व्यवस्थापिका संसदको बैठक आजपनि बस्ने

बैठकमा आर्थिक विधेयक–२०७४ माथि छलफल हुने

काठमाडौ,असार,२९-

व्यवस्थापिका संसदको बैठक आजपनि बस्ने भएको छ । संसद भवन नयाँ वानेश्वरमा अपरान्ह् ४ बजे बस्ने गरि बैठक बोलाइएको छ । आजको बैठकमा आर्थिक विधेयक–२०७४ माथि छलफल हुने र प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरीने छ ।

साथै अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आर्थिक विधेयक–२०७४ पारित गरियोस भनि प्रस्ताव गर्ने र राष्ट्र ऋण उठाउने विधेयक–२०७४ माथि दफवार छलफल सदनमा गर्नकालागि प्रस्ताव प्रस्तुत गर्नुहुने,सो विधेयकका संशोधनहरुलाई निर्णयार्थ प्रस्तुतका साथै पारीत गरीने सम्भावित कार्यसुची रहेको व्यवस्थापिका संसदका महासचिव मनोहर प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

यसैबिच हिजोको संसदमा कर्मचारी समायोजन विधेयक संशोधन दर्ताका लागि अनुमोदन भएको छ । विधेयकका प्रावधान विभेदकारी भएको भन्दै कर्मचारी युनियनका प्रतिनिधिले आवाज उठाइरहेका बेला विधेयक संशोधनको महत्वपूर्ण प्रक्रियामा प्रवेश गरेको छ ।

संशोधनका लागि ७२ घन्टाको समय सुरुभएको छ । समय आजदेखिसुरु हुनेछ । संशोधन दर्तापछि विधेयकमा दर्ता भएको संशोधनको सूचना सहितको विधेयक संसद्मा नै पेस हुनेछ ।