म्याग्दी,पुष,९-जोमसोम-कोरला सडक स्तरोन्नतिको कार्य अन्तिम चरणमा पुगेको छ।राष्ट्रिय गौरवको कालिगण्डकी कोरिडोरको बेनी-जोमसोम-कोरला सडक आयोजना अन्तरगत मुस्ताङको जोमसोमदेखि नेपाल-चीन सिमानासम्म सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको हो । जोमसोमदेखि कोरला नाकासम्मको १ सय १० किलोमिटर सडकको ७ वटा खण्डमध्ये ६ वटा खण्ड सम्पन्न भएको छ भने एउटामा काम अन्तिम चरणमा पुगेको छ । उक्त खण्डको […]
समाज
एभिसी सेन्ट्रल जोन भलिबल: आज नेपालको दुई खेल
एजेन्सी,पुष,९-एभिसी सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपमा आज नेपालको पुरुष टोलीले उज्वेकिस्तानसँग तथा महिला टोलीले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ। पहिलो खेलमा श्रीलंकालाई हराएको नेपाली महिला टोलीले आज माल्दिभ्सविरुद्ध अझ उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको छ । श्रीलंकाविरुद्धको खेल ३-२ को सेटमा जितेको नेपाल आज सहज जित निकाल्ने योजनामा रहेको छ।उता पहिलो खेलमा हिजो बंलादेशसँग हारेको नेपालको पुरुष […]
हेलिकोप्टरबाट डोजर ढुवानी गरी सिस्ने हिमालको काखमा सडक
जाजरकोट,पुष,९-सडकको अस्थायी ट्रयाक खोल्नका लागि आठबीसकोट नगरपालिका जाजरकोटले हेलिकोप्टरमा डोजर ढुवानी गरिरहेको छ । अप्ठ्यारो भूगोल भएका कारण हेलिकोप्टरको प्रयोग गरी सडक निर्माणका लागि डोजर हेलिकोप्टरमा ल्याएर सडकको ट्रयाक खोल्न लागिएको नगरप्रमुख गोरखबहादुर केसीले बताउनुभयो । आठबीसकोटभित्र अहिलेसम्म ३०० किलोमिटर ट्रयाक सडक खोल्ने काम भएको उहाँले बताउनुभयो।नगरपालिकाको वडा नं ३ मा रहेको डोजरलाई हेलिकोप्टरमा ढुवानी […]
नेपाल संग ४-० गोलले भुटान पराजित
काठमाडौं,पुष,२-साफ यू–१९ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत नेपाल फाइनल नजिक पुगेको छ । बंगलादेशको ढाका शुक्रबार भुटानलाई ४-० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनल नजिक पुगेको हो । भुटानमाथिको जितसँगै तीन खेलमध्ये दुईमा जित र एकमा बराबरीको नजिता निकालेको नेपालले सात अंक जोडेको छ । आयोजक बंगलादेशको पनि तीन खेलमा सात अंक रहेको छ । यता भारतले भने […]
सुदूरपश्चिममा ४२ प्रतिशतलाई कोरोनाविरुद्धको खोप
कैलाली,पुष,१-सुदूरपश्चिम प्रदेशमा लक्षित उमेर समूहका ४२ प्रतिशत अर्थात् सात लाख ५१ हजार ८११ नागरिकले कोरोना विरुद्धको पूर्ण मात्राको खोप पाएका छन् । लक्षित उमेर समूहका ५५ प्रतिशत अर्थात् ९ लाख ६ हजार १७४ व्यक्तिले पहिलो मात्राको खोप पाइसकेका छन् । अठार वर्ष उमेर माथिका नागरिकलाई लक्षित समूहमा राखिएको छ । प्रदेशमा सो वर्ष उमेर समूहभन्दा […]
राजानन्द माण्डव्यको ‘मेरो झण्डा फरफराउँछ’ गीत
