काठमाडौं,असोज,१८-माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा उपाधि दाबेदार भारत बराबरीमा रोकिएको छ । सोमबार भएको खेलमा भारत बंगलादेशसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा सुरुआती अग्रता जोगाउन नसक्दा भारत रोकिएको हो । खेलको २६ औं मिनेटमा सुनिल क्षेत्रीले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएका थिए ।तर, खेलको ७४ औं मिनेटमा […]
खेल
साफ च्याम्पियनसिप : नेपालले आज श्रीलंकासँग खेल्ने
काठमाडौं,असोज,१८-साफ च्याम्पियनसिप २०२१ अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज(सोमबार)श्रीलंकासँग खेल्दैछ ।माल्दिभ्सको मालेस्थित नेशनल फुटबल स्टेडियममा हुने खेल नेपाली समयअनुसा राति ९:४५ बजे सुरु हुनेछ । यसअघि पहिलो खेलमा घरेलु टोली माल्दिभ्सलाई १-० ले हराएर नेपालले विजयी सुरुआत गरेको थियो । श्रीलंकाविरुद्ध पनि त्यही नतिजालाई कायम राख्दै सुखद नतिजा ल्याउने नेपालको लक्ष्य छ । श्रीलंका भने उद्घाटन […]
मनिष डाँगीको सानदार गोल संगै नेपाल संग माल्दिभ्स पराजीत
काठमाडौं,ओसोज,१५-नेपालले माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा विजयी सुरुआत गरेको छ ।मालेमा शुक्रबार राति भएको खेलमा साविक विजेता तथा आयोजक माल्दिभ्सलाई १-० गोल अन्तरले पराजित गर्दै सुखद सुरुआत गरेको हो । मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा नेपाललाई जित दिलाउन मनिष डाँगीले निर्णायक गोल गरे ।परिवर्तित खेलाडीको रुपमा मैदान प्रवेश गरेका मनिषले खेलको ८५ औं […]
साफ : आज नेपाल र माल्दिभ्स भिड्ने
काठमाडौं,असोज,१५-दक्षिण एसियाली राष्ट्रको सर्वाधिक ठुलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको १३ औं संस्करण आज शुक्रबारबाट माल्दिभ्समा सुरु हुँदैछ। मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुने साफ च्याम्पियनसिपमा ५ राष्ट्रको सहभागिता रहेको छ । यस पटक आयोजक माल्दिभ्स, नेपाल, भारत, बंगलादेश र श्रीलंकाको सहभागिता रहेको छ । लिगमा पाँचै टोलीले एक अर्काविरुद्ध खेल्नेछन् । र, लिग चरणको खेलपछि शीर्ष […]
मेस्सीको गोल, पीएसजीसँग म्यानचेस्टर सिटी पराजित
काठमाडौं,असोज,१३-यूईएफए च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले इंग्लिस क्लव म्यानचेस्टर सिटीलाई हराएको छ । समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा पीएसजीले सिटीलाई २-० गोल अन्तरले पराजित गरेको हो । पीएसजीको जितमा इद्रिसा गुईए र लियोनल मेस्सीले एक एक गोल गरे ।घरेलु मैदानमा इद्रिसाले आठौं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका […]
नेपालले आज ओमानसंग मैत्रीपुर्ण फुटबल खेल्ने
काठमाडौं,असोज,१०-नेपाली राष्ट्रिय फुटबल टिमले आज आइतबार ओमानसँग मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले ओमानविरुद्ध कतार दोहास्थित कतार युनिभर्सिटीको मैदानमा प्रतिस्पर्धा गर्नेछ ।नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ । साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले ओमानसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । साफको तयारीका लागि नेपाली टिम कतारमा रहेका छन् ।यस अघि नेपालले […]
नेपालको ओमानमाथि ऐतिहासिक जित
काठमाण्डौं,असोज,४-कप्तान ज्ञानेन्द्र मल्ल र ओपनर आसिफ शेखको कीर्तिमानी साझेदारीसँगै नेपालले ओमानमाथि ऐतिहासिक जित हात पारेको छ ।आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आइतबार राती नेपालले ओमानलाई ७ विकेटले पराजित गर्दै इतिहास रचेको छ । ओडिआई क्रिकेटमा नेपालले ओमानलाई पहिलो पटक पराजित गरेको हो । जितको लागि १ सय २२ रनको सामान्य विजयी लक्ष्य पछ्याएको […]
किरण र ज्ञानेन्द्रलाई प्रवल जनसेवा श्री
काठमाण्डौ,असोज,३-सरकारले राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ र राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई प्रवल जनसेवा श्रीबाट विभुषित गर्ने भएको छ । संविधान दिवसका अवसरमा सरकारले राष्ट्रिय टिमका कप्तानद्धय चेम्जोङ र मल्ललाई प्रवल जनसेवा श्रीबाट विभुषित गर्ने बताएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक कार्यक्रमको आयोजना गरि कप्तानद्धय सहित संविधान दिवसका अवसरमा सम्मानित सम्पुर्णलाई विभुषित […]
नेपाल संग अमेरिका ५ विकेटले पराजित
काठमाडौं,भदौ,२८-नेपाल संग अमेरिका ५ विकेटले पराजित भएको छ ।आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई पराजित गरेको हो। ओमानको अल अमिरात क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको हो ।अमेरिकाले दिएको २ सय ३१ रनको लक्ष्य नेपालले ४९ ओभरमा मात्र ५ विकेट गुमाएर पूरा गर्यो […]
सन्दीप र रोहीत चम्कँदा पीएनजीमाथि नेपालको शानदार जित
काठमाण्डौं,भदौं,२५-ब्याटिङमा रोहित पौडेल र बलिङमा सन्दीप लामिछाने चम्किएपछि नेपालले पपुवा न्यूगिनी(पीएनजी) विरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) खेलमा १५१ रनको विशाल जित हात पारेको छ। योसँगै पीएनजीसँगको दुई खेलको ओडीआई सिरिज पनि नेपालले आफ्नो पक्षमा परेको छ। यसअघि भएको खेल नेपालले २ विकेटले जितेको थियो। शुक्रबार भएको दोस्रो खेलमा नेपालमा दिएको २३४ रनको लक्ष्य पछ्याएको पीएनजी १९.१ ओभरमा […]