गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल : जेठ २ देखि व्यावसायिक उडान शुरू हुँदै

काठमाडौं,फागुन,६-नेपाल नागरिक उड्डयन प्राधिकरणले आगामी बुद्धजयन्ती (जेठ २ गते)देखि भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान शुरू गर्ने भएको छ। प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार विमानस्थलको व्यावसायिक सञ्चालन गर्नुपूर्व एरो थाईले शुक्रवारदेखि परीक्षण उडान (क्यालिब्रेशन फ्लाइट) गर्दै छ । क्यालिब्रेशन फ्लाइट सम्पन्न भएपछि व्यावसायिक उडानका लागि एक समिति गठन गरिएको छ।उक्त समितिलाई जेठ २ देखि व्यावसायिक […]

थप ५७० जना कोरोना संक्रमित,१ हजार ९९३ जना संक्रमणमुक्त

काठमाडौं,फागुन,५-नेपालमा विगत २४ घण्टामा थप ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप ६ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार दिएको जानकारी अनुसार उक्त अवधिमा मुलुकभर ९ हजार ७८९ ओटा नमूना परीक्षण गरिएको थियो । मन्त्रालयका अनुसार उक्त अवधिमा ७ हजार २८ जनाको पीसीआर परीक्षण गर्दा ३६४ र २ हजार […]

ज्ञानेन्द्र शाही नेतृत्वको अभियान राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित हुने

काठमाण्डौं,फाल्गुन,३-ज्ञानेन्द्र शाही नेतृत्वको ‘हाम्रो नेपाल, हाम्रो नेपाली अभियान’ राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित हुने भएको छ। मंगलबार बसेको राप्रपा पदाधिकारी बैठकले शाही नेतृत्वको सो अभियानलाई पार्टीमा समाहित गर्ने निर्णय गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो। समान विचार भएका अन्य दलसँग पार्टी एकताका लागि गठित महामन्त्री धवल शमशेर राणा नेतृत्वको वार्ता समितिले सो अभियानसँग एकता गर्ने प्रस्ताव […]

आज ‘प्रणय दिवस’ विश्वभर प्रेम साटासाट गरी मनाईंदै

काठमाडौं,फाल्गुन,२-आज (सोमबार) फेब्रुअरी १४ तारिख अर्थात प्रणय दिवस (भ्यालेन्टाइन्स् डे) विश्वभर एक आपसमा उपहार साटासाट गरी मनाइँदैछ । प्रणय दिवसको अवसरमा खासगरी प्रेमीप्रेमिका परिवार साथिभाइहरु तथा श्रीमान श्रीमतीहरुले एकअर्कालाई उपहार आदनप्रदान गरी प्रेम सद्भाव साटासाट गर्नुका साथै विभिन्न पार्कमा गएर समय बिताउने गर्छन्।विशेषगरी यस दिवसमा रातो गुलावको फूल उपहार दिएर प्रेम आदान प्रदान गर्ने गरिएको छ । […]

आयोजक ओमान माथि नेपालको शानदार जित

काठमाडौं,माघ,२८-चारदेशीय टी-ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा आयोजक ओमान माथि ६ विकेटको जित हात पारेको छ ।  अल अमेरात क्रिकेट ग्राउन्डमा १ सय ३६ रनको लक्ष्य नेपालले निर्धारित २० ओभरको ३ बल बाकी छदा ४ विकेट गुमाएर पुरा गर्यो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ७३ रन जोडे । दिपेन्द्रले ५३ बल खेल्दा […]

खेलकुदलाई मुलुकको सम्बन्ध विस्तारसँग जोड्ने प्रयासमा सरकार

काठमाण्डौं,माघ,२५-सरकारले मुलुकको पहिचान अभिवृद्धि र सम्बन्ध विस्तारलाई खेलकुद विधासँग जोडेर लैजाने सोच अघि सारेको छ। स्वच्छ, व्यावसायिक र प्रविधिमैत्री खेलकुद विकास र विस्तार गर्ने सोचका साथ स्वस्थ, सक्षम र अनुशासित नागरिक तयार गरी अन्तर्राष्ट्रिय जगत्मा राष्ट्रको सम्मान अभिवृद्धि गर्दै पहिचान स्थापित गर्ने लक्ष्य राखिएको छ। युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर शर्माले खेलकुदलाई राष्ट्रिय […]

भारत लैजांदै गरेको ५ हजार किलो केराउसहित ट्रक चालक पक्राउ

काठमाडौं,माघ,२५-प्रहरीले कपिलवस्तुको यशोधरा गाउँपालिका – ७ मर्यादपुरस्थित सडकबाट युपि ५५ टि २२९५ नम्बरको ट्रकमा अवैध रुपमा लैजाँदै गरेको करीब ५ लाख रुपैयाँ बराबरको ५ हजार किलो केराउसहित ट्रकका चालकलाई पक्राउ गरेको छ । भारत सिद्धार्थनगर ग्राम इटवा बस्ने २७ वर्षीय धन प्रकाश अग्रहरीलाई सोमवार राति प्रहरीले पक्राउ गरेको हो । नेपालबाट भारतको इटवातर्फ जाँदै गरेको उक्त […]

कोरोनाबाट थप ९ जनाको मृत्यु, १७ सय १४ संक्रमित

काठमाडौं,माध,२२-नेपालमा थप ९ जनााको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।योसँगै अहिलेसम्म कोरोनाबाट ११ हजार ८ सय ३ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार सोही समयमा ८ हजार ५ सय १३ जनामा भएको परीक्षणमा १ हजार ७ सय १४ जनामा कोरोना […]

१४ जिल्लाका सीडीओलाई बिहानै गृहमन्त्री खाँणको फोन

काठमाण्डौं,माघ,२०-गृहमन्त्री बालकृष्ण खाँणले बिहीबार बिहान १४ जना प्रमुख जिल्ला अधिकारीलाई फोन गरी ७ वटा विषयमा छलफल गर्नु भएको छ।गृहमन्त्री खाँणले १३ प्रमुख जिल्ला अधिकारी र एक सहायक प्रमुख जिल्ला अधिकारीसँग टेलिफोन वार्ता गर्नु भएको हो । गृहमन्त्री खाँणले प्रमुख जिल्ला अधिकारीहरू इन्द्रदेव यादव (सुनसरी), काशीराज दाहाल (मोरङ), छविलाल रिजाल (झापा), कृष्णबहादुर कटवाल (बारा), ध्रमेन्द्र मिश्र […]

थपिए ३५४० संक्रमित, ६३५९ संक्रमणमुक्त, ३२ जनाको मृत्‍यु

काठमाडौं,माघ,१६ –देशभर पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ५४० कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट १३ हजार १४५ परीक्षण हुँदा ३ हजार ५४० जना संक्रमित थपिएका हुन् । आइतबार ६ हजार ३५९ जना संक्रमणमुक्त भएका छन् ।कोरोना संक्रमणबाट थप ३२ जनाको मृत्‍यु भएको छ । […]