काठमाडौं,फागुन,१२-लोक गायक तथा कलाकार जयनन्द लामाको आज बिहीबार अन्तिम संस्कार गरिँदैछ ।बुधबार बिहान निधन भएका लामाको आज स्वयंभुमा बौद्ध परम्परा अनुसार अन्तिम संस्कार गरिने परिवारले जनाएको छ । लामाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि बिहान १० देखि १२ बजेसम्म जमलस्थित नेपाल सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा राखी स्वयम्भूमा अन्तिम संस्कार गरिनेछ । उनको परिवारमा पत्नी […]
समाज
आफ्नै कारमा खुट्टा अल्झेर लड्दा कलाकार जयनन्द लामाको निधन
काठमाडौ,फाल्गुन,११-वरिष्ठ लोकगायक तथा कलाकार जयनन्द लामाको बुधबार बिहान निधन भएको छ।उहाँको निधन आफ्नै कारमा अल्झिएर लड्दा भएको प्रहरीको प्रारम्भीक अनुसन्धानले खुलेको छ।प्रहरीका अनुसार कलाकार लामा मंगलबार साँझ ७ बजे मिटिङमा सहभागी हुन भनि बौद्ध जानु भएको थियो। उहाँ बिहान आफ्नै घर अगाडि मृत फेला पर्नु भएको थियो। ‘राति बौद्धबाट फर्किनु भएको थियो। आफ्नै घर अगाडि […]
नेपालमा पछिल्लो २४ घण्टामा २६२ संक्रमित थपिए, ४ जनाको मृत्यु
काठमाडौं,फागुन,८-नेपालमा पछिल्लो २४ घण्टामा २६२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८१५ जनामा कोरोना परीक्षण गर्दा २६२ जनामा संक्रमण पुष्टि भएको हो । आइतबार १३३८ जना कोरोनाको संक्रमणबाट संक्रमणमुक्त भएका छन् । त्यस्तै, गत २४ घण्टामा कोरोनाबाट ४ जनाको मृत्यु भएको छ ।हाल देशभर १२ हजार २४४ […]
६ महीनामा नेपाल विद्युत् प्राधिकरणले कमायो १२ अर्ब नाफा
काठमाडौं,फागुन,८-नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्षको पहिलो ६ महीनामा १२ अर्ब १२ करोड रुपैयाँ नाफा कमाएको छ । अपरिस्कृत वित्तीय विवरण अनुसार गत आव २०७७/ ७८ मा प्राधिकरणकोको नाफा ६ अर्ब १८ करोड थियो । चालू आवको पहिलो ६ महीनामा नै नाफा बढेर १२ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । यो सँगै सार्वजनिक संस्थानहरुमध्ये […]
टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा कुशल भुर्तेलको शतक
काठमाडौं,फागुन,७-आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको ग्लोबल छनोटअन्तर्गत नेपालको दोस्रो खेलमा कुशल भुर्तेलले अन्तर्राष्ट्रिय शतक प्रहार गरेका छन् । ओमानको मस्कटस्थित अल अमिरात क्रिकेट मैदानमा भएको फिलिपिन्सविरुद्धको खेलमा भुर्तेलले पहिलो अन्तर्राष्ट्रिय शतक प्रहार गरेका हुन् । ५७ बलको सामना गरेका भुर्तेलले १३ चौका र १ छक्काको मद्दतमा १ सय रनको पूरा गरेका हुन् ।यसअघि टी–ट्वान्टीमा नेपालको तर्फबाट […]
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल : जेठ २ देखि व्यावसायिक उडान शुरू हुँदै
काठमाडौं,फागुन,६-नेपाल नागरिक उड्डयन प्राधिकरणले आगामी बुद्धजयन्ती (जेठ २ गते)देखि भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान शुरू गर्ने भएको छ। प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार विमानस्थलको व्यावसायिक सञ्चालन गर्नुपूर्व एरो थाईले शुक्रवारदेखि परीक्षण उडान (क्यालिब्रेशन फ्लाइट) गर्दै छ । क्यालिब्रेशन फ्लाइट सम्पन्न भएपछि व्यावसायिक उडानका लागि एक समिति गठन गरिएको छ।उक्त समितिलाई जेठ २ देखि व्यावसायिक […]
थप ५७० जना कोरोना संक्रमित,१ हजार ९९३ जना संक्रमणमुक्त
काठमाडौं,फागुन,५-नेपालमा विगत २४ घण्टामा थप ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार दिएको जानकारी अनुसार उक्त अवधिमा मुलुकभर ९ हजार ७८९ ओटा नमूना परीक्षण गरिएको थियो । मन्त्रालयका अनुसार उक्त अवधिमा ७ हजार २८ जनाको पीसीआर परीक्षण गर्दा ३६४ र २ हजार […]
ज्ञानेन्द्र शाही नेतृत्वको अभियान राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित हुने
काठमाण्डौं,फाल्गुन,३-ज्ञानेन्द्र शाही नेतृत्वको ‘हाम्रो नेपाल, हाम्रो नेपाली अभियान’ राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित हुने भएको छ। मंगलबार बसेको राप्रपा पदाधिकारी बैठकले शाही नेतृत्वको सो अभियानलाई पार्टीमा समाहित गर्ने निर्णय गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो। समान विचार भएका अन्य दलसँग पार्टी एकताका लागि गठित महामन्त्री धवल शमशेर राणा नेतृत्वको वार्ता समितिले सो अभियानसँग एकता गर्ने प्रस्ताव […]
आज ‘प्रणय दिवस’ विश्वभर प्रेम साटासाट गरी मनाईंदै
काठमाडौं,फाल्गुन,२-आज (सोमबार) फेब्रुअरी १४ तारिख अर्थात प्रणय दिवस (भ्यालेन्टाइन्स् डे) विश्वभर एक आपसमा उपहार साटासाट गरी मनाइँदैछ । प्रणय दिवसको अवसरमा खासगरी प्रेमीप्रेमिका परिवार साथिभाइहरु तथा श्रीमान श्रीमतीहरुले एकअर्कालाई उपहार आदनप्रदान गरी प्रेम सद्भाव साटासाट गर्नुका साथै विभिन्न पार्कमा गएर समय बिताउने गर्छन्।विशेषगरी यस दिवसमा रातो गुलावको फूल उपहार दिएर प्रेम आदान प्रदान गर्ने गरिएको छ । […]
आयोजक ओमान माथि नेपालको शानदार जित
काठमाडौं,माघ,२८-चारदेशीय टी-ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा आयोजक ओमान माथि ६ विकेटको जित हात पारेको छ । अल अमेरात क्रिकेट ग्राउन्डमा १ सय ३६ रनको लक्ष्य नेपालले निर्धारित २० ओभरको ३ बल बाकी छदा ४ विकेट गुमाएर पुरा गर्यो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ७३ रन जोडे । दिपेन्द्रले ५३ बल खेल्दा […]





