मुगु बस दुर्घटना अपडेट : चालकसहित ३२ को मृत्यु

काठमाण्डौं,असोज,२६-मुगुमा आज भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३२ पुगेको छ। प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार २४ जनाको घटनास्थलमा, चार जनाको उद्धारका क्रममा ताल्चा विमानस्थल र बाँकी चार जनाको नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो। मृत्यु हुनेमा २२ पुरुष र १० महिला छन्। नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे१ख ३१६७ नम्बरको उक्त बस […]

बाँकेमा बसको ठक्करबाट दुई जनाको मृत्यु

बाँके,असोज,२६-बाँकेमा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।बाँकेको राप्तीसोनारी–८ परुवाखोला नजिक बसको ठक्करबाट दुई जनाको मृत्यु भएको हो । काठमाडौंबाट बैतडी जाँदै गरेको ना ६ ख ७४८४ नम्बरको बसले सोमबार साँझ ठक्कर दिंदा राप्तीसोनारी–८ बालापुर की २६ वर्षीया चन्द्रा बुढाथोकी खड्का र ३४ वर्षीया गीता थारुको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी […]

मुगुमा बस दुर्घटना,२३ जनाको मृत्यु, १८ बढी घाइते

काठमाडौं,असोज,२६-मुगुमा बस दुर्घटना हुँदा २३ जनाको घटनास्थलमै मृत्यु भएको छ।  नेपालगन्जबाट मुगु गइरहेको बस जिल्ला प्रवेश गरेलगत्तै छायाँनाथ रारा नगरपालिका ७ मा भीरबाट खसेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक (डीएसपी) चित्रबहादुर भट्टले नेपालखबरलाई जानकारी दिनुभयो। उहाँका अनुसार घटनामा १८ बढी घाइते भएका छन्। सामान्य घाइते हुने पनि धेरै रहेको उहाँले जानकारी दिनुभयो। प्रनाउ […]

बडादशैंको सातौ दिन आज फुलपाति

काठमाडौं,असोज,२६-बडादसैंको सातौं दिन आज फुलपाती भित्र्याइदैछ ।प्रत्येक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, […]

रुपन्देहीको मोतिपुरमा आज पनि कफ्र्यू, मृत्यु भएका ३ जनाको अझै पहिचान खुलेन

भैरहवा,असोज,२५-रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा आइतबार प्रहरीसंग भएको झडपमा ४ जनाको मृत्यु भएपछि त्यस क्षेत्रमा लगाईको कफ्र्यु आज पनि जारी रहेको छ । थप झडप हुने भयले स्थानीय प्रशासनले कफ्र्यु जारी राखेको हो । हिजोको झडपमा घाइते भई भैरहवा मेडिकल कलेजमा उपचार गराइरहेकाहरू मध्ये ४ जनाको मृत्यु भएको थियो । उपचारका लागि लगिएका ८ जना मध्य […]

वडा दशैंको पाँचौ दिन आज स्कन्दमाता देवीको पूजा आराधना गरिंदै

काठमाडौं,असोज,२५-नेपालीहरुको महान चाड वडा दशैंको पाँचौ दिन आज स्कन्दमाता देवीको पूजा आराधना गरिदैछ । नवरात्रीको ९ दिनसम्म शक्तिस्वरुपा दुर्गा भवानीका विभिन्न ९ रुपलाई आराधना गर्ने परम्परा अनुसार आज पाँचौ दिन स्कन्दमाताको अर्चना गर्न लागिएको हो । सुख, शान्ति तथा मोक्षकी देवी स्कन्दमाताको पूजा आराधना विशुद्ध चक्रमा ध्यान गरेर गर्ने गरिन्छ । यो दिन मातालाई केरा […]

रोल्पाका द्वन्द्वपीडितलाई परिचयपत्र

रोल्पा,असोज,२४-सत्य निरूपण तथा मेलमिलाप आयोगले रोल्पाका द्वन्द्वपीडितहरूलाई परिचयपत्र वितरण शुरू गरेको छ । रोल्पाको लिबाङमा एक कार्यक्रमको आयोजना गरी पीडितहरूलाई परिचयपत्र वितरण गरिएको हो । आयोगकी सदस्य विष्णु पोख्रेलको उपस्थितिमा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढाले परिचयपत्र वितरण गर्नु भएको थियो । हालसम्म निरूपण भएका १४ ओटा उजुरीमध्ये ७ जनालाई परिचयपत्र वितरण गरिएको छ […]

थपिए ७६० जना कोरोना संक्रमित, संक्रमणबाट ११ जनाको मृत्यु

काठमाडौं,असोज,२३-नेपालमा विगत २४ घण्टामा ७६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार दिएको जानकारी अनुसार ६ हजार १६८ ओटा पीसीआर परीक्षण गर्दा ६३६ जना र ५ हजार ८६३ ओटा एन्टिजेन परीक्षण  गर्दा १२४ जना गरी कुल ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार सो अवधिमा कोरोना […]

आज नवरात्रीको दोस्रो दिन, शक्तिपिठहरुमा माता ब्रम्हचारिणीको पूजा अर्चना गरिंदै

काठमाडौं,असोज,२२-नेपालीहरुको महान् चाड बडादसैँको दोस्रो दिन आज पनि दुर्गा भवानीको पूजा आराधना गरिंदैछ । कोत तथा दशैंघरमा हिजो विधिपूर्वक घटस्थापना गरेपछि यस वर्षको वडादशैं सुरु भएको हो । नवरात्रको अवधिमा वैदिक विधिपूर्वक घटस्थापना गरी नौ रात दश दिनसम्म शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा गर्ने गरिन्छ । नवरात्र पर्वको दोस्रो दिन आज माता ब्रह्मचारिणीको […]

नेपालीहरुको महान चाड बडा दशैं आजबाट सुरु, घर घरमा जमरा राखिदैं

काठमाडौं,असोज,२१-नेपालीहरुको महान चाड बडादशैं आजदेखि सुरु भएको छ । दशैंको पहिलो दिन आज घर घरमा घटस्थापना गरी मनाइदै छ । पौराणिक मान्यता अनुसार दुर्गा भवानीको कृपा तथा आशिर्वाद प्राप्त गर्न आजदेखि घर घरमा ९ दिनसम्म दुर्गा भवानीको आराधना गर्ने परम्परा रहेको छ । नवरात्रको पहिलो दिन आज घटस्थापना गरी शैलपुत्री देवीको पूजा आराधना गरिन्छ । […]