माघे संक्रान्ति पर्व नजिकिँदै, मगर समुदायमा तारो हान्ने चलन लोभ हुदैँ

काठमाण्डौं,पौष,२९-माघे संक्रान्ति पर्व नजिकिँदै छ।नेपालीहरुले परम्परागत रुपमा मनाउदै आइरहेको अर्को प्रचलित चाडको नाम हो माघे संक्रान्ति, यसलाई बिभिन्न नामले पुकार्ने गरिन्छ, जस्तै मकर संक्रान्ति, माघी, माघे संक्रान्ति आदि, जुन माघ महिनाको पहिलो दिनमा पर्दछ । उक्त दिन नेपालमा सार्वजनिक बिदा दिने गरिन्छ । विशेषगरी मगर जातिहरुले यस पर्वलाई ३ दिनसम्म बिशेष धुमधामका साथ् मनाउने गर्दछन्।ठाँउ अनुसार […]

माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौं,पुष,२६-शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार मन्त्रालयमा सोमबार बसेको बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले गरेको सिफारिस कार्यान्वयनमा पठाउने निर्णय गरेको शिक्षा मन्त्रालयले जनाएको छ ।   बन्दको मोडालिटीबारे मन्त्रालयले केहीबेरमा सूचना जारी गर्ने […]

४ दिनमै दोब्बरले वृद्धि भयो संक्रमण, तेस्रो लहरको दोस्रो चरण शुरु

काठमाण्डौं,पुस,२२-नेपालमा कोभिड-१९ को तेस्रो लहर ओमिक्रोन भेरिन्टको संक्रमण दिनप्रतिदिन उकालो लागिरहेको छ । दैनिक संक्रमण संख्या २०० हाराहारीमा झरिसकेको नेपालमा अहिले फेरी दैनिक ५०० भन्दा धेरैमा संक्रमण देखिन थालेको छ । पुस १८ गतेको तथ्याङ्कमा जम्मा २१६ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि भने हरेक दिन संक्रमितको संख्या उकालो लागिरहेको छ । […]

नेपालमा थप ५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं,पुष,२२-नेपालमा विगत २४ घण्टामा थप ५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार दिएको जानकारी अनुसार उक्त अवधिमा ७ हजार २०९ पीसीआर परीक्षणमा ४७८ जना र ४ हजार ८९० एन्टिजेन परीक्षणमा ६२ जना गरी कुल ५४० जनामा भाइरसको संक्रमण देखिएको हो । त्यस्तै, सोही अवधिमा देशभर १ जना कोरोना […]

ब्रेकिगं न्यूज : पाल्पामा मलामी चढेको बस दुर्घटना हुँदा ७ को मृत्यु

पाल्पा,पुष,१८-बुटवल वुद्धनगरबाट शव लिएर रिडीतर्फ जाँदै गरेको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको स्थानीयले बताएका छन् । आज बिहान लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भएको हो । बसले च्यापिएका तीन ३ जनाको उद्धारमा स्थानीय तथा प्रहरी जुटेको छ । बसमा करिब ३५ जना मलामी रहेको बताइएको छ । […]

आज देखि अंग्रेजी नयाँ वर्ष सन् २०२२ सुरु

काठमाण्डौं,पुष,१७-अंग्रेजी (ग्रेगोरियन) क्यालेण्डर (पात्रो) अनुसार आज देखि नयाँ वर्ष २०२२ सुरु भएको छ ।समयको अन्तरका कारण क्रमशः पूर्वी देशहरुबाट पश्चिमका देशहरुले नयाँ वर्षलाई स्वागत गर्दै मनाइरहेका छन्। जिजस क्राइस्टलाई फाँसी दिएपछि ईस्वी सम्वतको सुरुवात भएको भनाइ रहेको छ । पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो […]

गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै

काठमाडौं,पुष,१५-आज तमु ल्होसार । गुरुङ समुदायले आज हर्षोल्लासको साथ तमु ल्होसा पर्व मनाउँदैछन् । तमु भन्ने शब्दले गुरुङ समुदायलाई चिनाउँछ र ल्होसार भनेको नयाँ वर्ष हो । यी दुई शब्द मिलेर तमु ल्होसार बनेकोले आज गुरुङ समुदायको नयाँ वर्ष हो । चिनियाँ पात्रोअनुसार वर्षमा १२ महिना हुन्छन् । यी १२ महिना जनावरको नामले नामाकरण गरिएको […]

भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको ज्यान गयो

बाँके,पुष,१५-बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालको क्वाटरमा निसासिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ। तीन जना बिरामी भएका छन्।  प्रहरीका अनुसार अस्पतालको क्वाटरमा बसेका कार्यालय सहयोगी धनप्रसाद भट्टराई र उहाँका परिवारका सदस्यहरूको मृत्यु भएको हो। क्वाटरभित्र निसासिएर कालीकोट खाडाचक्रका धनप्रसाद सहित उहाँकि आमा कोकिला भट्टराई, दिदी नन्दकली  र उनका ३ महिनाका छोरा इप्सनको मृत्यु भएको हो।  धनप्रसादकी […]

आज इसाइ धर्मावलम्बीले ‘क्रिसमस डे’ मनाउँदै

  काठमाडौं,पुस,१०-इसाइ (क्रिश्चियन) धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज ‘क्रिसमस डे’ मनाइँदैछ । आजभन्दा दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मनुभएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले जानकारी दिनुभयो । उहाँका […]

जोमसोम-कोरोला सडक स्तरोन्नतीको काम अन्तिम चरणमा

म्याग्दी,पुष,९-जोमसोम-कोरला सडक स्तरोन्नतिको कार्य अन्तिम चरणमा पुगेको छ।राष्ट्रिय गौरवको कालिगण्डकी कोरिडोरको बेनी-जोमसोम-कोरला सडक आयोजना अन्तरगत मुस्ताङको जोमसोमदेखि नेपाल-चीन सिमानासम्म सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको हो । जोमसोमदेखि कोरला नाकासम्मको १ सय १० किलोमिटर सडकको ७ वटा खण्डमध्ये ६ वटा खण्ड सम्पन्न भएको छ भने एउटामा काम अन्तिम चरणमा पुगेको छ ।   उक्त खण्डको […]