थप १४७८ संक्रमित, १६३० संक्रमणमुक्त, ६ जनाको मृत्यु

काठमाडौं,असोज,६-पछिल्लो २४ घण्टामा देशभर १४ सय ७८ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १३ हजार ९३० जनाको नमुनाको परीक्षण गर्दा १४ सय ७८ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, गत २४ घण्टामा कोरोनाबाट ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५९ पुगेको छ । […]

मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माण शुरू गरिने

सिन्धुपाल्चोक,असोज,५-गएको असार १ गते आएको विनाशकारी बाढी तथा पहिरोबाट क्षतिग्रस्त राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना पुनर्निर्माण थाल्न १ अर्ब रुपैयाँ उपलब्ध गराएसँगै पुनर्निर्माण शुरू गर्ने तयारी गरिएको छ । बाढी र पहिरोले मुहान क्षेत्र तहसनहस बनाएको भए पनि सरकारले आवश्यक रकम जुटाउने प्रतिबद्धता जनाएकाले सम्बद्ध निकायसँग छलफल गरेर आयोजनाको काम अगाडि बढाउन शुरू गरिएको मेलम्ची […]

चीनबाट आएको खोप लगाउन थालियो

काठमाण्डौं,असोज,५-चीनबाट खरिद गरिएको कोभिड–१९ विरुद्धको ४४ लाख डोज खोप नेपाल आइपुगेको छ। चीनबाट खरिद गरेको ६० लाखमध्ये १६ लाख मात्रा खोप यसअघि नै आइसकेको थियो।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलका अनुसार योसँगै नेपालमा अहिलेसम्म एक करोड ७७ लाख मात्रा खोप आइसकेको छ। चीनबाट आएको खोप सोमबारबाट लगाउन सुरु गरिएको छ। पहिलो मात्रा […]

भरतमणि पौडेल बने कमेडी च्याम्पियन सिजन-२ को विजेता

काठमाण्डौं,असोज,३-कमेडी च्याम्पियन सिजन-२ को विजेता भरतमणि पौडेल बन्न सफल भएका छन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट पाएको आधारमा उनलाई विजेता घोषित गरिएको हो । भरतमणिले डाट्सनको कार र नगद २५ लाख रुपैयाँ प्राप्त गरे ।  यस्तै सेकेन्ड रनरअप सन्तोष थापा भए । उनले स्कुटर प्राप्त गरे । यसैगरी फस्ट रनरअप बिक्की […]

आज विश्वकर्मा पूजा, भगवान विश्वकर्माको विधिपूर्वक पूजा आराधाना गरी मनाउँदै

काठमाडौं,असोज,१-आज विश्वकर्माको पूजा !!कन्या अर्थात् आश्विन संक्रान्तिका दिन आज कालिगढहरुले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम […]

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार नाघ्यो

काठमाडौं,भदौ,३१-नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार ११ जनाको मृत्यु भएको जनाएसँगै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २ पुगेको छ ।बिहीबार १५ सय ११ संक्रमित थपिएका छन् । जसमा ११ हजार २ सय ८ पीसीआर परीक्षणबाट १० दशमलव ४० प्रतिशत अर्थात् ११ सय ६५ […]

संखुवासभामा ६ जना हत्याका आरोपी सार्वजनिक

काठमाडौं,भदौ,२७-संखुवासभा सामूहिक हत्याकाण्डका आरोपी लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ । २६ वर्षीय कार्कीलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको थियो । लोकबहादुरले संखुवासभाको मादी गाउँपालिका–१ खोलागाउँका तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको विभत्स हत्या गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार लोकबहादुरले हत्या गरेको स्वीकार गरेका छन् । उनले चिर्पटले हानेर ६ जनाकै हतया गरेको स्वीकार […]

अब यूट्यूब पनि करको दायरामा, १ % को दरले अग्रिम कर तिर्नुपर्ने

काठमाडौं,भदौ,२६-पछिल्लो समयमा यूट्यूबको अकान्ट खोल्ने र भिडियो राख्ने र त्यसैलाई पेशा व्यवसाय बनाउनेको संख्यामा बढोत्तरी भएको छ । तर, त्यसैको आडमा विकृति पनि उत्रिके मौलाएको छ । राम्रै आम्दानी हुने भए पनि उक्त क्षेत्र करको दायरामा आउन सकेको थिएन । अर्थमन्त्री जनार्दन शर्माले शुक्रवार प्रतिनिधि सभामा पेश गरेको चालू आर्थिक वर्षको बजेटमा यूट्यूबलाई समेत करको […]

संखुवासभा घटना: तेजबहादुरको ज्यान लिएको देखेपछि अरुको पनि हत्या

काठमाण्डौं,भदौ,२६-संखुवासभाको मादी नगरपालिका-१ उमलिङ खोलाका तेजबहादुर कार्कीको परिवारको हत्या उनकै भतिजाले गरेको निष्कर्षमा प्रहरी पुगेको छ।  तेजबहादुरको भन्दा करिब डेढ सय मिटर टाढा घर रहेका २६ वर्षीय लोकबहादुर कार्कीले परिवारका ६ जनाकै हत्या गरेको निष्कर्षमा प्रहरी पुगेको हो।  ५ दिन लामो अनुसन्धानपछि प्रहरीले लोकबहादुरलाई पक्राउ गरेको छ। हत्या गरेपछि पनि लोकबहादुर घरमै थिए। उनले एक्लै […]

आज हरितालिका तीज : निराहार व्रत बसी भगवान शिवको आराधना गरिँदै

काठमाडौं,भदौ,२४-आज नेपाली महिलाहरुको महान पर्व तीज । देशभर यो पर्व धुमधामसँग मनाईदै छ । सरकारले तीजको मुखैमा निषेधाज्ञा हटाएकाले यस वर्ष महिला दिदिबैनीहरुले खुलेर तीज मनाईरहेका छन् । हिजो दर खाएर बसेका महिलाहरु आज दिनभर निराहार व्रत बसेर भगवान महादेवको पूजा आराधना गर्ने गर्दछन् । देशभरका शिवालयहरुमा पूजाआजा गर्ने महिलाहरुको विहानैदेखि भीड लागेको छ । […]