काठमाण्डौं,कार्तिक,१९-तिहारको चौथो दिन आज शुक्रबार गोरु जोत्ने हलीको समेत पूजा गरी हली तिहार पर्व मनाइँदैछ।आजैका दिन कृषि कर्म गर्न हलो जोतेर वर्षभर साथ दिने गोरुलाई समेत पूजा गरी मीठो मीठो खान दिने गरिन्छ ।गोरुको साथमा जोत्ने हलीलाई समेत पूजा गरी खाना खुवाइन्छ । यसैले आजको दिनलाई गोरु तिहार र हलीतिहार समेत भन्ने गरिन्छ ।आज गाई, गोरु […]
समाज
तिहार पर्व मलाई औधी मन पर्छ, सम्झनामा बाल्यकालको देउसी-भैलो
जापान,कात्तिक,१८-तिहार पर्व मलाई औधी मन पर्छ ! तिहार हिन्दु धर्मावलम्बीहरूको दशैं पछिको सबैभन्दा ठूलो पर्व हो । तिहारलाई झिलीमिलीको पर्व अर्थात उज्यालोको पर्व पनि भनिन्छ ! तिहार दशैंको पन्ध्र दिनपछि आउने पर्व हो । यो पर्व कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाइन्छ । […]
महाकवि देवकोटाको आज ११३ औँ जन्म जयन्ती
काठमाडौँ,कार्तिक,१८-नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औँ जन्म जयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म वि.सं. १९६६ मा कात्तिक कृष्ण औँसी अर्थात लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न शुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना […]
आज लक्ष्मी पूजा, धनधान्यकी देवी लक्ष्मीको विशेष पूजा आराधना गरिँदै
काठमाडौं,कात्तिक,१८-यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्यकी देवी लक्ष्मीको विशेष पूजाआजा गरी लक्ष्मीपूजा गरिँदै छ । यमपञ्चकको तेस्रो दिन कार्तिक कृष्ण औँशीको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाउने गरिन्छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा बिहानै घर सफासुग्घर र […]
आज काग र कुकुर तिहार मनाइँदै
काठमाडौं,कार्तिक,१६-यमपञ्चकको दोस्रो दिन आज काग र कुकुर तिहार । यस वर्ष काग र कुकुर तिहार एकैदिन पूजा गरि मनाइँदैछ । हिजो बेलुकी यमदीपदान सुरु भएपनि तिहार भने आजदेखि सुरु भएको पञ्चांग निर्णायक समितिले जनाएकाे छ । आज बिहान कागलाई निमन्त्रणा गरेर मिठा मिठा खानेकुरा दिएर काग तिहार मनाइँदैछ । कागलाई यमदूतका रुपमा पूजा गर्ने गरिन्छ […]
पछिल्लो २४ घण्टामा थपिए ४६९ संक्रमित, ११ जनाको मृत्यु
काठमाडौं,कात्तिक,१६-पछिल्लो २४ घण्टामा देशभर ४६९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ११५ पीसीआर परीक्षणमा ४२२ र ३ हजार १७२ एन्टिजेन परीक्षणमा ४७ जना गरी ४६९ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ ।त्यस्तै, गत २४ घण्टामा ५ सय […]
थपिए ५४९ जना कोरोना संक्रमित, ५६९ जना संक्रमणमुक्त
काठमाडौं,कार्तिक,१२-नेपालमा विगत २४ घण्टामा ५४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार दिएको जानकारी अनुसार ७ हजार १४५ ओटा नमूनाको पीसीआर परीक्षण गर्दा ४९० जना र २ हजार ६०१ ओटा नमूनाको एन्टिजेन परीक्षण गर्दा ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सो अवधिमा कोरोना संक्रमणबाट थप छ जनाको […]
थपिए ५९१ जना कोरोना संक्रमित, ६६४ जना संक्रमणमुक्त
काठमाडौं,कार्तिक,११-नेपालमा विगत २४ घण्टामा थप ५९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार दिएको जानकारी अनुसार सो अवधिमा ८ हजार ४४८ जनाको पीसीआर परीक्षण गर्दा ५२७ जना र २ हजार ५०७ जनाको एन्टिजेन परीक्षण गर्दा ६४ जना गरी ५९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । सो अवधिमा […]
अब १८ वर्षमुनिकालाई पनि कोरोना खोप लगाईने
काठमाण्डौं,कार्तिक,७-सरकारले अब १८ वर्षमुनि १२ वर्षमाथिका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप चाँडै लगाउन सुरु गर्ने भएको छ।अहिलेसम्म सरकारले १८ वर्षमाथिका नगारिकलाई मात्र कोरोना खोप दिइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोभ्याक्स सुविधामार्फत सोमबार अमेरिकाबाट १ लाख डोज फाइजर खोप नेपाल ल्याइँदै छ। यसपछि १२ वर्षदेखि १८ वर्षसम्मका बालिबालिकालाई खोप दिन सुरु गरिने मन्त्रालयले जनाएको […]
बाढीपहिरोले २ लाख ५८ हजार मेट्रिकटन धानबाली नोक्सान
काठमाडौं,कार्तिक,७-बेमौसमी वर्षात्का कारण आएको बाढीपहिरोले २ लाख ५८ हजार मेट्रिकटन धानबालीको नोक्सान भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले संकलन गरेको प्रारम्भिक तथ्यांकअनुसार प्रदेश नम्बर १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मात्रै कुल ७ अर्ब २२ करोड रुपैयाँ बराबरको २ लाख ५८ हजार ९२ मेट्रिकटन धानमा नोक्सानी पुगेको हो । असोज ३१ गतेदेखि परेको अविरल […]










