनुसार यमराजको सन्देश वाहकको रुपमा मानिएको कागलाई यमदूतकै रुपमा लिई पूजा अर्चना गरेर चोखो […]

रोल्पाका शनि विश्वकर्मा बने पहिलो नेपाल लोकस्टार

काठमाडौं,कार्तीक,८- रोल्पाका शनि विश्वकर्माले नेपाल लोकस्टारको उपाधि चुमेका छन् ।एपीवान टेलीभिजनबाट प्रशारित सर्वाधिक पुरस्कार राशिको रियालिटी शो नेपाल लोकस्टारको उपाधिसँगै उनले ५० लाख नगद पुरस्कार हात पारे । भृकुटिमण्डपस्थित खुला मैदानमा शुक्रबार आयोजित अन्तिम प्रस्तिस्पर्धामा उनले उपाधि चुमेका हुन्।    प्रतियोगितामा चेतन गोतामे दोस्रो भई २५ लाख नगद पुरस्कार प्राप्त गरे । तेस्रो उदयपुर कटारीका […]

आधुनिकीकरणले “तिहार पर्व” विश्वव्यापी बन्दै : जापानमा तिहार सुरु

फुकुओका,जापान,कार्तीक,९-हिन्दु नेपालीहरुको दोस्रो ठूलो चाड तिहार पर्व कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने गरिन्छ । तिहारमा पिङ खेल्ने, दीपावली गर्ने, देउसीभैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाई रमाइलो गरी तिहार मनाउने गरिन्छ।कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्मका पाँच दिन मनाइने भएकाले यसलाई यमपञ्चक भन्ने गरिन्छ। कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक […]

प्रदेश–५ मा उद्योग खुल्नेक्रम बढ्यो

रुपन्देही, कात्तिक ८- लगानीमैत्री वातावरण बन्दै गएपछि प्रदेश नम्बर–५ मा उद्योगहरु खुल्नेक्रम बढेर गएको छ ।भौतिक पूर्वाधारको निर्माण र विकासले गति लिएसँगै प्रदेशमा उद्योगहरु खुल्नेक्रम बढेको हो ।भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणले गति लिनु, लुम्बिनी गुरुयोजनालाई सरकारले विशेष प्राथमिकता दिनु, विशेष आर्थिक क्षेत्र (सेज)को निर्माण हुनु, बुटवलको मोतिपुरमा नयाँ औद्योगिक क्षेत्रको घोषणा हुनु यो क्षेत्र लगानीकर्ताको […]

एनआरएनए को नयाँ कार्यसमीतीमा अध्यक्ष कुमार पन्तको प्यानल विजयी

काठमाडौं,कार्तिक,१- गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त निर्वाचित हुनु भएको छ । महासचिबमा डा. हेमराज शर्मा विजयी हुनु भएको हो ।गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलनबाट आगामी २ वर्षे कायकालका लागि  नयाँ नेतृत्व चयन गरेको छ । काठमाडौंमा भएको निर्वाचनमा १२ सय १७ मत ल्याएर पन्त अध्यक्षमा निर्वाचित भएको हो ।पन्तका प्रतिस्पर्धी कुल […]

अरिङ्गाल खाँदा १० जना बिरामी

रुकुमपूर्व,असोज,२७- अरिङ्गाल खाँदा रुकुमको पुथा उत्तरगङ्गा गाउँपालिका–१२, कोलका १० जना बिरामी परेका छन् । बिरामी पर्नेमा रेश्मा बुढा, नरबहादुर बुढा, आसापुरी बुढा, गङ्गा बुढा, एलीना बुढा, करमाया बुढा, सरेश्मा बुढा, मनपुरी बुढा, मीना बुढा र आभास बुढा छन् । बिरामीमध्ये आभासको अवस्था गम्भीर रहेको जिल्ला अस्पतालले जनाएको छ । शनिबार साँझ जङ्गलबाट ल्याएको अरिङ्गाल भुटेर १२ जनाले […]

ईन्जा साहसी पत्रकारिताको पुरस्कार पत्रकार अजयबाबु शिवाकोटीलाई प्रदान गरिने

काठमाडौं,असोज,२१- नेपाली पत्रकारहरूको अन्तराष्ट्रिय संजाल  (ईन्जा) ले स्थापना गरेको ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ यो वर्ष पत्रकार अजयवावु सिवाकोटीलाई प्रदान गर्ने निर्णय गरेको छ।  पुरस्कारको राशी १ हजार अमेरिकी डलर यो पुरस्कार ईन्जा व्यवस्थापन समितिले नोभेम्वर १७,२०१९ का दिन अमेरिकाको राजधानी वासिंङ्टन डिसीमा एक भव्य समारोह आयोजनागरी सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।  पत्रकार शिवाकोटीले एक महिलामाथि […]