रोशन घर्ति दाङ,असार,१५- दाङको बङगलाचुली गाउँपालिका वडा नं.१मा नेपाली काङग्रेसको प्यानल नै विजयी भएको छ । अध्यक्षमा पदम बहादुर खत्री ३५४ मतका सहीत विजयी भएका हुन । त्यस्तै दलित महिला पिमा कामी र खुल्ला महिला सदस्य मादिका कुवर विजयी भएका छन । सदस्य सदस्यहरु देवा पौडेल,चन्द्र बहादुर घर्ति विजयी भएका छन ।
राजनीति
एक साताभित्र मतगणना मतगणना गर्न निर्वाचन अधिकृतलाई आयोगको निर्देशन
काठमाडौं,असार,१५- निर्वाचन आयोगले निर्वाचन अधिकृतलाई एक साताभित्र मतगणना सक्ने गरी मतगणकको समूह बनाउन निर्देशन दिएको छ । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार पहिलो चरणमा भएको ढिलाइबाट पाठ सिकेर सुरुमै मतगणकहरूको समूह धेरै बनाउन निर्देशन दिइएको हो । ‘मतपत्रको सुरक्षाका लागि सुरक्षाकर्मीको संख्या धेरै राख्नेदेखि अन्य सुरक्षाका विधि अपनाउन निर्वाचन अधिकृतलाई भनिसकिएको छ,’ प्रवक्ता शर्माले […]
बझाङका दुई मतदान केन्द्रमा भोलि निर्वाचन
बझाङ, असार,१५- नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीचको झडपका कारण स्थगित भएको बझाङको जयपृथ्वी नगरपालिकाका दुई मतदान केन्द्रमा शुक्रबार (भोलि) मतदान हुने भएको छ । वडा नम्बर ३ का ‘क’ र ‘ख’ बुथमा झडपपछि मतदान स्थगित भएको थियो । सर्वदलीय सहमतिपछि जिल्ला निर्वाचन कार्यालयले भोलिका लागि मतदानको कार्यक्रम तय गरेको हो । जयपृथ्वी नगरपालिका वडा […]
५ जिल्लामा चुनाव धाँधली भएको भन्दै एमालेद्वारा पुनःमतदानको माग
काठमाडौं, असार,१४- आज सम्पन्न दोस्रो तहको स्थानीय निर्वाचनमा सत्तारुढ पार्टीहरुद्वारा सत्ताको दुरुपयोग गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गम्भीर आपत्ति जनाएको छ। आज साँझ एमाले सचिव तथा प्रवक्ता योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमा त्यस्ता घटनाको भत्सर्ना गर्दै पुनः मतदान गराउन माग गरिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘अछाम, बझाङ, डोटी, डडेल्धुरा, कैलाली लगायतका जिल्लामा राज्यसत्ताको दुरुपयोगबाट जनमतलाई प्रभावित पार्ने […]
बन्दले पर्साको जनजीवन प्रभावित
वीरगञ्ज,असार,१४- राष्ट्रिय जनता पार्टी नेपालले आह्वान गरेको बन्दका कारण पर्साका वीरगञ्जलगायत यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ। आन्दोलनकारीले बिहानैदेखि विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले घण्टाघर, माइस्थान, मुर्ली, बसपार्क, नगवा, गण्डकलगायतका स्थानमा टायर बालेर प्रदर्शन गरिरहेका छन्। यहाँबाट छुट्ने लामो तथा छोटो दूरीका सवारी साधन ठप्प छन्। बन्दका कारण विद्यालय नखुल्दा पठनपाठन अवरुद्ध […]
दाङमा उम्मेदवारका घर सहित ५ स्थानमा बम फेला प¥यो
दाङ,असार,१३- निर्वाचनको अघिल्लो दिन दाङका उम्मेदवारका घर सहित ५ स्थानमा बम फेला परेका छन् । प्रहरीका अनुसार तुलसीपुर उपमहानगरपालिकाका कांग्रेसका मेयर उम्मेदवार गेहेन्द्र गिरीको घरमा बम भेटिएको छ । यसैगरि तुलसीपुर कै विपि चोक र अरनिको मैदानमा पनि बम भेटिएको प्रहरीले जनाएको छ । अरनिको मैदानमा वुधवार हुने निर्वाचनको लागि मतदान स्थल निर्धारण गरिएको छ […]
निर्धक्क भोट हाल्ने वातावरण बनाउन सुरक्षा समितिलाई:पूर्व गृहराज्यमन्त्री बाँनियाको अनुरोध
रमित बि.क., बाजुरा,असार,१३- नेपाली काँग्रेसका नेता एवं साँसद पूर्व गृहराज्यमन्त्री ईन्द्र बाँनियाले निर्धक्क रुपमा भोट हाल्ने वातावरण बनाउन जिल्ला सुरक्षा समितिलाई अनुरोध गर्नुभएको छ । नेपाली काँग्रेस बाजुराले गरेको साक्षात्कार र प्रेस युनियन बाजुरा शाखाले आयोजना गरेको पत्रकार सम्मेलन एवं सुरक्षा निकाय संग कुरा गदैँ उहाँले यस्तो बताउनुभएको हो । बाजुरामा पछिल्लो समयमा बिभिन्न झड्पहरु […]
मौन अवधीमा एमालेले बाढ्यो मोबाईल
बाँके,असार,१३- बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर २ बर्दहवामा मतदातालाइ आफ्नो पक्षमा पार्न नेकपा एमालेले मोबाईल बाडेको छ । कोहलपुर नगरपालिकाका वडा नम्बर २ बर्दहवामा वडा कै बढि मतदाता रहेका बर्दहवामा थारु समुदायको बाहुल्यता रहेको गाउँमा मतदाताकै घरमा गइ मोबाइल वितरण गरेको प्रमाण फेला परेको हो । यो भिडियो हेर्नुहोस् । https://m.youtube.com/watch?v=njJaKCeuJAA सोमबार दिउँसो मौन अवधीमा […]
भोलि हुने निर्वाचनको सबै तयारी पुरा
काठमाडौं, असार,१३- स्थानीय तहको दोस्रो चरणको निर्वाचनअन्तर्गत भोलि हुने मतदानको सम्पूर्ण तयारी पुरा भएको छ ।निर्वाचन आयोगले प्रदेश नम्बर १, ५ र ७ मा पर्ने ३५ जिल्लाका ३ सय ३४ वटै स्थानीय तहमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आयोगले मतदाता परिचयपत्र वितरण र मतदानस्थल व्यवस्थापनको काम पनि अन्तिम चरणमा पुगेको जनाएको छ […]
को बन्ला नेपालगञ्जको मेयर ?
नेपालगन्ज, असार,११- स्थानीय तह निर्वाचनको पुर्व सन्ध्यामा नेपालगन्जका मतदाता यतिबेला मैदानमा उत्रिएका उम्मेदवारको योग्यता र क्षमताको विश्लेषण गरिरहेका छन् । नेपलागन्जका सडक, गल्ली, चोक, चियापसल लगायत स्थानमा मतदाताहरुको यिनै विषयमा चासो रहेको देखिन्छ । नेपालगन्ज उपमहानगरपालिकाको मेयर र उपमेयरमा योग्य र सक्षम व्यक्तिलाई जिताउने आम मतदाताको तयारी छ । भाषण भन्दापनि काम गरेर देखाउन सक्ने […]