काठमाडौं,असोज,२०-मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना तत्काल पारित गरी कार्यान्वयन गर्न निजी क्षेत्रले आग्रह गरेको छ । निजी क्षेत्रका तीनवटै छातासंगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति जारी गर्दै सम्झौता तत्काल पारित गर्न आग्रह गरेको हो । नेपाल र अमेरिकी सहयोग परियोजना (एमसिसी) बीच सन् २०१७ सेप्टेम्बर १४ […]
समाज
भारतले अर्को साता १० लाख डोज कोभिसिल्ड खोप पठाउने
काठमाण्डौं,असोज,२०-दक्षिणी छिमेकी भारतले नेपाल खरिदका लागि अर्डर गरिसकेको १० लाख डोज कोभिसिल्ड खोप अर्को साता पठाउने भएको छ। बुधबार परराष्ट्र मन्त्री डा. नारायण खड्कालाई सिंहदरबारमा भेटेर नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले यसबारेमा जानकारी दिनुभएको हो । बुधबार अपरान्ह सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर राजदूत क्वात्राले मन्त्री खड्कासँग भेट गरेर द्विपक्षीय सम्बन्ध सबै महत्वपूर्ण आयामबारे छलफल […]
थपिए १०४३ जना कोरोना संक्रमित, संक्रमणबाट १२ जनाको मृत्यु
काठमाडौं,असोज,२०-नेपालमा विगत २४ घण्टामा १ हजार ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार दिएको जानाकारी अनुसार सो अवधिमा ११ हजार १६५ पीसीआर ओटा परीक्षण गर्दा ८४९ जना र ४ हजार ३०० ओटा एन्टिजेन परीक्षण गर्दा १९४ जना गरी कुल १ हजार ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको […]
सुन तस्करी प्रकरण : मुख्य अभियुक्त गोरेसहित ६ जनालाई जन्म कैदको सजाय
काठमाण्डौं,असोज,१९-३८ क्विन्टल सुन तस्करी प्रकरणमा मुछिएर थुनामा रहेका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’सहित ६ जनालाई जिल्ला अदालत मोरङले जन्मकैदको फैसला सुनाएको छ। मोरङ अदालतका न्यायाधीश भरत लम्सालसहितको इजलासले सुन तस्करीमा प्रयोग गरिएका भरिया सनम शाक्यको हत्या प्रकरणमा ज्यान मुद्दा अन्तर्गत ८ जनालाई दोषी ठहर गरेको हो। जसमध्ये गोरेसहित ६ जनालाई जन्मकैद र एक जनालाई ३ […]
थपिए ६७९ संक्रमित, ७ जनाको मृत्यु
काठमाडौं,असोज,१७-कोरोना भाइरसका ६ सय ७९ संक्रमित थपिएका छन् । आज (आइतबार) १० हजार ९ सय २० जनाको परीक्षण गर्दा ६ दशमलव २२ प्रतिशतमा संक्रमण देखिएको हो । तर ७ हजार ७० जनाको पीसीआर परीक्षण गर्दा भने ८.१२ अर्थात् ५ सय ७४ जना संक्रमित पाइएका हुन् । थपिएकामा काठमाडौंका दुई सय २२, मोरङ्गका ६२, कास्कीका ४६, […]
थप ८६७ जना कोरोना संक्रमित थपिए, १ सय १२ जना भेन्टिलेटरमा
काठमाडौं,असोज,१६-नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ८ सय ६७ संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा ५ हजार ५ सय ९८ नमुनाको पीसीआर परीक्षण गर्दा ६ सय ५९ जना र २ हजार ६ सय २१ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय ८ जना गरी ८ सय ६७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको […]
मनिष डाँगीको सानदार गोल संगै नेपाल संग माल्दिभ्स पराजीत
काठमाडौं,ओसोज,१५-नेपालले माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा विजयी सुरुआत गरेको छ ।मालेमा शुक्रबार राति भएको खेलमा साविक विजेता तथा आयोजक माल्दिभ्सलाई १-० गोल अन्तरले पराजित गर्दै सुखद सुरुआत गरेको हो । मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा नेपाललाई जित दिलाउन मनिष डाँगीले निर्णायक गोल गरे ।परिवर्तित खेलाडीको रुपमा मैदान प्रवेश गरेका मनिषले खेलको ८५ औं […]
आजबाट १८ वर्षमाथिका सबैलाई कोभिड–१९ विरुद्धको खोप दिइने
काठमाडौं,असोज,११-काठमाडौं जिल्लामा आजबाट १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप दिइने भएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार तीन दिनसम्म चल्ने खोप कार्यक्रममा १८ वर्षमाथिका सबै नागरिकलाई भेरोसेल खोपको पहिलो डोज दिइनेछ । खोप प्रदान गर्न काठमाडौंका ११ वटै पालिका र सात अस्पतालमा केन्द्र तोकिएको छ । खोप लिनेले अनिवार्य अनलाइन फारम […]
वडादशैंका लागि अग्रिम टिकट बुकिङ आजबाट खुल्यो
काठमाडौं,असोज,११-नेपालीहरुको महान चाड वडादसैंको लागि अग्रिम टिकट बुकिङ आजबाट खुलेको छ । दसैंमा काठमाडौं उपत्यका छोडेर आ आफ्नो थातथलो फर्कनेहरुको लागि टिकट बुकिङ खुलाइएको हो । यातायात व्यवस्था विभागले अग्रिम टिकट अनलाइन वा मोबाइल बैकिङबाट काट्न आग्रह गरेको छ । विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार मोबाइलबाट कनेक्ट आईपीएस, खल्ती, ईसेवा जस्ता डिजिटल विधिबाट टिकट खरिद […]
डेढ वर्षपछि पर्यटकका लागि नेपाल खुला
काठमाडौं,असोज,८-सरकारले डेढ वर्षपछि पर्यटकका लागि नेपाल भ्रमण खुला गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेपछि २०७६ फागुनदेखि सरकारले अनअराइभल भिसा दिन रोक लगाएको थियो । यो निर्णयलाई संशोधन गर्दै सरकारले अनअराइभल भिसा खुला गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरूको यात्रा व्यवस्थापनसम्बन्धी […]




