‘ए’डिभिजन लिग फुटबलमा एनआरटी विजयी : पुलिस र हिमालयन शेर्पाको बराबरी

काठमाण्डौं,पुस,१- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटीले विजयी सुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सरस्वती युथ क्लबलाई ४-० गोल अन्तरले पराजित गर्दै एनआरटीले विजयी सुरुवात  गरेको हो ।   एनआरटीको जितमा सरोज तामाङले दुई गोल गरे । यस्तै जुनियर ओन्गुएने निकेन्ग्यु र जोर्डन एनडेम्बाले एक एक गोल गरे ।खेलको ४० औं मिनेटमा ओन्गुएने […]

‘ए’ डिभिजन लिग फुटबल: आर्मी र च्यासलको विजयी सुरुवात

काठमाडौं,मंसिर,३०- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लव र च्यासल यूथ क्लव विजय भएका छन् । मैदान अभावले हिजो स्थगित गरिएका खेलहरु आज गरिएको थियो ।सोमबार भएको खेलमा त्रिभुवन आर्मी क्लवले फ्रेन्ड्स क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै आर्मीले विजयी सुरुवात गरेको हो ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आर्मीलाई जित दिलाउन नवयुग श्रेष्ठ र दिनेश हेम्जनले […]

यू–१९ महिला फुटबल:नेपालको बहराईनमाथी ४-२ गोलको शानदार जित

काठमाडौं,मंसिर,२९- नेपाली राष्ट्रिय यू–१९ महिला फुटबल टिमले मैत्रीपूर्ण खेलमा बहराईनलाई पराजित गरेको छ । आइतबार भएको खेलमा नेपालले बहराईनलाई ४-२ गोल अन्तरले पराजित गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।   नेपाली टिम सरु लिम्बुको कप्तानीमा मैदान उत्रिएको थियो ।नेपाली टिम दुई मैत्रीपूर्ण खेलका लागि शुक्रबार बहराईन प्रस्थान गरेका थिए ।

मैदान नभएपछि ‘ए’ डिभिजन लिगका आज हुने खेल स्थगित

काठमाडौं,मंसिर,२९- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आजका खेलहरु स्थगित भएका छन् ।मैदान अभावले आजका खेलहरु स्थगित गरिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । लगातारको वर्षाले दशरथ रंगशाला खेल गराउन लायक छैन । लिगको लागि तय गरिएको अर्को मैदान एन्फा कम्प्लेक्समा आज जापानी टोलीसँग मैत्रिपूर्ण खेल राखिएको छ ।त्यसैले आज हुने भनिएका लिगका […]

‘ए’ डिभिजन लिग सुरु :आज मछिन्द्र र ब्रिगेड ब्वाईज भिड्ने

काठमाडौं,मंसिर,२८- सहिद स्मारक ए डिभिजन लिगको नयाँ सिजन आज (शनिबार)बाट सुरु हुदैछ ।घरेलु फुटबलका शीर्ष डिभिजनका क्लबले प्रतिस्पर्धा गर्ने लिगको खेल आज सुरु हुन लागेको हो ।उद्घाटन खेलमा शनिबार मछिन्द्र क्लब र ब्रिगेड ब्वाईज क्लबबीच प्रतिस्पर्धा हुनेछ ।खेल एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ । लिगमा घरेलु फुटबलका १४ ए डिभिजन क्लबले प्रतिस्पर्धा गर्नेछन् […]

साग फुटबलमा नेपाललाई स्वर्ण : भुटान उपविजेता

काठमाण्डौं,मंसिर,२४- १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष फुटबलको स्वर्ण नेपालले जितेको छ ।पहिलो हाफमा भुटानसँग १-१ को बराबरी खेलको नेपालले दोस्रो हाफमा अग्रता लिदै स्वर्ण जितेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा  मंगलबार भएको फाईनल खेलमा नेपालले २-१ गोल अन्तरले भुटानलाई हराउँदै नेपालले स्वर्ण जितेको हो । नेपालले १७औं मिनेटमा अभिषेक रिजालको गोलबाट अग्रता लिएको थियो । तर […]

पाकिस्तानलाई १४ औं साग आयोजनाको जिम्मेवारी

काठमाण्डौं,मंसिर,२३- दक्षिण एसियाली खेलकुद (साग) को १४ औं संस्करण पाकिस्तानमा आयोजना हुने भएको छ । सातदोबाटोस्थित ओलम्पिक कमिटिको भवनमा सोमबार बसेको साग ओलम्पिक काउन्सिलकाे बैठकले पाकिस्तानलाई १४ औं संस्करणको साग आयोजनाको जिम्मेवारी दिएको हो  ।   साग आयोजनाका लागि पाकिस्तानबाट पाकिस्तान ओलम्पिक काउन्सिलकाे अध्यक्ष बैठकमा आएका थिए । बैठकले ६ महिना भित्र सरकारकाे सहमती ल्याउन पाकिस्तानकाे ओलम्पिक कमिटिलाई समय दिएकाे छ ।६ […]

नेपाल भारत संग २-०ले पराजीत मुख्य प्रशिक्षक हरि खड्काद्वारा राजीनामा

काठमाडौं,मंसिर,२३- १३औं दक्षिण एसियाली खेलकुद (साग) को महिला फुटबलतर्फ नेपाल भारतसँग पराजीत भएको छ ।पोखरा रंगशालामा भएको फाइनल भिडन्तमा नेपालले चिरप्रतिद्वन्द्वी भारतसँग २–० को हार बेहोरेपछि नेपाली महिला फुटबल टोलीको इतिहास रच्ने सपना फेरि अधुरै भएको छ । भारतको जितमा पहिलो हाफको १८औं मिनटमा बालादेवी र दोस्रो हाफको ५६औं मिनटमा रतनबालादेवीले गरेको गोल नै भारतीय टोलीलाई […]

१३औं साग फुटबल: पुरुष तर्फ नेपाल विजयी महिला टोली भारत संग पराजीत

काठमाडौं,मंसिर,२१- १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले दोस्रो जित निकालेको छ ।शनिबार भएको खेलमा माल्दिभ्सलाई २-१ गोल अन्तरले पराजित गर्दै नेपालले दोस्रो जित निकालेको हो ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले एक गोलको अग्रता उल्टाएर जित निकालेको हो । खेलको १८ औं मिनेटमा इब्राहिम महुदी हुसैनले गोल गर्दै माल्दिभ्सलाई १-० को अग्रता दिलाएका […]

१३औं साग फुटबल: आज महिला टोलीले भारत र पुरुष टोलीले माल्दिभ्स संग खेल्ने

काठमाण्डौं,मंसिर,२१- १३औं दक्षिण एसियाली खेलकुद (साग) को फुटबलतर्फ आज नेपालको महिला र पुरुष दुवै टोलीले आ–आफ्नो खेल खेल्दैछन् ।  पोखरा रंगशालामा आज २ बजे महिला फुटबलतर्फ दुई दावेदार नेपाल र भारत पनि आमने सामने हुँदैछन् । पछिल्ला दुई खेलहरुमा जित हात पारेका नेपाल र भारतले यसअघि नै फाइनलमा स्थान सुरक्षित गरिसकेका छन् । साथै आज […]