आज नेपाल र बंगलादेश भिड्ने, ७ नयाँ खेलाडीले ’डेब्यु’ गर्दै

काठमाण्डौं,भदौ,२४-महिला राष्ट्रिय फुटबल टोलीले स्वदेशमा पहिलो अन्तर्राष्ट्रिय फुटबल खेलेको पाँच वर्ष भएको छ।सन् २०१६ मा मलेसियाको राष्ट्रिय टोलीविरुद्ध सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा खेलेको थियो।  त्यसपछि दक्षिण एसियाका दुई प्रतियोगिता साफ च्याम्पियनसिप र १३औँ दक्षिण एसियाली खेलकुद (साग) नेपालले आयोजना गर्यो। दुवै प्रतियोगितामा नेपाली टोली फाइनल पुगेको थियो।तर ती दुवै प्रतियोगिता काठमाडौंबाहिर भएका थिए। महिला फुटबलले […]

पपुना न्युगिनीविरुद्ध नेपालको शानदार जीत

काठमाडौं,भदौ,२२-नेपालको राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्यूगिनी पीएनजी विरुद्धको एक दिवसीय क्रिकेटमा रोमाञ्चक जित हासिल गरेको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा भएको पहिलो खेलमा नेपाल २ विकेटले विजयी भएको हो । एक सय ३५ रनको सामान्य लक्ष्य पाएको नेपालले ८२ रन बनाउँदा ७ विकेट गुमाएसँगै संकटमा परेको थियो । तर रोहित पौडेल र सोमपाल […]

नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबल खेल आज हुदै

काठमाडौं,भदौ,२०-नेपालले दोस्रो मैत्रीपूर्ण फुटबल खेल आज (आइतबार) भारतसंग हुदैछ ।त्रिपुरेश्वरस्थितदशरथ रंगशालामा हुने खेल बेलुकी साढे ५ बजे सुरु हुनेछ । साफ च्याम्पियनसिपको तयारीमा रहेका दुवै टिमले काठमाडौंमा दुई मैत्रीपूर्ण फुटबल खेल्ने तय गरेका थिए ।पहिलो मैत्रीपूर्ण फुटबल बिहीबार भएको थियो।जुन खेलमा दुवै टिमले १-१ गोलको बराबरी खेलेका थिए । अन्जन विष्टले गरेको गोलको अग्रता जोगाउन […]

नेपालले भारतमाथि ६ वर्षपछि गर्यो गोल तर खेल बराबरी

काठमाडौं,भदौं,१७-नेपाल र भारतबीचको मैत्रिपूर्ण फुटबल बराबरीमा सकिएको छ । खेलमा दुबै देशका खेलाडीले एक एक गोल गरेका हुन् । पहिलो गोल भारतविरुद्ध नेपालका अञ्जन विष्टले गरेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको ३६ औं मिनेटमा नेपालका विष्टले पहिलो गोल गरेका हुन् । विष्टको गोलबाट नेपालले अग्रता लिए पनि त्यसलाई अन्तिमसम्म टिकाउन भने सकेन र […]

नेपाल र भारत आज भिड्दै,खेल अपरान्ह ५:३० बजे सुरु हुने

काठमाडौं,भदौ,१७-नेपालले आज भारत संग मैत्रीपूर्ण फुटबल खेल्दैछ । यो खेल साँझ साँढे ५ बजे काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ । एन्फाले यो खेलमा रंगशालको झण्डै एक तिहाई क्षमता अर्थात ५ हजार १ सय दर्शकलाई रंगशालामै उपस्थित भएर खेल हेर्न दिने भएको छ । तर, खेल हेर्ने दर्शकले कोभिडको पूर्ण खोप लगाएको वा कोरोना परिक्षणको […]

हजुरबा, हजुरआमाको देश नेपालमा खेल्न पाउँदा खुसी लाग्छ- सुनिल क्षेत्री (अन्तर्वार्ता)

