बडादशैँको आज दोस्रो दिन : ब्रह्मचारिणी भगवतीको पूजा गरिँदै

काठमाडौं,असोज,१३- बडादशैंको दोस्रो  दिन आज ब्रह्मचारिणी भगवतीको पूजा गरिँदैछ ।बडादशैं अन्तर्गत आजको दिनमा देवी दुर्गाका स्वरूपमध्ये ब्रह्मचारिणी भगवतीको पूजा गर्ने प्रचलन रहेको छ ।घटस्थापना गरेसँगै नवदुर्गाका ९ ओटा रूपहरूको पूजा गर्ने परम्परा रहेको छ । नवरात्रका ९ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघन्टा, चौथो दिन कुष्मान्डा, पाँचौं दिन स्कन्दमाता, छौटौं दिन […]

नेपालीको महान् पर्व बडादशैँ शुरू: आज घटस्थापना, घरघरमा जमरा राखिँदै

काठमाण्डौं,असोज,१२- प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान चाड यस वर्षको वडा दशैं आजबाट शुरु भएको छ ।यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । वडा दशैँको पहिलो दिन आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिदैंछ।बिहान १० बजेर ३५ मिनेटको शुभ साइतमा घरघरमा घटस्थापनासहित जमरा राखिँदै छ […]

५० वर्ष देखि टपरी बेचेरै जिविकोपार्जन गर्दै ६० वर्षे वृद्ध महिला

नेपालगन्ज,असोज,१२- उमेरले ६० नेटो काट्न लागेको छ । अझै पनि अाफना घरपरिवारलाई लालनपालन गर्नमा केही राहत होस् भनेर नेपालगन्ज उपमहानगरपालिका वडा नं ११ निवासी दानपती केवट(घसियारा) ले विगत ५० वर्ष देखि पात किनेर टपरी बनाउदै बेच्दै गरेकी छिन् । दिनमा कति रुपैयाँको बिक्री हुन्छ भनेर प्रश्न गर्दा उनले अाजभोलि सोह्र श्राद्धमा १५० देखि ३०० रुपैयाँ […]

एक युवतीले अाफ्नो जन्मदिन : जीवन बीमा गरेर मनाईन्

नेपालगन्ज,असोज,१०- अाफ्नो जन्मदिन मनाउदा मानिसहरुले होटलमा गएर खानपिन नाचगान गरेर मनाउने परम्परा अहिलेको होइन तर बाँकेमा शुक्रबार एक युवतीले अाफनो जन्मदिनमा रु २५ लाखको जीवन बीमा गरेर मनाएकी छिन् । समाजवादी पार्टी नेपालकि केन्द्रीय सदस्य , माता बागेश्वरी बचत तथा ऋण सहकारी लिमिटेड कि संस्थापक सदस्य तथा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा कानुन संकाय दोस्रो वर्षमा अध्ययनरत […]

फुकुओकामा चौंथो ओहासी कप हुने

फुकुओका,जापान,असोज,७- जापानको फुकुओकामा चौंथो ओहासी फुटसल कप हुने भएको छ । ओहासी ग्रुपको आयोजनामा चौथो ओहासी फुटसल कप हुन लागेको ओहासी एफसीका टिम म्यानेजर सन्देश के.सी ले बिहानी अनलाईनलाई जानकारी दिनुभयो । उहाँका उनुसार विगत ४ वर्ष देखि दशैं कपको आयोजना गर्दै आईरहेको यस ओहासी ग्रुपले यस पटक भने दशैं कप नगर्ने जानकारी दिनुभएको छ […]

सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गर्यो रक्तदान कार्यक्रम

नेपालगन्ज,असोज,६- जीवन बीमा कम्पनी सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालगन्ज शाखाले अाफनो दोस्रो वार्षिकोत्सबको अवसरमा अाज सोमबार रक्तदान गरेको छ । नेपाल रक्त सञ्चार केन्द्र बाँकेमा रगतको अभाब भइरहेको समयमा र इन्स्योरेन्स स्थापनालाई भव्य रुपमा होटलमा कार्यक्रम नगरेर कुनै बिरामीको रगतको अभावमा मृत्यु नहोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको अायोजना गरेको उक्त इन्स्योरेन्स कम्पनी नेपालगन्जका […]

फिफा वरियतामा नेपाल पाँच स्थान सुधार गर्दै १ सय ६१ औं स्थानमा

काठमाण्डौं,असोज,२- नेपालले फिफा वरियतामा पाँच स्थान सुधार गरेको छ ।विश्व फुटबलको सर्वोच्व निकाय फिफाले बिहिबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले ५ पाँच स्थान सुधार गरेको हो । नयाँ वरियता अनुसार नेपाल पाँच स्थान सुधार गर्दै १ सय ६१ औं स्थानमा उक्लिएको छ । अघिल्लो महिना नेपाल १ सय ६६ औं स्थानमा रहेको थियो । कतारमा सन् २०२२ […]

घरबेटीले बिजुलीको पैसा बढी लिए कारबाही हुन्छ : कुलमान

काठमाण्डौं,भाद्र,२९- नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले घरबेटीले कोठा भाडामा बस्नेसँग बिजुलीको पैसा बढी लिए कारबाही हुने बताउनु भएको छ । आइतबार प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै घिसिङले यस्तो बताउनु भएको हो । प्राधिकरणले तोकेको अधिकतम रकमभन्दा बढी लिएको उजुरी आए कारबाही हुने उहाँको भनाइ छ।  ‘अहिलेको कानुन अनुसार नेपाल विद्युत प्राधिकरणले बिक्री […]

सुदूरपश्चिममा डेंगुबाट एकको मृत्यु, २४ जनामा संक्रमण भेटियो

डोटी,भाद्र,२८- सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा २४ जनामा डेंगु रोगको संक्रमण देखिएको पुष्टि भएको छ।सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार कैलालीमा १५, दार्चुलामा पाँच अछाममा दुई, कञ्चनपुरमा एक र डोटीमा एक जनामा सो रोग भेटिएको हो। उक्त रोगको संक्रमणले डोटीमा एकको मृत्यु भइसकेको छ। दीपायल सिलगढी नगरपालिका–६ थाप्लाका छत्र मलासी ‘छाया’ को उक्त रोगले कैलालीमा उपचारका क्रममा […]

कोरियामा नेपाली कथानक चलचित्र “जात्रै जात्राको” च्यारिटी शो प्रदर्शन

दक्षिण कोरिया,भाद्र,२५- ललितपुरको कुसुन्ती हाईट १३ मा अबस्थित श्री नेहा पोखरेल द्वारा संचालित मानशिक संतुलन गुमाएका महिला र अनाथ बालबालिकाको संरक्षण गरिरहेको संस्था नेपाल स्नेही काखको सहयोगार्थ दक्षिण कोरियाको गजेदो मा नेपाली कथानक चलचित्र जात्रै जात्रा पर्दर्शन गरिएको छ । DSME मगर समाजले सेप्टेम्बर ७ तारिखका दिन एक कार्यक्रमको आयोजना गरी नेपालमा अबस्थित नेपाल स्नेही काखको सहयोग […]