ओखलढुंगा डोजोका कराते खेलाडीहरुलाई मेयर श्रेष्ठ द्धारा सम्मान

सिर्जना बर्देवा/ ओखलढुंगा,पौष,१- ओखलढुंगा डोजो ओखलढुंगाका कराते खेलाडीहरुलाई सम्मान गरिएको छ । सिद्धिचरण नगरपालिकाका मेयर मोहन कुमार श्रेष्ठले खेलाडीहरुलाई सम्मान गर्नु भएको हो । केपिलासगढी गाउँपालिका बाक्सिला खोटाङ्ग र नेपाल सितोरियो कराते संघ जिल्ला शाखा दिक्तेलको संयुक्त आयोजनामा खोटाङको बाक्सिलाबजारमा सम्पन्न केपिलासगढी गाउपालीका प्रमुख कप आमन्त्रीत राष्ट्रिय कराते प्रतियोगितामा तेस्रो स्थान हासिल गरेकोमा मेयर श्रेष्ठले […]

म्यानमारलाई १३ रनमै अलआउट गर्दै नेपाल सेमिफाईनलमा

काठमाडौं, मंसिर २८- नेपाल एसीसी अन्डर यु–१६ क्रिकेट च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा म्यानमारलाई ३३७ रनको विशाल अन्तरले हराउँदै समूह विजेताकोरुपमा नेपालले प्रतियोगिताको अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । थाइल्यान्डमा जारी प्रतियोगिताअन्तर्गत् आज दिउँसो सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५१ रनको लक्ष्य दिएको थियो । विस्फोटक ब्याटिङ गरेको […]

म्यान्चेस्टर सिटी, म्यान्चेस्टर युनाईटेड र टोटनह्याम हट्सपर विजयी

काठमाडौं, मंसिर, २८- इङ्लिश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी, म्यान्चेस्टर युनाईटेड र टोटनह्याम हट्सपर विजयी भएका छन् । तालिकाको शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीले स्वान्सी सिटीलाई ४-० ले हरायो । म्यान सिटीलाई फराकिलो अन्तरमा विजयी गराउन डेभिड सिल्भाले २ गोल गरेभने सर्जीयो अगुएरो र केभिन डे ब्रायनले एक एक गोल गरे । गएराति भएको अर्को खेलमा रोमेलु […]

आज नेपालले हङकङसँग खेल्ने

काठमाडौं, मंसिर,२६- एसीसी अन्डर सिक्सटिन क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा आज नेपालले हङकङको सामना गर्नेछ । थाईल्याण्डमा जारी प्रतियोगिताको उपाधि दावेदारको रुपमा हेरिएको नेपाल लगातार दोस्रो जितको खोजिमा छ । सोमबार भएको पहिलो खेलमा नेपालले आयोजक थाईल्याडलाई १ सय ३३ रनले पराजित गर्दै विजयी शुरुवात गरेको हो । नेपालले दिएको १ सय ८० रनको लक्ष्य पछ्याएको थाइल्याण्ड १९ […]

नेपालद्वारा युएई (UAE) लाई २२२ रनको टार्गेट

काठमाडौं,मंसिर,२०- आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरण अन्तर्गत पहिलो खेलमा नेपालले युएईलाई २२२ रनको टार्गेट दिएको छ ।  युएईको शेख जायद रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले उपकप्तान ज्ञानेन्द्र मल्ल र शरद भेषावकर अर्धशतकीय पारीको सहयोगमा ६ विकेट गुमाएर २२१ रन बनाउन सफल भएको हो । घरेलु टोली युएईले अहिले केहिबेरमा जवाफी ब्याटिङ […]

आइसीसी विश्व क्रिकेट लिगमा आज नेपालले युएईसँग खेल्दै

काठमाडौं, मंसिर, २०- आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसीपको अन्तिम चरणको खेलमा नेपालले आज युएईसंग खेल्दैछ । यसअघि नैं च्याम्पियनसीपबाट डिभिजन टु मा झरिसकेको नेपालका लागि यो खेल प्रतिष्ठाको लडाई मात्रै बनेको छ । ८ टोली सहभागी प्रतियोगितामा नेपाललाई पाँचौ हुने अवसर छ । शिर्ष चारभित्र पर्न सकेको खण्डमा नेपाल सोही श्रेणीमा रहन्थ्यो भने अर्को वर्ष हुने […]

कोहलीको छैठौं दोहोरो शतक, नयाँ बिश्वकिर्तिमान

काठमाण्डौ,मंसिर,१७- भारत र श्रीलंकाबीच जारि तेस्रो टेस्ट क्रिकेटको दोश्रो दिन भारतीय कप्तान विराट कोहलीले आफ्नो करियरको छैठौं दोहोरो शतक प्रहार गरेका छन् । फिरोजशाह कोट्ला मैदानमा भईरहेको खेलमा टस जितेर पहिले ब्याटिंग गरेको भारतले विराट कोहलीको अविजित २११ रनको मद्दतमा ११३ ओभरको समाप्तीमा ४ विकेट गुमाउदै ४७१ रन बनाएर खेलिरहेको छ । ( यो समाचार तयार पार्दा सम्म) […]

टि-ट्वान्टी विश्वकप छनोटमा नेपाल संग चीन ५० रनले पराजीत

काठमाडौं, मंसिर १०- आईसीसी महिला ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको एसिया छनोट अन्तर्गतको अन्तिम खेलमा नेपालले चीनलाई ५० रनले पराजित गरेको छ । १ सय ३ रनको लक्ष्य पछ्याएको चीनलाई १८ ओभर २ बलमा ५२ रनमै अलआउट गर्दै नेपाल विजयी भएको हो । नेपालको जितमा कप्तान रुबिना क्षेत्री र सबनम राईले समान ३–३ तथा सरिता राना मगरले २ […]

मलेसिया र नेपाल भिड्दै, मलेसियालाई जित्नैपर्ने बाध्यतामा नेपाल

काठमाडौं, मंसिर ८- टि–२० महिला विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गको चौथो खेलमा आज नेपालले मलेसियाको सामना गर्नेछ । थाईल्याण्डमा जारी प्रतियोगिताबाट अन्तिम चरणको छनोटमा पुग्ने सम्भावना जीवित राख्न नेपालले आजको खेल जित्नैपर्ने छ । समूहको पहिलो र दोस्रो खेलमा बर्षाका कारण अंक बाँड्न बाध्य भएपछि नेपालको यात्रा कमजोर बनेको थियो । तेस्रो खेलमान बिहीबार युएईसँग ५ रनले […]

बार्सिलोना र चेल्सी च्याम्पियन्स लिग फुटबलको नक आउट चरणमा प्रवेश

काठमाडौं, मंसिर ७- स्पेनिस फुटबल क्लव बार्सिलोना र इङ्ल्यान्डको चेल्सी युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको नक आउट चरणमा प्रवेश गरेका छन् ।बुधबार राती ईटालीमा भएको खेलमा बार्सिलोनाले युभेन्टससँग गोलरहित बराबरी खेल्यो । यो बराबरीपछि बार्सिलोनाको ५ खेलबाट ११ अंक भएको छ । ८ अंक जोडेको युभेन्टस्ले भने अर्को राती नै भएको खेलमा ओलम्पियाकोसलाई पोर्चुगलको स्पोर्टिङले […]