काठमाडौं,भदौ,१४-नेपालसँग तय भएका दुई मैत्रीपूर्ण खेलका लागि भारतीय टोली आज नेपाल आइपुगेको छ । विमानस्थलमा ओर्लिएपछि भारतीय टोलीका कप्तान सुनिल क्षेत्रीले नेपाली भाषामा नै सञ्चार माध्यमलाई प्रतिक्रिया दिए । प्रतिक्रिया दिने क्रममा उनले हजुरबा, हजुरआमा, आमाको देश नेपालमा खेल्न पाउँदा खुसी लाग्ने बताउँदै नेपाली टोलीको खेललाई पनि प्रशंसा गरे । नेपालमा आइपुगेपछि सञ्चारकर्मीसँगको अन्तर्वार्ताको सम्पादित […]

साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल मालदिभ्ससँग भिड्ने

काठमाण्डौं,भदौं,२-साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले आयोजक माल्दिभ्ससँग भिड्ने भएको छ। आज सार्वजनिक भएको खेल तालिका अनुसार नेपालले मालेस्थित रंगशालामा आयोजक टोलीसँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ। दोस्रो खेल ३ अक्टोबरमा श्रीलङ्कासँग खेल्नेछ।८ अक्टोबरमा भारतसँग खेल्ने नेपालले चौथो तथा अन्तिम खेल बंगलादेशसँग खेल्नेछ।  समूहका शीर्ष स्थानमा रहने दुई टोलीले १३ अक्टोबरमा उपाधिका लागि खेल्नेछन्।साफ च्याम्पियनसिपमा नेपाल अहिलेसम्म फाइनलमा […]

मेस्सी पीएसजीमा अनुबन्धित

काठमाडौं,साउन,२७-अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्धित भएका छन् । पीएसजीले अर्जेन्टिनाका कप्तान मेस्सीलाई फ्री ट्रान्सफरमा अनुबन्ध गरिएको जनाएको छ ।३४ वर्षीय मेस्सीले पीएसजीसँग दुई वर्षको सम्झौता गरेका छन् । सम्झौता थप गर्नका लागि विकल्प समेत दिईएको छ ।मेस्सीले पीएसजीमा ३० नम्बरको जर्सी लगाउने छन् । ६ पटकको बालोन डी ओर […]

१३औं साफ असोज १५ देखि २७ सम्म माल्दिभ्समा हुने

काठमाडौं,साउन,२५-१३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता अक्टोबर १ देखि १३ (असोज १५ देखि २७) सम्म माल्दिभ्समा हुने भएको छ । सोमबार बसेको दक्षिण एसियाली फुटबल महासंघ(साफ)को कार्यकारी समितिको बैठकले प्रतियोगिता आयोजनाको जिम्मा माल्दिभ्सलाई दिने निर्णय गरेको अखिल नेपाल फुटबल संघ(एन्फा)का महासचिव इन्द्रमान तुलाधारले जानकारी दिनुभयो। १३ औं साफ च्याम्पियनसिपमा नेपाल, भारत, बंगलादेश, माल्दिभ्स र […]

देशभर आजदेखि ‘भेरोसेल’ खोपको दोस्रो डोज लगाईदै

काठमाडौं,साउन,२२-आजदेखि देशभर लक्षित समूहलाई कोभिड–१९ विरुद्धको भेरोसेलको दोस्रो डोज खोप लगाइने भएको छ । गत असार २९ गतेदेखि ५५ वर्षभन्दा माथिकालाई सञ्चालन गरिएको खोप अभियानमा भेरोसेलको पहिलो डोज खोप दिइएको थियो । उक्त पहिलो डोज लगाएर २१ दिन पुगेका सबै व्यक्तिलाई आजबाट दोस्रो डोज खोप दिन लागिएको हो । स्वास्थ्य सेवा विभागले सातवटै प्रदेश स्वास्थ्य […]