पहाडमा आज धुमधामका साथ होली पर्ब मनाईदै,तराईमा भोली मनाईने

काठमाडौं,चैत,३-आज होली पर्व मनाईदैछ्।फागुन शुक्ल पूर्णिमाका दिन बिहीबार रङहरूको चाड फागुपूर्णिमा अर्थात होली मनाईंदैछ । तराई भेगमा भने भोली शुक्रबार भव्यताका साथ होली मनाइन्छ। वसन्त ऋतुको आगमनको उल्लाससँगै फागुन महिनामा मनाइने यो चाडमा एक आपसमा रंग र अबीर लगाउने चलन छ । होली खेल्ने दिनभन्दा एक दिन पहिला राति होलीका दहन गरिन्छ । राति होलीका […]

साफ यू–१८ महिला च्यम्पियनसिपमा आज नेपालले भारतसँग खेल्ने

काठमाडौं,चैत,१-साफ यू-१८ महिला च्याम्पियनसिपमा आज मंगलबार  नेपाल र भारतबीचको खेल हुँदैछ। खेल भारतको जमसेदपुरमा हुनेछ।भारत र नेपालको खेल नेपाली समयअनुसार बेलुका सवा ७:१५ बजे सुरु हुनेछ। मंगलबारदेखि सुरु हुने यो प्रतियोगिता १० दिनसम्म चल्नेछ। डबल राउण्ड रोबिनको फरम्याटमा हुने प्रतियोगिताको शीर्षस्थानमा रहने टोलीले उपाधि जित्नेछ। नेपाल आज भारतलाई हराउँदै प्रतियोगितामा सुखद सुरुआत गर्न चाहन्छ । […]

साउदीका विदेशमन्त्री आज नेपाल आउँदै, १२ वर्षपछिको उच्चस्तरीय भ्रमण

काठमाडौं,फागुन,३०-साउदी अरबका विदेशमन्त्री फैजल बिन फरहान बिन साउद आज सोमबार नेपाल आउँदै हुनुहुन्छ। फैजल त्यहाँका राजकुमार पनि हुनुहुन्छ । १२ वर्षअघि नोभेम्बर २०१० मा साउदीका राजकुमार अलवालिद बिन तलाल नेपालको अनौपचारिक भ्रमणमा आउनु भएको थियो। तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले तलाललाई महाउज्जवल राष्ट्रदीपबाट विभूषित पनि गरेको थियो।  महाउज्जवल राष्ट्रदीप नेपालले विदेशी नागरिकलाई दिने गरेको […]

जापानले दियो नेपाललाई २ अर्ब ६१ करोड रुपैयाँ अनुदान

अर्थसचिव मधुकुमार मरासिनी र राजदूत किकुता युटाका । काठमाडौं,फागुन,२६-जापान सरकारले नेपाललाई २ अर्ब ६१ करोड रुपैयाँ बराबर अनुदान सहायता उपलब्ध गराएको छ । अनुदान सम्झौतासम्बन्धी पत्रमा बिहीबार अर्थ सचिव मधुकुमार मरासिनी र नेपालका लागि जापानी राजदूत किकुता युटाकाले हस्ताक्षर गर्नु भएको हो । जापानले उपलब्ध गराउने यो अनुदान रकम विराटनगरबासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउन ‘विराटनगर खानेपानी […]

एकै दिन सुनको मूल्य ३५ सयले घट्यो

काठमाडौं,फागुन,२६-एकै दिन सुनको भाउ ३५ सयले घटेको छ। साताको पाँचौं दिन आज बिहीबार सुनचाँदीको मूल्य घटेको हो। बुधबार १ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज बिहीबार एकै दिन ३५ सयले घटेर एक लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य प्रतितोला १ लाख १ […]

संखुवासभा मादी बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्यो (अपडेट)

काठमाण्डौं,फागुन,२६-संखुवासभामा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ जना पुगेको प्रहरीले जनाएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् । डिएसपी लालध्वज सुवेदीले १४ जनाको मृत्यु भएको पुष्टि भएको बताउनुभयो । ‘१४ जनाको शव भेटिएको छ, ५ जना घाइते भएका छन्,’ सुवेदीले भन्नुभयो, ‘मृतकको सनाखत भएको छैन ।’ दमकतर्फ जाँदै गरेको बा ४ ख […]

संखुवासभाको मादीमा बस दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु

काठमाडौं,फागुन,२६-संखुवासभाको मादीमा बस दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ । संखुवासभाबाट झापाको दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे ७ बजे तिर संखुवासभाको मादी नगरपालिका वडा नं. ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो । दुर्घटनामा १० जनाको मृत्यु भएको पुष्टि भएको संखुवासभाका डिएसपी लालध्वज सुवेदीले जानकारी […]

एक रुपैयाँको सिक्का बुधबारबाट चलनचल्तीमा ल्याउने

काठमाडौं,फागुन,२४-नेपाल राष्ट्र बैंकले बुधवारबाट १ रुपैयाँको सिक्का चलनचल्तीमा ल्याउने भएको छ । सिक्काको अग्रभागमा वृत्ताकार घेराभित्र ६४ ओटा थोप्लाको वृत्ताकार घेराभित्र हिमाल, पहाड र तराईको पृष्ठभूमिमा नेपालको नक्सा रहेको छ । यसैगरी, दृष्टिविहीनहरूले स्पर्श गरेर सिक्काको दर पहिचान गर्न एउटा मोटो थोप्लो रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । सिक्काको पछाडि भागमा पनि ६४ ओटा […]

आज अन्तर्राष्ट्रिय नारी दिवस, राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना

काठमाडौं,फागुन,२४-आज (मंगलबार) ११२औं अन्तर्राष्ट्रिय नारी दिवस विभिन्न कार्यक्रमगरि मनाईदै छ। आज (मंगलबार) ११२औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने सबै प्रकारका विभेदलाई जरैदेखि उन्मूलन गरी सभ्य र सुसंस्कृत समाज निर्माणको प्रण सबैले गर्नुपर्नेमा जोड दिनुभएको छ । शुभकामना सन्देश दिदै उहाँले महिला विरूद्ध हुने सबै प्रकारका हिंसा, विभेद, उत्पीडन एवं विकृत प्रथालाई निर्मूल गर्दै […]

भक्तपुरमा घाँटी काटिएको अवस्थामा महिलाको शव फेला

भक्तपु,फागुन,२४-चाँगुनारायण नगरपालिका-७ बागरेमा एक महिलाको घाँटी काटिएको अवस्थामा शव फेला परेको छ । बागरेस्थित तरकारी खेती हुँदै आएको जग्गामा बनाइएको जस्ताको कच्ची टहराभित्र परालले छोपेको अवस्थामा अन्दाजी ३५/४० वर्षीया महिलाको शव फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । सोमबार राति करिब १० बजे मृतक महिलाको घाँटी अगाडी भागमा गहिरो चोट लागेको, शरिरको […]