ए डिभिजन लिग: मनाङ मर्स्याङ्दी र एपीएफ एफसी विजयी

काठमाडौं,चैत्र,२-शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत सिजनको पहिलो विभागीय डर्बीमा बुधबार एपीएफ एफसीले त्रिभुवन आर्मी एफसीलाई १-० ले पराजित गरेको छ । मणिकुमार लामाले गरेको एक मात्र गोलमा आर्मीमाथि जित निकाल्दै एपीएफले ३ अंक जोडेको हो।च्यासल मैदानमा भएको खेलमा एपीएफका लागि मणिले ३७औं मिनेटमा गोल गरेका थिए। लिगमा एपीएफको यो दोस्रो जित हो । एपीएफले […]

“ए” डिभिजन लिगमा आज बुधवार दुई खेल हुने

काठमाडौं,चैत्र,१-शहीद स्मारक “ए”डिभिजन लिगमा आज बुधवार दुई खेल हुदै छन् । पहिलो खेल च्यासल मैदानमा विभागीयद्वय त्रिभुवन आर्मी फुटबल क्लब र एपिएफ क्लबविच प्रतिस्पर्धा हुनेछ।  यस्तै:दोस्रो खेल दशरथ रंगशालामा न्युरोड टिम (एनआरटी) र मनाङ मस्र्याङ्दी फुटबल क्लबबीच खेल हुनेछ ।

मछिन्द्र र फ्रेन्ड्स क्लब विजयी,संकटा र चर्च ब्वाइजको खेल बराबरी

काठमाडौं,फाल्गुन,३०-शहीद स्मारक ए डिभिजन लिगको जारी सिजनमा साविक विजेता मछिन्द्र एफसीले पहिलो जित निकालेको छ । मंगलवार भएको खेलमा मछिन्द्रका विदेशी खेलाडी ओलावाले आफिजले दुई गोल गरेपछि मछिन्द्रले मंगलबार दशरथ रंगशालामा भएको खेलमा नेपाल पुलिस क्लबमाथि २-१ को पुनरागमन जित निकालेको हो।ओलावालेले २० औं र ४० औं मिनेटमा गोल गरे । त्यसअघि अन्जन राईले नवौं मिनेटमा गोल […]

‘प्रतिभावान खेलाडीलाई समेट्दै टोली निर्माण गर्छु’: मुख्य प्रशिक्षक भिन्सेन्जो

काठमाडौं,फाल्गुन,३०-नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले नेपालमा भएको खेलाडीलाई समेट्दै राष्ट्रिय टोलीको निर्माण गर्ने बताउनुभएको छ । मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्य प्रशिक्षक सार्वजनिक गर्न आयोजना गरेको कार्यक्रममा इटालियन प्रशिक्षका भिन्सेन्जो अल्बर्टो एनिसले चलिरहेको शहीद स्मारक ए डिभिजन लिग र विगतका खेलबाट उनीहरुले गरेको प्रदर्शनको आधारमा टिम निमार्ण […]

“ए” डिभिजनमा आज मंगलबार तीन खेल हुदैं

काठमाडौं,फाल्गुन,३०-शहीद स्मारक लिग ए डिभिजनमा मंगलबार तीन खेल हुदैं छन् । एन्फा कप्लेक्समा हुने खेलमा संकटा क्लब र चर्च व्वाईज विच हुनेछ,भने जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लबबीच दशरथ रंगशालामा पहिलो खेल हुनेछ। यस्तै दरशथ रंगशालामै मच्छिन्द्र र नेपाल पुलिस क्लवबीच खेल हुने छ ।

“ए”डिभिजन लिग : थ्री स्टार र खुमलटार विजयी

काठमाडौं,फाल्गुन,२९-शहीद स्मारक ए डिभिजन लिगमा सोमवार भएको खेलमा सातदोबाटो युथ क्लबको लगातार तीन खेलको अपराजित यात्रामा थ्री स्टार क्लबले ब्रेक लगाएको छ । आदित्य शाक्यले खेलको अन्त्यतिर गरेको एक मात्र गोल मद्दतमा दशरथ रंगशालमा भएको खेलमा थ्री स्टारले सातदोबाटोलाई १-० ले हरायो ।आदित्यले ८९ औं मिनेटमा अन्जल महर्जनको कर्नरलाई सदुपयोग गर्दै गोल गरेका थिए । […]

प्रधानमन्त्री कप चैत ८ गतेदेखि हुने

काठमाडौं,फाल्गुन,२९-प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता यही चैत ८ गतेदेखि १७ गतेसम्म हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले सोमबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्री कप फुटबल प्रतियोगितामा नेपालसहित, भुटान र लाओस सम्मिलित हुने जनाएको छ । दशरथ रंगशालामा सिंगल राउण्ड रोबिन आधारमा खेलेर उत्कृट २ टोलीबीच १७ गते फाइनल खेल हुने एन्फाले जनाएको छ […]

थ्री नेसन्स कप चैत ८ गतेदेखि हुने

काठमाडौं,फाल्गुन,२९-नेपाल, भुटान र लाओस सम्मिलित प्रधानमन्त्री कप थ्री नेसन्स कप फुटबल प्रतियोगिता चैत ८ गतेबाट काठमाडौंमा हुने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार पत्रकार सम्मेलन गर्दै थ्री नेसन्स कप चैत ८ देखि १७ गतेसम हुने जानकारी दिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगितामा नेपालसहित भुटान र लाओसको सहभागिता रहने भएका हुन् […]

पपुवा न्युगिनीमाथी नेपालको सानदार जित

काठमाडौं,फाल्गुन,२९-घरेलु टिम नेपालले सोमबार आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत अन्तिम त्रिदेशीय सिरिजमा पपुवा न्युगिनीविरुद्ध सानदार जित निकालेको छ । ९६ रनको झिनो चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै जित निकालेको हो।७.४ ओभरमा एक विकेटको क्षतिमा नेपालले लक्ष्य पूरा गर्दै ९ विकेटको जित निकालेको हो।नेपालका लागि आशिफ शेखले अर्धशतक बनाएका हुन् । उनले २१ […]

सन्दीपको ५ विकेटमा नेपाललाई पिएनजीले दियो ९६ रनको लक्ष्य

काठमाडौं,फाल्गुन,२९-आईसीसी विश्वकप लिग टू को अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत पपुवा न्यु गिनी (पीएनजी)ले नेपाललाई जितको लागि ९६ रनको लक्ष्य दिएको छ ।  टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले नेपालको बलिङ सामु खुलेर ब्याटिङ गर्ने सकेन।पीएनजीले ३२ ओभरमा अलआउट हुदै मात्रै ९५ रन बनाउन सक्यो ।       पीएनजीका लागि कप्तान असद […]