रोल्पाका द्वन्द्वपीडितलाई परिचयपत्र

रोल्पा,असोज,२४-सत्य निरूपण तथा मेलमिलाप आयोगले रोल्पाका द्वन्द्वपीडितहरूलाई परिचयपत्र वितरण शुरू गरेको छ । रोल्पाको लिबाङमा एक कार्यक्रमको आयोजना गरी पीडितहरूलाई परिचयपत्र वितरण गरिएको हो । आयोगकी सदस्य विष्णु पोख्रेलको उपस्थितिमा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढाले परिचयपत्र वितरण गर्नु भएको थियो । हालसम्म निरूपण भएका १४ ओटा उजुरीमध्ये ७ जनालाई परिचयपत्र वितरण गरिएको छ […]

थपिए ७६० जना कोरोना संक्रमित, संक्रमणबाट ११ जनाको मृत्यु

काठमाडौं,असोज,२३-नेपालमा विगत २४ घण्टामा ७६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार दिएको जानकारी अनुसार ६ हजार १६८ ओटा पीसीआर परीक्षण गर्दा ६३६ जना र ५ हजार ८६३ ओटा एन्टिजेन परीक्षण  गर्दा १२४ जना गरी कुल ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार सो अवधिमा कोरोना […]

आज नवरात्रीको दोस्रो दिन, शक्तिपिठहरुमा माता ब्रम्हचारिणीको पूजा अर्चना गरिंदै

काठमाडौं,असोज,२२-नेपालीहरुको महान् चाड बडादसैँको दोस्रो दिन आज पनि दुर्गा भवानीको पूजा आराधना गरिंदैछ । कोत तथा दशैंघरमा हिजो विधिपूर्वक घटस्थापना गरेपछि यस वर्षको वडादशैं सुरु भएको हो । नवरात्रको अवधिमा वैदिक विधिपूर्वक घटस्थापना गरी नौ रात दश दिनसम्म शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा गर्ने गरिन्छ । नवरात्र पर्वको दोस्रो दिन आज माता ब्रह्मचारिणीको […]

नेपालीहरुको महान चाड बडा दशैं आजबाट सुरु, घर घरमा जमरा राखिदैं

काठमाडौं,असोज,२१-नेपालीहरुको महान चाड बडादशैं आजदेखि सुरु भएको छ । दशैंको पहिलो दिन आज घर घरमा घटस्थापना गरी मनाइदै छ । पौराणिक मान्यता अनुसार दुर्गा भवानीको कृपा तथा आशिर्वाद प्राप्त गर्न आजदेखि घर घरमा ९ दिनसम्म दुर्गा भवानीको आराधना गर्ने परम्परा रहेको छ । नवरात्रको पहिलो दिन आज घटस्थापना गरी शैलपुत्री देवीको पूजा आराधना गरिन्छ । […]

एमसीसी तत्काल पारित गर्न निजी क्षेत्रका तीनवटै संगठनको आग्रह

काठमाडौं,असोज,२०-मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना तत्काल पारित गरी कार्यान्वयन गर्न निजी क्षेत्रले आग्रह गरेको छ । निजी क्षेत्रका तीनवटै छातासंगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति जारी गर्दै सम्झौता तत्काल पारित गर्न आग्रह गरेको हो । नेपाल र अमेरिकी सहयोग परियोजना (एमसिसी) बीच सन् २०१७ सेप्टेम्बर १४ […]

भारतले अर्को साता १० लाख डोज कोभिसिल्ड खोप पठाउने

काठमाण्डौं,असोज,२०-दक्षिणी छिमेकी भारतले नेपाल खरिदका लागि अर्डर गरिसकेको १० लाख डोज कोभिसिल्ड खोप अर्को साता पठाउने भएको छ। बुधबार परराष्ट्र मन्त्री डा. नारायण खड्कालाई सिंहदरबारमा भेटेर नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले यसबारेमा जानकारी दिनुभएको हो । बुधबार अपरान्ह सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर राजदूत क्वात्राले मन्त्री खड्कासँग भेट गरेर द्विपक्षीय सम्बन्ध सबै महत्वपूर्ण आयामबारे छलफल […]

थपिए १०४३ जना कोरोना संक्रमित, संक्रमणबाट १२ जनाको मृत्यु

काठमाडौं,असोज,२०-नेपालमा विगत २४ घण्टामा १ हजार ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार दिएको जानाकारी अनुसार सो अवधिमा ११ हजार १६५ पीसीआर ओटा परीक्षण गर्दा ८४९ जना र ४ हजार ३०० ओटा एन्टिजेन परीक्षण गर्दा १९४ जना गरी कुल १ हजार ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको […]

सुन तस्करी प्रकरण : मुख्य अभियुक्त गोरेसहित ६ जनालाई जन्म कैदको सजाय

काठमाण्डौं,असोज,१९-३८ क्विन्टल सुन तस्करी प्रकरणमा मुछिएर थुनामा रहेका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’सहित ६ जनालाई जिल्ला अदालत मोरङले जन्मकैदको फैसला सुनाएको छ।  मोरङ अदालतका न्यायाधीश भरत लम्सालसहितको इजलासले सुन तस्करीमा प्रयोग गरिएका भरिया सनम शाक्यको हत्या प्रकरणमा ज्यान मुद्दा अन्तर्गत ८ जनालाई दोषी ठहर गरेको हो।  जसमध्ये गोरेसहित ६ जनालाई जन्मकैद र एक जनालाई ३ […]

थपिए ६७९ संक्रमित, ७ जनाको मृत्यु

काठमाडौं,असोज,१७-कोरोना भाइरसका ६ सय ७९ संक्रमित थपिएका छन् । आज (आइतबार) १० हजार ९ सय २० जनाको परीक्षण गर्दा ६ दशमलव २२ प्रतिशतमा संक्रमण देखिएको हो । तर ७ हजार ७० जनाको पीसीआर परीक्षण गर्दा भने ८.१२ अर्थात् ५ सय ७४ जना संक्रमित पाइएका हुन् । थपिएकामा काठमाडौंका दुई सय २२, मोरङ्गका ६२, कास्कीका ४६, […]

थप ८६७ जना कोरोना संक्रमित थपिए, १ सय १२ जना भेन्टिलेटरमा

काठमाडौं,असोज,१६-नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ८ सय ६७ संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा ५ हजार ५ सय ९८ नमुनाको पीसीआर परीक्षण गर्दा ६ सय ५९ जना र २ हजार ६ सय २१ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय ८ जना गरी ८ सय ६७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको […]