कोपा अमेरिका कप:अर्जेन्टिना र कोलम्बिया भिड्दै

एजेन्सी,असार,२३-कोपा अमेरिका फुटबलको दोस्रो सेमिफाइनलमा आज (बुधबार) बिहान अर्जेन्टिनाले कोलम्बियासँग प्रतिस्पर्धा गर्दैछ ।अर्जेन्टिना र कोलम्बियाबीचको खेल नेपाली समय अनुसार बिहान ६:४५ बजे सुरु हुनेछ । कोलम्बियाविरुद्ध मैदान उत्रदा अर्जेन्टिना जित निकाल्दै फाइनल पुग्ने योजनामा हुनेछ । कोलम्बिया पनि अर्जेन्टिनालाई हराएर फाइनल पुग्न चाहन्छ । अर्जेन्टिना र कोलम्बियाबीचको विजेताले फाइनल ब्राजिलसँग खेल्नेछ । आयोजक ब्राजिल पेरुलाई […]

युरोकप फुटबलमा इटालीको हावी,स्पेनलाई हराउँदै फाइनलमा प्रवेश

एजेन्सी,असार,२३-युरोकप फुटबलको तीन पटकको च्याम्पियन स्पेनलाई हराउँदै इटाली १६ औं संस्करणको फाइनलमा प्रवेश गरेको छ ।यस पटक युरोकप फुटबलमा इटाली आफ्नो जितको हाबी कायम नै राखेको छ। इंग्ल्यान्डमा मंगलबार राति भएको पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै इटाली उपाधि नजिक पुगेको हो ।अब इटालीले उपाधिका लागि इंग्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ […]

ब्राजिल कोपा अमेरिकाको फाईनल प्रवेश

एजेन्सी,असार,२२-ब्राजिल कोपा अमेरिका फुटबलको फाईनलमा प्रवेश गरेका छ । सोमबार सेमिफाईनलको पहिलो खेलमा पेरुलाई १-० गोल अन्तरले पराजित गर्दै ब्राजिल फाईनल प्रवेश गरेको हो । ब्राजिलको जितमा लुकास पाक्केटाले विजयी गोल गरे ।नेयमारले उपलब्ध गराएको पासमा लुकासले गोल गरेका हुन् । दक्षिण अमेरिकी फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता ब्राजिलमा सञ्चालन भईरहेको छ । नेयमार प्रेरित ब्राजिल […]

बार्सिलोनासंग मेस्सीको सम्झौता समाप्त

एजेन्सी,असार,१७-लियोनल मेस्सीको बार्सिलोनासंगको सम्झौता समाप्त भएको छ । गत रातिबाट मेस्सी फ्रि-एजेन्ट बनेका छन् । मेस्सी अब कुनैपनि क्लबमा जान स्वतन्त्र छन् । विश्व क्लब फुटबलका एक महान खेलाडी मानिने मेस्सी आधिकारिक रुपमा पहिलो पटक बजारमा उपलब्ध भएका छन् । युरोपका धनाढ्य क्लब म्यान्चेष्टर सिटीदेखि पेरिस सेन्ट जर्मेन (पीएसजी)ले मेस्सीलाई किन्न सक्नेछन् । बार्सिलोनाले छाड्ने […]

मेस्सी चम्कँदा अर्जेन्टिनाको सानदार जित

एजेन्सी,असार,१५-कप्तान लिओनेल मेस्सीले प्रभावशाली प्रदर्शन गरेपछि अर्जेन्टिनाले कोपा अमेरिका २०२१ अन्तर्गत समुह चरणको खेलमा बोलिभियामाथि ४-१ को सहज जित दर्ता गरेको छ । मेस्सीले अर्जेन्टिनाका लागि सर्वाधिक खेल खेल्ने कीर्तिमान बनाएको खेलमा दुइ गोल र एक असिस्ट प्रदान गरेका थिए । खेलको छैटौं मिनेटमा गोमेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । मेस्सीले दिएको चिप […]

एमबाप्पे पेनाल्टीमा चुक्दा,फ्रान्स बाहिरियो,स्विट्जरल्यान्ड क्वाटरफाइनलमा

एजेन्सी,असार,१५-साविक उपविजेता फ्रान्सलाई हराउँदै स्विट्जरल्यान्ड १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । रोमानियामा सोमबार राति भएको प्रि-क्वाटरफाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले पराजित गर्दै स्विट्जरल्यान्ड अन्तिम आठमा पुगेको हो । रोमान्चक खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समय ३-३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा स्विट्जरल्यान्डले बाजी […]

युरोकपमा आजः इटालीलाई सहज, डेनमार्क र वेल्सको टक्कर

काठमाडौं,असार,१२-युरोकप २०२० का खेलहरु शनिबार रातिदेखि सुरु हुँदैछन्। क्वार्टरफाइनल प्रवेशका लागि वेल्सले डेनमार्क र इटालीले अष्ट्रियाको सामना गर्दैछन्। एम्स्टर्डममा राति पौने ९ बजे वेल्स र डेनमार्क भिड्नेछन। युरोप भन्दा बाहिरी देशका खेलाडीको भूमिका यी दुई देशलाई बरदान सावित भएको छ। एम्स्टर्डममा उत्रिदा दुबै टोली अन्जान हुनेछैनन्। पछिल्लोपटक यूरो २०१६ को अन्तिम १६ मा वेल्सले नर्थ […]

अली दाइको कीर्तिमानसँग रोनाल्डोको बराबरी

एजेन्सी,असार,१०-पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले पुरुष फुटबलमा सर्वाधिक धेरै अन्तराष्ट्रिय गोल गर्ने खेलाडीको कीर्तिमानसँग बराबरी गरेका छन् । रोनाल्डोले इरानका पूर्व स्टार अली दाइको नाममा रहेको १ सय ९ अन्तराष्ट्रिय गोलको कीर्तिमानसँग बराबरी गरेका हुन् । युरोकप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा फ्रान्सविरुद्ध पेनाल्टीमा दुई गोल गर्दै रोनाल्डोले दाइको कीर्तिमानसँग बराबरी गरेका हुन्  । उक्त […]

युरोकप:इंग्ल्यान्ड विरुद्ध स्कटल्याण्ड,क्रोएसिया संग चेक रिपब्लिक भिड्ने

एजेन्सी,असार,४-१६ औं संस्करणको युरोकप फुटबलमा आज (शुक्रबार)हुने तेस्रो खेलमा इंग्ल्यान्ड र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । इंग्ल्यान्ड र स्कटल्याण्डबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ । समूह ‘डी’ को इंग्ल्यान्ड लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । इंग्ल्यान्ड ३ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ ।पहिलो खेलमा इंग्ल्यान्डले क्रोएसियालाई १–० गोल अन्तरले हराएको थियो […]

क्रिकेटको बन्द प्रशिक्षणमा २० खेलाडी

काठमाडौं,असार,४-नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।  क्यानले शुक्रबार बन्द प्रशिक्षणका लागि २० खेलाडीलाई टिममा बोलाएको हो ।क्यानले बोलाएको टिममा शरद भेषवाकर र पृथु बास्कोटा अटाएका छन् । उनीहरुले घरेलु मैदानमा भएको नेदरल्यान्ड्स र मलेसियासँगको त्रिकोणात्मक टी–ट्वान्टी […]