काठमाडौं,असोज,२८-वर्षमा एक दिन मात्र खुल्ने हनुमानढोकास्थित तलेजु भवानीको मन्दिर आज खुला गरिएको छ । कोरोनाका कारण गत वर्ष बन्द गरिएको यो मन्दिर यस वर्ष खुला गरिएको हो । मन्दिरमा भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ । तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ। तलेजु भवानीलाई विजयादशमीका दिन बिहान मात्र मूल मन्दिरमा फर्काइने जनाइएको […]
समाज
आज महानवमी पर्व,सिद्धिदात्रीको पूजा आराधना गरी मनाईदै
काठमाडौं,असोज,२८-आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र […]
विजयादशमीमा टीका लगाउन १०: ०२ बजेको साइत शुभ
काठमाडौं,असोज,२७-यस वर्षको विजयादशीमामा टीका लगाउने साइत १० बजेर २ मिनेटमा रहेको छ । नेपाल पञ्चांग निर्णायक समितिका अनुसार यो वर्ष बडादशैंको टीकाको उत्तम साइत असोज २९ गते शुक्रवार बिहान १० बजेर २ मिनेटमा रहेको छ ।समितिका अनुसार पूर्वफर्किएर मान्यजनको हातबाट टीका लगाउनु पर्दछ । समितिले टीका लगाएर मान्यजनका हातको टीका लगाउन अन्यत्र जानेहरुका लागि टीको […]
आज महाअष्टमी पर्व, दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदै
काठमाडौं,असोज,२७-आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व बुधवार नेपालीले बडादशैंका रूपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादशैंको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ । आजको दिन शास्त्रसम्मतरूपमा दशैंघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु […]
मुगु बस दुर्घटना अपडेट : चालकसहित ३२ को मृत्यु
काठमाण्डौं,असोज,२६-मुगुमा आज भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३२ पुगेको छ। प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार २४ जनाको घटनास्थलमा, चार जनाको उद्धारका क्रममा ताल्चा विमानस्थल र बाँकी चार जनाको नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो। मृत्यु हुनेमा २२ पुरुष र १० महिला छन्। नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे१ख ३१६७ नम्बरको उक्त बस […]
बाँकेमा बसको ठक्करबाट दुई जनाको मृत्यु
बाँके,असोज,२६-बाँकेमा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।बाँकेको राप्तीसोनारी–८ परुवाखोला नजिक बसको ठक्करबाट दुई जनाको मृत्यु भएको हो । काठमाडौंबाट बैतडी जाँदै गरेको ना ६ ख ७४८४ नम्बरको बसले सोमबार साँझ ठक्कर दिंदा राप्तीसोनारी–८ बालापुर की २६ वर्षीया चन्द्रा बुढाथोकी खड्का र ३४ वर्षीया गीता थारुको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी […]
मुगुमा बस दुर्घटना,२३ जनाको मृत्यु, १८ बढी घाइते
काठमाडौं,असोज,२६-मुगुमा बस दुर्घटना हुँदा २३ जनाको घटनास्थलमै मृत्यु भएको छ। नेपालगन्जबाट मुगु गइरहेको बस जिल्ला प्रवेश गरेलगत्तै छायाँनाथ रारा नगरपालिका ७ मा भीरबाट खसेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक (डीएसपी) चित्रबहादुर भट्टले नेपालखबरलाई जानकारी दिनुभयो। उहाँका अनुसार घटनामा १८ बढी घाइते भएका छन्। सामान्य घाइते हुने पनि धेरै रहेको उहाँले जानकारी दिनुभयो। प्रनाउ […]
बडादशैंको सातौ दिन आज फुलपाति
काठमाडौं,असोज,२६-बडादसैंको सातौं दिन आज फुलपाती भित्र्याइदैछ ।प्रत्येक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, […]
रुपन्देहीको मोतिपुरमा आज पनि कफ्र्यू, मृत्यु भएका ३ जनाको अझै पहिचान खुलेन
भैरहवा,असोज,२५-रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा आइतबार प्रहरीसंग भएको झडपमा ४ जनाको मृत्यु भएपछि त्यस क्षेत्रमा लगाईको कफ्र्यु आज पनि जारी रहेको छ । थप झडप हुने भयले स्थानीय प्रशासनले कफ्र्यु जारी राखेको हो । हिजोको झडपमा घाइते भई भैरहवा मेडिकल कलेजमा उपचार गराइरहेकाहरू मध्ये ४ जनाको मृत्यु भएको थियो । उपचारका लागि लगिएका ८ जना मध्य […]
वडा दशैंको पाँचौ दिन आज स्कन्दमाता देवीको पूजा आराधना गरिंदै
काठमाडौं,असोज,२५-नेपालीहरुको महान चाड वडा दशैंको पाँचौ दिन आज स्कन्दमाता देवीको पूजा आराधना गरिदैछ । नवरात्रीको ९ दिनसम्म शक्तिस्वरुपा दुर्गा भवानीका विभिन्न ९ रुपलाई आराधना गर्ने परम्परा अनुसार आज पाँचौ दिन स्कन्दमाताको अर्चना गर्न लागिएको हो । सुख, शान्ति तथा मोक्षकी देवी स्कन्दमाताको पूजा आराधना विशुद्ध चक्रमा ध्यान गरेर गर्ने गरिन्छ । यो दिन मातालाई केरा […]





