पाल्पा,पुष,१८-बुटवल वुद्धनगरबाट शव लिएर रिडीतर्फ जाँदै गरेको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको स्थानीयले बताएका छन् । आज बिहान लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भएको हो । बसले च्यापिएका तीन ३ जनाको उद्धारमा स्थानीय तथा प्रहरी जुटेको छ । बसमा करिब ३५ जना मलामी रहेको बताइएको छ । […]
समाज
आज देखि अंग्रेजी नयाँ वर्ष सन् २०२२ सुरु
काठमाण्डौं,पुष,१७-अंग्रेजी (ग्रेगोरियन) क्यालेण्डर (पात्रो) अनुसार आज देखि नयाँ वर्ष २०२२ सुरु भएको छ ।समयको अन्तरका कारण क्रमशः पूर्वी देशहरुबाट पश्चिमका देशहरुले नयाँ वर्षलाई स्वागत गर्दै मनाइरहेका छन्। जिजस क्राइस्टलाई फाँसी दिएपछि ईस्वी सम्वतको सुरुवात भएको भनाइ रहेको छ । पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो […]
गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै
काठमाडौं,पुष,१५-आज तमु ल्होसार । गुरुङ समुदायले आज हर्षोल्लासको साथ तमु ल्होसा पर्व मनाउँदैछन् । तमु भन्ने शब्दले गुरुङ समुदायलाई चिनाउँछ र ल्होसार भनेको नयाँ वर्ष हो । यी दुई शब्द मिलेर तमु ल्होसार बनेकोले आज गुरुङ समुदायको नयाँ वर्ष हो । चिनियाँ पात्रोअनुसार वर्षमा १२ महिना हुन्छन् । यी १२ महिना जनावरको नामले नामाकरण गरिएको […]
भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको ज्यान गयो
बाँके,पुष,१५-बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालको क्वाटरमा निसासिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ। तीन जना बिरामी भएका छन्। प्रहरीका अनुसार अस्पतालको क्वाटरमा बसेका कार्यालय सहयोगी धनप्रसाद भट्टराई र उहाँका परिवारका सदस्यहरूको मृत्यु भएको हो। क्वाटरभित्र निसासिएर कालीकोट खाडाचक्रका धनप्रसाद सहित उहाँकि आमा कोकिला भट्टराई, दिदी नन्दकली र उनका ३ महिनाका छोरा इप्सनको मृत्यु भएको हो। धनप्रसादकी […]
आज इसाइ धर्मावलम्बीले ‘क्रिसमस डे’ मनाउँदै
काठमाडौं,पुस,१०-इसाइ (क्रिश्चियन) धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज ‘क्रिसमस डे’ मनाइँदैछ । आजभन्दा दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मनुभएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले जानकारी दिनुभयो । उहाँका […]
जोमसोम-कोरोला सडक स्तरोन्नतीको काम अन्तिम चरणमा
म्याग्दी,पुष,९-जोमसोम-कोरला सडक स्तरोन्नतिको कार्य अन्तिम चरणमा पुगेको छ।राष्ट्रिय गौरवको कालिगण्डकी कोरिडोरको बेनी-जोमसोम-कोरला सडक आयोजना अन्तरगत मुस्ताङको जोमसोमदेखि नेपाल-चीन सिमानासम्म सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको हो । जोमसोमदेखि कोरला नाकासम्मको १ सय १० किलोमिटर सडकको ७ वटा खण्डमध्ये ६ वटा खण्ड सम्पन्न भएको छ भने एउटामा काम अन्तिम चरणमा पुगेको छ । उक्त खण्डको […]
एभिसी सेन्ट्रल जोन भलिबल: आज नेपालको दुई खेल
एजेन्सी,पुष,९-एभिसी सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपमा आज नेपालको पुरुष टोलीले उज्वेकिस्तानसँग तथा महिला टोलीले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ। पहिलो खेलमा श्रीलंकालाई हराएको नेपाली महिला टोलीले आज माल्दिभ्सविरुद्ध अझ उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको छ । श्रीलंकाविरुद्धको खेल ३-२ को सेटमा जितेको नेपाल आज सहज जित निकाल्ने योजनामा रहेको छ।उता पहिलो खेलमा हिजो बंलादेशसँग हारेको नेपालको पुरुष […]
हेलिकोप्टरबाट डोजर ढुवानी गरी सिस्ने हिमालको काखमा सडक
जाजरकोट,पुष,९-सडकको अस्थायी ट्रयाक खोल्नका लागि आठबीसकोट नगरपालिका जाजरकोटले हेलिकोप्टरमा डोजर ढुवानी गरिरहेको छ । अप्ठ्यारो भूगोल भएका कारण हेलिकोप्टरको प्रयोग गरी सडक निर्माणका लागि डोजर हेलिकोप्टरमा ल्याएर सडकको ट्रयाक खोल्न लागिएको नगरप्रमुख गोरखबहादुर केसीले बताउनुभयो । आठबीसकोटभित्र अहिलेसम्म ३०० किलोमिटर ट्रयाक सडक खोल्ने काम भएको उहाँले बताउनुभयो।नगरपालिकाको वडा नं ३ मा रहेको डोजरलाई हेलिकोप्टरमा ढुवानी […]
नेपाल संग ४-० गोलले भुटान पराजित
काठमाडौं,पुष,२-साफ यू–१९ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत नेपाल फाइनल नजिक पुगेको छ । बंगलादेशको ढाका शुक्रबार भुटानलाई ४-० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनल नजिक पुगेको हो । भुटानमाथिको जितसँगै तीन खेलमध्ये दुईमा जित र एकमा बराबरीको नजिता निकालेको नेपालले सात अंक जोडेको छ । आयोजक बंगलादेशको पनि तीन खेलमा सात अंक रहेको छ । यता भारतले भने […]
सुदूरपश्चिममा ४२ प्रतिशतलाई कोरोनाविरुद्धको खोप
कैलाली,पुष,१-सुदूरपश्चिम प्रदेशमा लक्षित उमेर समूहका ४२ प्रतिशत अर्थात् सात लाख ५१ हजार ८११ नागरिकले कोरोना विरुद्धको पूर्ण मात्राको खोप पाएका छन् । लक्षित उमेर समूहका ५५ प्रतिशत अर्थात् ९ लाख ६ हजार १७४ व्यक्तिले पहिलो मात्राको खोप पाइसकेका छन् । अठार वर्ष उमेर माथिका नागरिकलाई लक्षित समूहमा राखिएको छ । प्रदेशमा सो वर्ष उमेर समूहभन्दा […]