काठमाडौं,मंसिर,२०-राष्ट्रिय धरोधर संरक्षणका अभियान्ता राजानन्द माण्डव्यको ‘मेरो झण्डा फरफराउँछ’ गीतको भिडियो सार्वजनिक भएको छ । विगत लामो समयदेखि राष्ट्रिय पोशाक र राष्ट्रिय झण्डाको संरक्षणका लागि आवाज उठाउँदै आएका माण्डव्यलेलेखेको यो गीतमा राष्ट्रिय झण्डाको महत्वलाई दर्शाउन खोजिएको छ । गीतमा रमेश सेन्चुरीले रेकर्डिङ र मिक्सिङ भरेका छन् । गीतमा माण्डव्य र तिलक बस्नेत बस्नेत दुवैको स्वर सुन्न सकिन्छ । […]
हुम्लामा हेलिकप्टरबाट ७८ क्विन्टल खाद्यान्न ढुवानी
हुम्ला,मंसिर,१४-हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा ७८ क्विन्टल खाद्यान्न ढुवानी गरिएको छ।नेपाली सेनाको हेलिकप्टरबाट खाद्यान्न अभाव भएको लिमीमा सोमवारदेखि खाद्यान्न ढुवानी थालिएको हो । प्रमुख जिल्ला अधिकारी गणेश आर्चायका अनुसार चीनसँग जोडिएको हिल्सा नाका दुई वर्षदेखि बन्द रहनुका साथै लिमीका लागि खाद्यान्न ढुवानी नभएपछि यहाँ भोकमारीको खतरा देखिएको थियो । हेलिकप्टरमा सिमकोट र हिल्साबाट खाद्यान्न लिमी […]
गोपाल जंग थापा र पूर्णकला विसीको स्वरमा “पहाडको ठन्डो पानी” सार्वजनीक (भिडीयो सहित)
काठमाण्डौं,मंसिर,१२-विगत लामो समय देखि गित संगितमा लागि परि रहनु भएका चर्चित गायक तथा सञ्चारकर्मी गोपाल जंग थापा र गायिका पूर्णकला विसीको स्वरमा सजिएको नयाँ प्रस्तुती “पहाडको ठन्डो पानी” बोलको देउडा गित सार्वजनिक भएको छ । चित्रकला बुढा थापाको लय र प्रकाश थापाको शब्दमा रहेको “पहाडको ठन्डो पानी” गितलाई विजय थापाले संगित गर्नु भएको छ।गोपाल जंग थापाको आफ्नै […]
गौतमबुद्ध अन्तराष्ट्रिय क्रिक्रेट रंगशालालाई सरकारले सहयोग गर्ने
चितवन,मंसिर,६-अर्थमन्त्री जनार्दन शर्माले धुर्मुसले निर्माण गरेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई सरकारले सहयोग गर्ने बताउनुभएको छ । आइतबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै अर्थमन्त्री शर्माले राम्रो कार्य गरिरहेको भन्दै निराश नभई अघि बढ्न आफूले भनेको उहाँको भनाई थियो । बजेट दिने नदिने विषयमा अहिलेनै निर्णय नभए पनि छलफल गरेर चाँडै निष्कर्षमा पुग्ने तर अलपत्र हुन नदिने […]
आजदेखि ई-पासपोर्ट जारी हुदै, कभरमा नेपालको नयाँ नक्सासहितको निशान छाप हुने
काठमाडौं,मंसिर,१-आजबाट राहदानी विभागले विद्युतीय राहदानी (ई–पासपोर्ट) जारी गर्दैछ।त्रिपुरेश्वरस्थित विभागको नयाँ भवनबाट सेवाको सुरुवात गरिनेछ । ई-पासपोर्टको कभरमा नेपालको नयाँ नक्सासहितको निशान छाप छ । साधारण, कूटनीतिक, विशेष, सर्भिस, अस्थायी, सिम्यान्स अभिलेख किताब गरी सात प्रकारका पासपोर्ट जारी हुनेछन् । विभागले यसअघि चार प्रकारका पासपोर्ट जारी गर्दै आएको थियो । ई–पासपोर्टका पृष्ठहरूमा नेपालका सम्पदा, संस्कृति, जीवनयापन, […]





