नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदारआज कांग्रेसमा प्रवेश गर्दै

काठमाण्डौ,असोज,२२- नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार आज आईतबार नेपाली कांग्रेसमा प्रवेश गर्नुहुवे भएको छ । पछिल्लो समय पार्टीभित्र वाम गठबन्धनमा सहभागी हुने कि लोकतान्त्रिक मोर्चामा सहभागी हुने भन्नेबारे व्यापक विवाद भैरहेको बेला अध्यक्ष गच्छदारले भने आज नै कांग्रेसमा पार्टीलाई विलय गराउने तयारी गरेको उनी निकट उच्च स्रोतले जानकारी दिएको छ । गच्छदारले स्थानीय तहको […]

समानुपातिक निर्वाचन निर्देशिका पारित

काठमाडौं,असोज,२२- निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका २०७४ पारित गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले निर्देशिका पारित गर्दै समानुपातिक निर्वाचन सञ्चालन तथा व्यवस्थापनको अधिकार निर्वाचन अधिकृतलाई प्रत्यायोजन गरेको छ । आयोगले समानुपातिक निर्वाचनमा भाग लिन आह्वान गर्दै सूचना प्रकाशन गर्ने, दलले निवेदन दिने, निवेदन दिने दलको नामावली प्रकाशन […]

भारतमा पक्राउ परेका देवनारायण रिहा

सप्तरी,असोज २१- अपहरण मुद्दामा भारतीय कारागारमा परेका सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ निवासी देवनारायण यादव र उनका छोरा अजय यादव शनिबार रिहा भएका छन् । भारत, विहार राज्यको वीरपुरस्थित न्यायालयका सहायक न्यायाधीश अभिषेक रञ्जनको एकल इजलासले सामान्य तारेखमा उनीहरुलाई रिहा गरेको हो । गत शनिबार सीमा क्षेत्रमा रहेको कुनौलीबजारमा सांस्कृतिक कार्यक्रम हेर्न गएकाबेला देवनारायणका छोरा अजयलाई भारतीय […]

वाम एकताप्रति असन्तुष्टि जनाउँदै एमाले नेता कार्यकर्ता काँग्रेसमा प्रवेश

पर्वत,असोज,२१- देशमा बामपन्थी दलहरु चुनावी एकता र पछि पार्टि एकता गर्ने योजनामा रहेका छन् । तर, बामपन्थी गठबन्धनले देशमा अनिष्ट ल्याएको र कार्यकर्ताहरुको भावना माथि खेलवाड गरेको भन्दै बामपन्थी दलका कार्यकर्ताहरु भने, धमाधम नेपाली काँग्रेसमा प्रवेश गर्न थालेका छन् । नेपाली काँग्रेस जिल्ला कार्यसमिति पर्वतको कार्यलयमा आएर प्रवेश गर्नेहरुको लहर चलेको छ । मुलुकलाई कम्युनिष्टहरुले […]

मापदण्ड र उम्मेदवार बाडफाडको अन्तिम कसरतमा

काठमाडौ,असोज,२१- नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति लगाएतका केहि सानादलहरुको तालमेलबाट बनेको वाम गठबन्धन मापदण्ड र उम्मेदवार बाडफाडको अन्तिम कसरतमा जुटेको छ । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आजसम्म बाँडफाँड टुंग्याउन क्षेत्र बाँडफाँड समितिलाई निर्देशन दिएका छन् । समितिले आज सम्म क्षेत्र बाँडफाँडको काम टुङग्याउने जनाएको छ । अन्य […]

अब सच्चा वामपन्थीको ध्रुवीरकरण हुन्छ : गजुरेल

म्याग्दी,असोज,२०- नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सिपी गजुरेलले मुलुकको राजनीतिमा अब सच्चा कम्युनिष्ट र वामपन्थीको ध्रुवीरकरण हुने बताउनु भएको छ । सदरमुकाम बेनीमा पत्रकारसँग कुरा गर्दै नेता गजुरेलले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्ति पार्टीबीचको चुनावी तालमेल र पार्टी एकीकरण गर्ने सहमति दक्षिणपन्थीको गठबन्धन भएको आरोप लगाउनुभयो । उहाँले तीन दलबीच हुने एकताले […]

अन्याय सहन नसकेर राजनीतिमा आएँ : सिलवाल

काठमाण्डौं,असोज,२०- एमाले प्रवेश गरेका पूर्व डिआइजी नवराज सिलवालले आफ्नो अस्तित्वमाथि नै प्रश्नचिन्ह उठेकाले राजनीतिमा आउन बाध्य भएको बताएका छन्। बुद्धनगरस्थित बुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सिलवालले यस्तो बताएका हुन्। ‘मेरो जीवनमाथि धेरै ठूलो राजनीति भयो,’ सिलवालले भने, ‘मजस्तै अन्यायमा परेका मान्छे कति छन् कति। तिनै अन्यायमा परेका लाखौँको पक्षमा उभिन म एमालेमा […]

ऋषि धमला कांग्रेसको तर्फबाट प्रतिनिधिसभाको उम्मेदवार सिफारिस

धादिङ,असोज,२०- आगामी मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनका लागि नेपाली कांग्रेसले धादिङबाट दुई पत्रकारको नाम उम्मेदवारको रुपमा सिफारिस गरेको छ। धादिङ कांग्रेसले रिपोर्टस क्लवका अध्यक्ष ऋषि धमला कांग्रेसको क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यको लागि समानुपातिक तर्फ सिफारिस गरेको छ ,भने घटना र विचार साप्ताहिकका प्रधानसम्पादक देवप्रकाश त्रिपाठी धादिङ क्षेत्र नं १ को […]

वाम गठबन्धनप्रति महरा र पुन असन्तुष्ट

काठमाडौं,असोज,२०- उपप्रधान तथा परराष्ट्रमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र अर्का नेता वर्षमान पुनले वाम गठबन्धनप्रति असन्तुष्ट देखिएका छन् ।वाम गठबन्धन बनाउन महरा र पुन दुवै असहयोगी हुने संकेत देखेपछि दाहालले ती दुवै नेतालाई छाडेर गृहमन्त्रीसमेत रहेका जनार्दन शर्मालाई सक्रिय बनाएका थिए । एमालेसँग तत्कालका लागि चुनावी तालमेल गर्ने र निर्वाचनपछि एकीकरण प्रक्रियामा […]

कम्युनिष्ट पार्टी एकताको अभियानले देशमा राजनीतिक ध्रुविकरण सुरु भयाेः गृहमन्त्री शर्मा

काठमाडौं,असोज,१९- गृहमन्त्री एवं माओवादी केन्द्रका नेता जनार्दन शर्माले देशमा राजनीतिक ध्रुविकरण सुरु भएको बताउनुभएको छ । उहाले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति मिलेर एउटै कम्युनिष्ट पार्टी बनाउने अभियानले देशलाई राजनीतिक ध्रुविकरणमा लैजान थालेको बताउनुभयो । रुकुम पुग्नुभएका गृहमन्त्री शर्माले एमाले र माओवादी केन्द्रको लामो छलफलपछि मात्रै चुनावी तालमेल र पार्टी एकताको प्रक्रिया […]