एएफसी कप छनोट२०२२:आज मछिन्द्र र श्रीलंकन क्लब ब्लु स्टार भिड्ने

काठमाडौं,चैत्र,२२-एएफसी कप छनोट-२०२२ को प्ले अफ अन्तर्गत नेपालको मछिन्द्र फुटबल क्लबले आज मंगलबार श्रीलंकन क्लब ब्लु स्टारसँग प्रतिस्पर्धा गर्दैछ । ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्रले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ब्लु स्टारसँग खेल्नेछ । मछिन्द्र र ब्लु स्टारबीचको खेल बेलुका ५ बजे सुरु हुनेछ । मछिन्द्रले पहिलो पटक एएफसी कप छनोट खेल्न लागेको हो ।अघिल्लो पटक क्लब […]

त्रिदेशीय अन्तर्राष्ट्रिय टी–ट्वान्टी क्रिकेट श्रृंखलाको उपाधि नेपाललाई

काठमाण्डौं,चैत्र,२१-त्रिदेशीय अन्तर्राष्ट्रिय टी–ट्वान्टी क्रिकेट श्रृंखलाको उपाधि नेपालले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पाहुना टोली पपुवा न्यूगिनी (पिएनजी)लाई ५१ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो । नेपालले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको पिएनजी १६ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय १८ रनमा समेटियो । उसका लागि सेसे […]

आज फिफा विश्वकपको ‘ड्र’हुदै,हालसम्म आयोजक कतारसहित २९ राष्ट्र छनोट

एजेन्सी,चैत्र,१८-एसियाली राष्ट्र कतारमा आयोजना हुने फिफा विश्वकप कतार २०२२ को ‘ड्र’ आज (शुक्रबार) हुँदैछ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अनुसार विश्वकपको ‘ड्र’ आयोजक राष्ट्र कतारको दोहामा स्थानिय समयअनुसार ४ बजेपछि हुनेछ । कतार विश्वकपको लागि हालसम्म आयोजक कतारसहित २९ राष्ट्र छनोट भइसकेका छन्।छनोट हुनेमा कतार, जर्मनी, डेनमार्क, ब्राजिल, फ्रान्स, बेल्जियम, क्रोएसिया, स्पेन, सर्विया, […]

आज घोडेजात्रा पर्व मनाईंदै, टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं,चैत्र,१८-चैत्र कृष्ण औंशीका दिन आज काठमाडौं उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ । काठमाडौं उपत्यकामा प्रचलित मध्येको यो जात्रा प्राचीन जात्रा मानिन्छ । परापूर्वकालदेखि उपत्यकाको मानव वस्तीमा राक्षसले बालबालिका खाइदिने तथा विभिन्न दुःख दिने गरेको र उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको किंवदन्तीका आधारमा घोडजात्रा मनाइएको पाइन्छ । अर्को किंवदन्ती अनुसार प्रत्येक वर्षको चैत्र शुक्ल प्रतिपदाबाट […]

क्यानडा ३६ वर्षपछि विश्वकपमा छनोट

काठमाण्डौं,चैत्र,१४-क्यानडा ३६ वर्षपछि फिफा विश्वकप फुटबल प्रतियोगितामा छनोट हुन सफल भएको छ। आइतबार भएको उत्तर अमेरिका छनोटमा जमैकालाई ४-० गोलले पराजित गर्दै क्यानडाले यही वर्षको अन्त्यमा कतारमा हुने विश्वकपमा स्थान पक्का गरेको हो। क्यानडाले पछिल्लो पटक सन् १९८६ को विश्वकप खेलेको थियो। ३६ वर्षपछि विश्वकपमा स्थान पक्का गर्ने क्रममा क्यानडाका लागि बुचानन, लारिन, होइलेट र […]

थाइ क्लब चोनबुरी एफसीसँग नेपाल ३-१ गोलले पराजीत

काठमाडौं,चैत्र,१३-नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण फुटबलमा थाइल्याण्डको क्लब  चोनबुरी एफसीसँग पराजित भएको छ । चोनबुरी स्टेडियममा आइतबार भएको खेलमा नेपाललाई घरेलु टोलीले ३-१ गोल अन्तरले हराएको हो ।  चोनबुरीका लागि फान्थामित प्रनात, रेनाटो केलिक र नाट्टापोङले एक एक गोल गरे ।नेपालका लागि दर्शन गुरुङले एक गोल फर्काए  । खेलको २४ औं मिनेटमा फान्थामितले गोल गर्दै […]

रोहितको कीर्तिमानी शतक,नेपाल ६ रनले पपुवा न्यूगिनीसंग पराजीत

काठमाडौं,चैत्र,११-दुई एकदिवसीय सिरिज अन्तर्गतको पहिलो खेलमा पपुवा न्यूगिनी (पिएनजी)सँग नेपाल ६ रनले पराजित भएको छ । २ सय ९२ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८६ रनमा समेटियो । नेपालका लागि रोहित पौडेलले कीर्तिमानी शतकीय पारी खेले । उनले १ सय ७ रनमा १ सय २६ रनको योगदा दिए […]

आज नेपालले पपुवा न्युगिनी संग खेल्ने,खेल बिहान ९:३० बजे सुरु हुने

काठमाडौं,चैत्र,११-नेपालले पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा आज शुक्रबार पाहुना टोली पपुवा न्युगिनी (पीएनजी) विरुद्ध प्रतिस्पर्धा गर्दैछ । नेपालले घरेलु मैदान टियु क्रिकेट मैदानमा पीएनजीसँग प्रतिस्पर्धा गर्नेछ  । नेपाल र पीएनजीबीचको खेल बिहान ९:३० बजे सुरु हुनेछ । सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल आज पीएनजीलाई हराउँदै सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ । पीएनजी पनि नेपाललाई हराएर विजयी […]

इटालीले २०२२ को कतार विश्वकप फुटबल गुमाउने

काठमाण्डौं,चैत्र,-११-युरोकप विजेता इटालीले २०२२ को कतार विश्वकप फुटबल गुमाउने भएको छ । विश्वकप छनोट अन्तर्गत बिहीबार राति प्ले अफ खेलमा नर्थ म्यासेडोनियासँग १-० ले पराजित भएपछि इटालीको विश्वकपमा पुग्ने यात्रा सकिएको हो । इटालीमा भएको खेलमा नर्थ म्यासेडोनियालाई जित दिलाउन एलेकसान्डर ट्राज्कोभास्कीले निर्णायक गोल गरे ।ट्राज्कोभास्कीले खेलको इन्जुरी समयमा गोल गरेका थिए । इटाली लगातार […]

आज नेपाल र थाईल्याण्ड भिड्ने,खेल नेपाली समय अनुसार ५:४५ बजे सुरु हुने

काठमाडौं,चैत्र,१०-नेपाल र थाईल्याण्डबिचको खेल आज (बिहिबार) हुदैछ ।नेपाली राष्ट्रिय फुटबल टोलीले थाइल्याण्डको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो। नेपाल र थाइल्याण्डब्चको खेल चोन बुरी रंगशालामै नेपाली समय अनुसार अपरान्ह ५:४५ बजेबाट सुरु हुनेछ।  थाइल्याण्ड नेपालभन्दा निकै बलियो टोली र हाल फिफा वरियताको ११२ औं स्थानमा रहेको छ । नेपालले थाइल्याण्ड संग अहिले सम्म तीन […]