भरतपुर १९ को मतगणना विवादसम्बन्धी सुनुवाइ आज हुँदै

काठमाडौं,साउन,२- चितवनको भरतपुर महानगरपालिका–१९ को मतगणना विवादसम्बन्धी सुनुवाइ आज फेरि हुँदैछ । यसअघि असार २६ मा न्यायाधीशहरु ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा सुनुवाइ पेसी तोकिएको थियो तर हेर्न नभ्याउने भन्दै आजका लागि सारिएको थियो । भरतपुर प्रकरणमा सर्वोच्च अदालतमा सुनुवाई पटक पटक सर्दै आएको छ । कागजातहरु दुई साताअघि नै अदालतमा पेश भइसकेका […]

पराजुली प्रधानन्यायाधीशमा अनुमोदन

काठमाडौं,साउन, १- संसदीय सुनुवाई विशेष समितिले गोपाल पराजुलीलाई प्रधानन्यायाधीशमा अनुमोदन गरेको छ । आज बिहान बसेको समिति बैठकले सुनुवाईपछि पराजुलीको नाम सर्वसम्मतीले अनुमोदन गरेको हो । न्यायपरिषदले उहाँलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेपछि समितिले बिहान सुनुवाई गरेको हो । पराजुलीविरुद्ध समितिमा कुनै उजुरी परेको थिएन । समितिमा ३९ वटा योजना पेश गरेका उहाँले मुस्कानसहितको सेवा सुरु […]

प्रहरीमा ११ एआईजीको नाम सिफारिस, सिलवाल परेनन्

काठमाडौं, साउन,१- गृह मन्त्रालयले रिक्त भएको लामो समयपछि नेपाल प्रहरीका ११ जना डीआईजीलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको छ । सिफारिसमा वरिष्ठ डीआईजी नवराज सिलवालको नाम भने उल्लेख छैन । सरकारले सिलवालसँगै आईजीपीका लागि दाबेदारी गरेका बमबहादुर भण्डारी र जयबहादुर चन्दलाई बढुवाका लागि सिफारिस गरेको छ । तर सिलवाललाई जानजानी छुटाइएको छ । उनले सर्वोच्च […]

राजपा निर्वाचनमा सहभागी हुन तयार रहेको संयोजक ठाकुरको भनाई

पर्सा,असार,३१- राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले मधेसवादी दलहरुसँग सरकारले गरेको तीनबुँदे सहमति कार्यान्वयन गरे स्थानीय तह निर्वाचनमा राजपा सहभागी हुन तयार रहेको बताउनुभएको छ । उहाँले संविधान संशोधनमा समस्या भएकाले अन्य दुईवटा सहमतिलाई सरकारले पूरा गरे निर्वाचनको वातावरण निर्माण हुने विश्वास व्यक्त गर्नुभयो । राजपा, पर्साले आज पर्साको बहुदरामाई […]

आज देखि देशभर मतदाता नामावली संकलन सुरु गरिने

काठमाडौं,साउन,१- निर्वाचन आयोगले आज देखि देशका ७५ वटै जिल्लामा मतदाता नामावली संकलन सुरु गर्ने भएको छ ।प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नयाँ १८ वर्ष पुगेका बालिग र छुटेकालाई मध्यनजर गर्दै आयोगले मतदाता नामावली संकलन गर्न लागेको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । आयोगले साउन १ गते देखि १५ गतेसम्मको लागि नामावली संकलन गर्ने जनाएको […]

प्रचण्ड काठमाडौं फर्केपछि मन्त्रिपरिषद् विस्तार गरिने

काठमाडौं,असार,३१- संविधान संशोधन प्रस्ताव तत्काल अघि नबढ्ने भएपछि प्रधानमन्त्री शेर बहादुर देउवा मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा लाग्नु भएको छ। देउवाले आगामी सोमबारसम्म मन्त्रिपरिषद विस्तार गर्नेगरी गृहकार्य थालेको देउवानिकट स्रोतले जनाएको छ । स्रोतका अनुसार माओवादी अध्यक्ष प्रचण्ड बैंककबाट फर्केलगत्तै मन्त्रिपरिषद विस्तारबारे कुराकानी गर्नु हुने भएको छ । प्रचण्ड आज काठमाडौं फर्कने कार्यक्रम रहेको  छ ।

स्थानीय तहबाटै मतदाता नामावली संकलन गर्न आयोगलाई काँग्रेसको सुझाव

काठमाडौ,असार,३०- नेपाली काँग्रेसले मतदाता नामावली संकलनको काम स्थानीय तहबाटै गर्न निर्वाचन आयोगलाई सुझाव दिएको छ ।नेपाली काँग्रेसका नेताहरुले आज निर्वाचन आयोगका पदाधिकारीहरुसँग भेटगरी स्थानीय तहबाटै मतदाता नामावली संकलनको काम गर्न उपयुक्त हुने सुझाव दिएका हुन । आम मतदातालाई सहज हुने भएकाले स्थानीय तहबाटै मतदाता नामावली संकलन गर्न आयोगलाई सुझाव दिइएको काँग्रेस नेता बालकृष्ण खाँडले जानकारी […]

व्यवस्थापिका संसदको बैठक आजपनि बस्ने

काठमाडौ,असार,२९- व्यवस्थापिका संसदको बैठक आजपनि बस्ने भएको छ । संसद भवन नयाँ वानेश्वरमा अपरान्ह् ४ बजे बस्ने गरि बैठक बोलाइएको छ । आजको बैठकमा आर्थिक विधेयक–२०७४ माथि छलफल हुने र प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरीने छ । साथै अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आर्थिक विधेयक–२०७४ पारित गरियोस भनि प्रस्ताव गर्ने र राष्ट्र ऋण उठाउने विधेयक–२०७४ माथि दफवार […]

शर्मालाई शुक्रबार अदालतमा उपस्थित गराउन आदेश

काठमाडौँ,असार, २८- सर्वोच्च अदालतले भ्रष्टाचारको आरोपमा थुनामा रहेका आन्तरिक राजश्व विभागका महानिर्देशक चूडामणि शर्मालाई लिखित जवाफसहित शुक्रबार उपस्थित गराउन आदेश दिएको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको आजको एकल इजलासले आधार र कागजप्रमाण प्रष्ट देखिने प्रतिलिपिसहितको लिखित जवाफका साथ महान्यायाधिवक्ता कार्यालयमार्फत असार ३० गते बिहान १०ः३० बजे बन्दीमा रहेका शर्मालाई अदालतमा उपस्थिति गर्न÷गराउन आदेश दिएको हो […]

तीन दलको वैठक निष्कर्ष विहिन

काठमाडौ ,असार, २७- संविधान संशोधनका लागि एमालेलाई साथ लिने सत्तारुढ काँग्रेस र माओवादी केन्द्रको प्रयास मंगलबार पनि असफल भएको छ ।प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाले संविधान संशोधनका लागि सघाउन गरेको आग्रहलाई प्रमुख प्रतिपक्ष एमालेले ठाडै अस्विकार गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार विहान बसेको प्रमुख तीन दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले […]