काठमाण्डौं,असोज,५- जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोटको चौंथो तथा अन्तिम खेलमा नेपालले आज (आइतबार) श्रीलंकासँग खेल्दैछ । अघिल्ला ३ खेलमा १ अंक जोडेको नेपालले चौंथो खेलमा श्रीलंकासँग खेल्न लागेको हो । नेपाल र श्रीलंकाबीचको खेल नेपाली समय अनुसार राति ७:४५ मा सुरु हुनेछ । अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा श्रीलंकाविरुद्ध मैदान उत्रदा नेपाल […]
खेल
अन्तर्राष्ट्रिय चुनागु फुटसल कप आज : १२ टिमले सहभागिता जनाउदै
फुकुओका,जापान,असोज,४- आज अन्तर्राष्ट्रिय चुनागु फुटसल कप हुने भएको छ । जापानमा रहेको चुनागु कम्पनीको आयोजनामा पहिलो पटक क्यूशु अन्तर्राष्ट्रिय फुटसल कप प्रतीयोगीता २०१९ हुन लागेको हो । प्रतीयोगिता यहि असोज ४ गते अर्थात अगष्ट २१ तारिख शनिबारका दिन फुकुओकाको हाकाताकु इसोदा २-३-३ मा रहेको फुटसल खेल मैदानमा ( 福岡市博多区井相田2- 3-3 ) हुनेछ । खेल नेपाली समय […]
साफ यू–१८ आज देखि : नेपाल र माल्दिभ्स भिड्ने
काठमाडौं,असोज,३- तेस्रो संस्करणको साफ यू–१८ च्याम्पियनसिप आज (शुक्रबार) बाट सुरु हुदैछ । उद्घाटन खेलमा साविक विजेता समेत रहेको आयोजक नेपालले माल्दिभ्ससंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । एपीएफको हलचोक मैदानमा हुने खेल दिउँसो ११ बजे सुरु हुनेछ । समुह ‘ए’ मा रहेको नेपालले दोस्रो खेलमा असोज ५ गते भुटानसंग खेल्नेछ । समुह ‘बी’ रहेको भारत, श्रीलंका […]
फिफा वरियतामा नेपाल पाँच स्थान सुधार गर्दै १ सय ६१ औं स्थानमा
काठमाण्डौं,असोज,२- नेपालले फिफा वरियतामा पाँच स्थान सुधार गरेको छ ।विश्व फुटबलको सर्वोच्व निकाय फिफाले बिहिबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले ५ पाँच स्थान सुधार गरेको हो । नयाँ वरियता अनुसार नेपाल पाँच स्थान सुधार गर्दै १ सय ६१ औं स्थानमा उक्लिएको छ । अघिल्लो महिना नेपाल १ सय ६६ औं स्थानमा रहेको थियो । कतारमा सन् २०२२ […]
पोखरा रंगशाला निर्माण सुस्त : सागका खेलहरु प्रभावित हुने संभावना
पोखारा,असोज २- पोखरा रंगशाला निर्माण एवं स्तरोन्नतीको काम सुस्त बनेको छ ।आसन्न दक्षिण एसियाली खेलकुद सागलाई लक्षित गरि यही कात्तिक १५ गतेभित्र रंगशाला निर्माणको काम सक्ने लक्ष्य राखिएको थियो । तर लगातारको बर्षाले काम प्रभावित हुँदा अहिलेसम्म ४० प्रतिशत मात्र काम सकिएको आयोजना व्यवस्थापक दिपक बरालले जानकारी दिनुभयो ।यही मंसिर १५ गतेदेखि नेपालमा हुने सागका […]
फुकुओकामा पहिलो पटक अन्तर्राष्ट्रिय चुनागु फुटसल कप हुने
फुकुओका,जापान,भाद्र,३०- जापानको फुकुओकामा पहिलो पटक अन्तर्राष्ट्रिय चुनागु फुटसल कप हुने भएको छ । जापानमा रहेको चुनागु कम्पनीको आयोजनामा पहिलो पटक क्यूशु अन्तर्राष्ट्रिय फुटसल कप प्रतीयोगीता २०१९ हुन लागेको हो । प्रतीयोगिता यहि असोज ४ गते अर्थात अगष्ट २१ तारिख शनिबारका दिन फुकुओकाको हाकाताकु इसोदा २-३-३ मा रहेको फुटसल खेल मैदानमा हुनेछ।( 福岡市博多区井相田2- 3-3 ) यो प्रतियोगीता […]
किर्गिस्तानमा सम्पन्न नादेझ्दा कपमा : नेपाल फेरी उपविजेता
काठमाण्डौ,भाद्र,२६- किर्गिस्तानमा सम्पन्न प्रतिष्ठित नादेझ्दा कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा नेपाल उपविजेता बनेको छ । बिहीबार सम्पन्न फाइनल खेलमा नेपालले आफू भन्दा निकै बलियो उज्बेकिस्तानसँग ३-२ को सम्मानजनक हार बेहोरेको हो । यसअघि यी दुई टोली लिग चरणमा पनि भिडेका थिए । त्यतिबेला नेपालले २–० ले नतिजा गोलले हारेको थियो ।आजको हारसँगै नेपाली महिला फुटबल टोली अन्तर्राष्ट्रिय […]
नादेझ्दा कप : उपाधीका लागी अाज नेपालले उज्बेकिस्तासंग भिड्ने
काठमाण्डौं,भाद्र,२६- किर्गीस्तानमा जारी चार देशीय ‘नादेझ्दा कप’ महिला फुटबलको फाईनल खेल आज (बिहिबार) हुँदैछ ।उपाधिका लागि आज नेपाल र उज्वेकिस्तानबीच प्रतिस्पर्धा हुनेछ । अपडेट….. ( खेल सुरु भयो लाईभ खेल हेर्न तल दिएको लिंकमा क्लिक गर्नुहोला ) किर्गीस्तानको काराकोलस्थित सेन्ट्रल स्टेडियममा हुने खेल नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे सुरु हुनेछ । फाईनलमा नेपालले फिफा वरियतामा आफुभन्दा […]
नेपाली राष्ट्रिय यू-१६ फुटबल टिम जोर्डन प्रस्थान
काठमाडौं,भाद्र,२६- एएफसी यू–१६ च्याम्पियनसिप छनोट प्रतियोगितामा सहभागिता जनाउन नेपाली राष्ट्रिय यू-१६ फुटबल टिम जोर्डन प्रस्थान गरेका छन् ।प्रतियोगिताको लागि २३ खेलाडीसहित ३१ सदस्सीय नेपाली टोली बिहिबार विहान त्यसतर्फ प्रस्थान गरेका हुन् । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाले बुधबार नै विदाई गरेको थियो । प्रतियोगिताको लागि मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले भारतमा आयोजना भएको साफ […]
विश्वकप छनोटमा : नेपालको शानदार जित
काठमाण्डौं,भाद्र,२४- सन् २०२२ कतारमा आयोजना हुने फिफा विश्वकप दोस्रो चरणको छनौट खेलतर्फ नेपालले शानदार जित निकालेको छ ।ताइपे स्टेडियममा मंगलबार भएको खेलमा घरेलु टोली चाईनिज ताइपेलाई २-० गोल अन्तरले पराजित गर्दै नेपालले शानदार जित निकालेको हो । नेपाललाई जित दिलाउन अन्जन बिष्ट नायक बने । दुवै गोल अन्जनले गरेका थिए । बिष्टले पहिलो हाफतर्फ तेस्रो मिनटमै गोलको खाता खोलेका थिए […]