काठमाडौं,असोज,२१- नेपाली पत्रकारहरूको अन्तराष्ट्रिय संजाल (ईन्जा) ले स्थापना गरेको ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ यो वर्ष पत्रकार अजयवावु सिवाकोटीलाई प्रदान गर्ने निर्णय गरेको छ। पुरस्कारको राशी १ हजार अमेरिकी डलर यो पुरस्कार ईन्जा व्यवस्थापन समितिले नोभेम्वर १७,२०१९ का दिन अमेरिकाको राजधानी वासिंङ्टन डिसीमा एक भव्य समारोह आयोजनागरी सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। पत्रकार शिवाकोटीले एक महिलामाथि […]
समाज
आज महानवमी पर्व : दुर्गा भवानीको पूजा गरिँदै
काठमाडौं,असोज,२०- आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गाभवानीको पूजा–आराधना गरी बलि दिएर मनाइँदैछ ।महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैंघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गाभवानीको विशेष पूजा–आराधना र दुर्गा सप्तशती, श्रीमद्देवीभागवत […]
दशैंमा साढे १२ अर्बको नयाँ नोट साटियो : केरमेट नगर्न, रङ नलगाउन राष्ट्रबैंकको आग्रह
काठमाडौं,असोज,१९- नेपाल राष्ट्र बैंकले नोटको प्रयोग गर्दा सचेतना अपनाउन आग्रह गरेको छ ।नोटमा केरमेट नगर्न, रङ नलगाउन तथा नोटको आकार नबिगार्न बैंकले सर्वसाधारणमा आग्रह गरेको हो ।नोटमा केरमेट गरेमा, रङ लगाएमा वा नोटको आकार बिगारेमा कारबाही हुने भन्दै केन्द्रीय बैंकले सचेत पनि गराएको छ । यस्तै, नोट झुत्रो वा अक्षर नचिनिने बनाउन नहुने पनि केन्द्रीय […]
बडादशैंको आठौं दिन महाअष्टमी पर्व : आज दुर्गा भवानीको पूजा गरिँदै
काठमाडौं,असोज,१९- आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादशैंका रुपमा दुर्गाभवानीको पूजा–आराधना गरी भव्यरुपमा मनाउँदैछन् ।बडादसैंको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ । महाअष्टमीको दिन दुर्गाभवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ ।आजको दिन शास्त्रसम्मतरुपमा दसैंघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशुबलि दिइ दुर्गाभवानीको विशेष पूजाआजा गरिन्छ […]
बडादशैंको आज सातौं दिन : घरघरमा फूलपाती भित्र्याईदै
काठमाडौं,असोज,१८- आज वडादशैंको सातौं दिन । हिन्दू धर्मावलम्बीहरु परम्पराअनुसार घरघरमा फूलपाती भित्रयाउँदै छन् ।सप्तमीका दिन सबै नेपालीका घरघरमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती र अशोकको फूल तथा अन्य नयाँ पालुवासमेत विधिपूर्वक फूलपाती भित्राइन्छ । आजकै दिन हनुमानढोकास्थित दशैंघरमा पूजारीसहित फूलपाती ल्याउने र भित्रयाउने चलन छ ।फूलपाती गोरखाबाट धादिङको जीवनपुरसम्म मगर जातिका […]
बडादशैं अन्तर्गत नवरात्रीको छैटौं दिन : आज कात्यायनी माताको पूजा गरिदै
काठमाडौं,असोज,१७- बडादशैं अन्तर्गत नवरात्रको छैटौं दिन आज घर–घरमा कात्यायनी माताको पूजा गरिँदैछ । यस दिन कात्यायिनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास छ । बिहानैदेखि देशका विभिन्न शक्तिपीठमा भक्तजनको भीड लागेको छ । काठमाठौं उपत्यकाका गुह्येश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, तलेजु भवानी, विजेश्वरी, शोभा भगवती, नक्साल भगवती, भद्रकालीलगायत […]
विद्यालय पुनर्निर्माण पछि धारापानी माविका विद्यार्थी फुरुंग : नयाँ भवनले बिर्सायो भूकम्प
गोरखा,असोज,१७- ४ वर्ष देखि त्रिपालले बारेको अस्थायी टहरामा पढ्दै आएका धारापानी मावि आरुबोट गोरखाका विद्यार्थीहरुले अब नयाँ भवनमा पढ्न पाउने भएका छन् ।बुधवार जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा) गोरखाले विद्यालयलाई नवनिर्मित नयाँ भवन हस्तान्तरण गरेको छ । इकाईले करिब ६ करोड लागतको तीनतले १२ कोठे र दुई तले ४ कोठे गरी १६ कोठेनयाँ भवन विद्यालयलाई हस्तान्तरण […]
बडादशैं अन्तर्गत नवरात्रीको पाँचौ दिन : आज स्कन्दमाताको पूजा गरिदैं
काठमाडौं,असोज,१६- बडा दशैंअन्तर्गत नवरात्रीको पाँचौ दिन आज हिन्दू धर्मावलम्बीहरुले शक्तिस्वरुपा देवी स्कन्दमाता भगवतीको पूजा आराधना गर्दैछन् । भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ । चार हातमध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातले […]
बडादशैंको आज चौथो दिन : कुष्माण्डाको पूजा आराधना गरिंदै
काठमाडौं,असोज,१५- बडादशैंको चौथो दिन आज दसैं घर अथवा पूजा कोठामा दुर्गा स्थापना गरिएको स्थलमा नवदुर्गामध्येकी चारौँ देवी कुष्माण्डाको पूजा आराधना गरी मनाइँदै छ । कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ ।आफ्नो उदरमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माण्डा देवीको आविर्भाव भएको ग्रन्थहरुमा उल्लेख गरिएको छ ।उष्ण र शीतललाई समभाव […]
‘ज्ञानेन्द्र शाही घटना’ अनुसन्धान गर्न पाँच सदस्यीय समिति गठन
काठमाण्डौं,असोज,१४- भ्रष्टाचार विरोधी अभियान चलाउँदै आएका ज्ञानेन्द्र शाहीमाथि यहाँ भएको आक्रमणको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवनले समिति गठन गरेको छ । प्रहरी नायब उपरीक्षकको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन गरिएको हो । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार पीडित पक्षबाट हालसम्म उजुरी परेको छैन । चौबीस घण्टासम्म पनि उजुरी नपरेपछि प्रहरी कार्यालयले […]



