दशैंघर तथा शक्तिपीठमा फूलपाती भित्र्याइँदै

काठमाडौं,असोज,१६-आज बडादशैंको सातौं दिन । हिन्दू धर्मावलम्बीहरु परम्पराअनुसार आज आइतबार घरघरमा फूलपाती भित्रयाउँदै छन् । केरा, दारिम, धान, हरिद्रा, मानक, कचु, बेल, अशोक र जयन्ती गरी नौ प्रकारका वनस्पतिलाई नवपत्रिका भनिन्छ। तर सबै वनस्पति नपाइएको अवस्थामा उखु, अदुवा तथा अन्य फूलका पत्र पनि फूलपातीमा प्रयोग गरेको पाइन्छ । यी नौवटा वनस्पति भित्र्याई नवदुर्गालाई स्नान गराई […]

अन्जनको ह्याट्रिकमा बंगलादेशमाथि नेपालको जित

काठमाडौं,असोज,११-नेपालले मैत्रीपूर्ण खेलमा दक्षिण एसियाली प्रतिद्वन्दी बंगलादेशलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले मंगलबार बंगलादेशलाई ३-१ गोल अन्तरले हराएको हो । नेपालको जितमा अन्जन विष्ट नायक बने।उनको ह्याट्रिकमा नेपालले सहज जित निकालेको हो।अन्जन मोस्ट भ्यालुएबल प्लेयर घोषित भए ।बंगलादेशका सजाद होसेनले एक गोल फर्काए ।   सुरुआतमा बंगलादेश आक्रामक देखिएको थियो।सातौं मिनेटमा गोलकिपर किरण […]

साफ विजेता बंगलादेशी गोलकिपरको घर सरकारले बनाईदिने

ढाका,असोज,६-बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले साफ विजेता बंगलादेशी गोलकिपर रुपना चक्माको उनको गृहनगर रंगामाटीमा नयाँ घर बनाउन निर्देशन दिएकी छन् । साफ महिला च्याम्पियनसिप खेलमा उत्कृष्ट गोलकिपरको उपाधि जितेकी रुपना रंगमाटी नानियारचरकी हुन् । बंगलादेश महिला टोलीको सफलतापछि रंगामाटीका डेपुटी कमिसनर मोहम्मद मिजानुर रहमानले रुपना र रितु पोर्नाको घरमा मिठाई, फलफूल र फूल उपहार लिएर गएका […]

पहिलो हाफमा भारतविरुद्ध नेपाललाई १-० गोलको अग्रता

काठमाडौं,भदौ,३१-नेरालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको दोस्रो सेमिफाइनलमा अहिले नेपाल र भारतबीच प्रतिस्पर्धा भईरहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपालले भारतविरुद्ध १-० गोलको अग्रता बनाएको छ।   निकै प्रतिस्पर्धा भैईरहेको खेलमा नेपालका लागि रश्मी कुमारी घिसिङले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन् ।उनले प्रिती राईको […]

साफ यू-१७ उपाधिका लागि आज नेपाल र भारत भिड्ने

काठमाडौं,भाद्र,२९-श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिप फुटबलको फाइनल खेल आज बुधबार हुँदैछ । कोलम्बोको रेस कोर्स ग्राउण्डमा हुने फाइनलमा नेपाल र भारत भिड्दै छन् । फाइनल खेल राति ८:१५ बजे सुरु हुनेछ। भारतविरुद्ध मैदान उत्रदा नेपाल च्याम्पियन बन्ने लक्ष्यमा हुनेछ । नेपाल अपराजित रहदै उपाधि उचाल्न चाहन्छ । तर, नेपाली टोलीलाई उपाधि उचाल्न सहज हुने छैन […]

साफ यू-१७: नेपाल श्रीलंकालाई ६-० ले हराउँदै फाइनलमा प्रवेश

काठमाडौं,भदौ,२८-नेपालले श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिप फुटबलको फाइनलमा स्थान बनाएको छ । कोलम्बोमा सोमबार राति भएको दोस्रो सेमिफाइनलमा आयोजक श्रीलंकालाई ६-० गोल अन्तरले हराउँदै नेपालले फाइनलमा स्थान पक्का गरेको हो ।   नेपाललाई जित दिलाउन कप्तान प्रशान्त लक्सम लिम्बु, हरिस राज भट्ट, सुवास बम, निरोज कार्की, उनेश बुढाथोकी र सिजल राईले एक एक गोल गरे । […]

महिला साफ : श्रीलंकालाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं,भदौ,२७-नेपालले घरेलु मैदानमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ  । सोमबार भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ६-० गोलको फराकिलो जित निकाल्दै नेपालले अन्तिम चारको यात्रा तय गरेको हो ।   त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई जित दिलाउन अमिषा कार्कीले दुई गोल गरिन् । यस्तै कुमारी घिसिङ, सरु लिम्बु, अमृता जैशी र दिपा […]

महिला साफ : नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्ने

काठमाडौं,भदौ,२७-महिला साफ च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपालले आज सोमबार श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले श्रीलंकाको सामना गर्नेछ।नेपाल र श्रीलंकाबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ ।   नेपाल आज लगातार दोस्रो जितको खोजीमा रहेको छ । नेपाल श्रीलंकालाई हराएर सेमिफाइनल पुग्न चाहन्छ । समूह ‘बी’ को नेपालले १ खेलमा ३ अंक जोडेको […]

एएफसी यू-२०छनोट: नेपालले आज कतारसँग खेल्ने

काठमाडौं,भदौ,२७-बहराइनमा जारी एएफसी यू-२० एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज सोमबार कतारसँग प्रतिस्पर्धा गर्दैछ । शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा नेपालले बलियो टोली कतारको सामना गर्नेछ । नेपाल र कतारबीचको खेल राति ११:४५ बजे सुरु हुनेछ ।   कतारविरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा नेपालले भुटानसँग २-० […]

आजको राशिफल ।। भाद्र २७ गते सोमवार ।।

काठमाडौं,भाद्र,२७-आज विक्रम संवत २०७९ साल भाद्र महिनाको २७ गते सोमवार, (सेप्टेम्बर १२ तारिख) अश्विन कृष्ण द्धितीया तिथी !आज तृतीया श्राद्ध पनि रहेको छ । आज भाद्र २७ गते सोमवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन आफूलाई कमजोर भएको अनुभूति हुनेछ । कष्टकर यात्रा गर्नुपर्ला । भ्रमण, तथा खानपान खर्च बढ्नेछ । महत्त्वपूर्ण अवसर […]