बाँकेमा फोरम वडाध्यक्ष सहितको प्यानल काँग्रेसमा प्रवेश

बाँके, असार,७- संघिय समाजबादी फोरमबाट नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२का वडाध्यक्ष सहितको ५ जनाको प्यानल आज नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । पार्टी प्रबेश गर्नेहरुमा संघिय समाजबादी फोरमबाट वडा नं १२ का वडा अध्यक्ष पदका उम्मेदवार फरहान हुसेन खाँन , वडा सदस्यका उम्मेदवार महिला सदस्य मुन्नी देवी बर्मा , सदस्य किस्मतुल खाँ, डेढराम अहिर र […]

‘समृद्ध नेपालगञ्ज’को अठोटसहितको काँग्रेस नेपालगञ्जको प्रतिबद्धता पत्र सार्वजनिक

नेपालगञ्ज, असार,७- नेपाली कांग्रेस निर्वाचन प्रचार प्रसार समिति नेपालगञ्जले ‘समृद्ध नेपालगञ्ज’को अठोटसहितको प्रतिबद्धता पत्र आज (बुधबार) सार्वजनिक गरेको छ । नेपाली कांग्रेसका तर्फबाट नेपालगञ्ज उपमहानगरपालिकाका मेयरका उम्मेदवार डा. सुरेश कुमार कनौडिया र उपमेयरका उम्मेदवार उमा थापा मगरको अठोटका रुपमा सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा ‘५ बर्षमा ५ प्रतिबद्धता’ समेटिएको छ । नेपालगञ्जलाई समुन्नत सहरका रुपमा विकास […]

काँग्रेसद्वारा एक ढिक्का भएर मतदान गर्न कार्यकर्ताहरुलाई आग्रह

बाँके,असार, ५- नेपालगन्ज उपमहानगरपालिकाका २३ वटै वडाका काँग्रेसतर्फका अध्यक्ष उम्मेदवारहरुले असार १४ गते हुने स्थानीय तह निर्वाचनमा एक ढिक्का भएर काँग्रेसको पक्षमा मतदान गर्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन । पार्टीभित्र असन्तुष्टि भएपनि यो चुनाव प्रतिष्ठाको लडाई भएकाले काँग्रेसलाई जिताउनुको विकल्प नभएको वताए । काँग्रेस नेतृत्वमै संबिधान जारी भएकाले यसको कार्यान्वयनको जस अरुलाई दिन नसकिने भन्दै […]

शिवसेनाका केन्द्रीय अध्यक्ष श्रेष्ठद्वारा पदबाट राजिनामा

बाँके, असार,५- नेपाल शिवसेनाका केन्द्रीय अध्यक्ष मनोज श्रेष्ठले पदबाट राजिनामा दिएका छन् । श्रेष्ठ आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा राप्रपा नेपालबाट नेपालगन्ज २ मा वडा अध्यक्षका उम्मेदवार हुन् । राप्रपा नेपालबाट वडा अध्यक्षको उम्मेदवार भईसकेपछि श्रेष्ठले शिवसेनाको केन्द्रीय अध्यक्षको पदबाट राजिनामा दिएका हुन् ।श्रेष्ठसँगै अन्य २ जना केन्द्रीय पदाधिकारीहरुले पनि पदबाट राजिनामा […]

निर्वाचन चिह्न आज प्रदान गरिने

काठमाडौं, असार, ६- दोस्रो चरणमा निर्वाचन हुने प्रदेश नम्बर–१, ५ र ७ का ३३४ स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएकालाई भोलि असार ६ गते मंगलबार आज निर्वाचन चिह्न प्रदान गरिने भएको छ । निर्वाचन आयोगकाअनुसार असार ४ गते उम्मेदवारी दिएका तर नाम फिर्ता लिन चाहनेलाई आज बिहान ८ बजेदेखि ११ बजेसम्मको समय प्रदान गरिएको छ भने […]

निर्वाचन आयोगले अनुगमन टोली परिचालन गर्ने

काठमाडौं, असार,५- निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तह निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन विशेष अनुगमन टोली परिचालन गर्ने बताएको छ । आयोगका सचिव गोपीनाथ मैनालीले आज निर्वाचन प्रचार–प्रसार र मौनअवधिमा आचारसंहिता उल्लंघन हुन नदिइने बताउनुभयो । उम्मेदवारको मनोनयन विवरण जिल्लाहरुबाट आउनेक्रम जारी रहेको र केही जिल्लाहरुमा सम्पर्कमाध्यममा समस्या आएकाले तथ्यांक आउन ढिलाइ भइरहेकोसमेत सचिव […]

राजपाले सरकारसँगको सहमतिमै स्वतन्त्र उम्मेदवार दिएको गृहमन्त्री शर्माको भनाई

बुटवल, असार, ५- स्थानीय तहको निर्वाचनको विषयमा  आज बुटवलमा सुरक्षा गोष्ठी सम्पन्न भएको छ ।गृहमन्त्री जर्नादन शर्माको उपस्थितिमा रुपन्देहीसहित ६ जिल्लाका प्रमुखहरुको बैठक गरिएको हो । बैठकमा गृहसचिव लोकदर्शन रेग्मी, निर्वाचन आयुक्त सुधीरकुमार शाह, पश्चिमाञ्चल क्षेत्रीय प्रशासक बेगेन्द्र शर्मा पौडेल, नेपाली सेनाका रथी बलदेवराज महत, मुख्य अनुसन्धान निर्देशक दिलिपराज रेग्मीलगायतको सहभागिता रहेको थियो । बैठकपछि […]

घुर्की देखाएर जनताको भविष्यमाथि खेलवाड नगर्न काँग्रेस नेता महतको चेतावनी

काठमाण्डाैं,असार, ५- नेपाली काँग्रेसका नेता रामशरण महतले आन्दोलनको घुर्की देखाएर मधेसका जनताको भविष्यमाथि खेलवाड नगर्न चेतावनी दिनु भएको छ । धनकुटामा आज आयोजित पत्रकार सम्मेलनमा नेता महतले आन्दोलनरत राजपालाई स्थानीय तहको निर्वाचनमा सहभागी गराउन सरकारले देखाएको अधिकतम लचकता र उदारतालाई कमजोरीका रुपमा नलिन आग्रह गर्नुभयो । उहाँले प्रजातन्त्रमा सबैको चित्त बुझाउन नसकिने भन्दै सारिएको मितिमा […]

बझाङमा काँडा गाँउपाली ५ बाट एमालेको विजयी सुरुवात

होम योगी, बझाङ, असार,५- नेकपा एमाले बझाङको काँडा गाँउपालीका ५ मा प्यानल निर्विरोध निर्वाचित भएको छ । काडाँ गाउँपालिका ५ मा एमालेका वडा अध्यक्ष धन्नजय बोहराको प्यानल निर्विरोध निर्वाचित भएको स्थानीय गोरख बहादुर बोहराले बताए । आईतबार भएको मनोनय दर्तामा काडाँ गाउँपालिका ५ बाट अन्य दलको उम्मेदवारी उम्मेदवारी नपरेपछि एमालेका वडा अध्यक्ष पदका उम्मेदवार धन्नजय […]

नक्कली सिआइवी बनी काठमाडौंमा लुटपात गर्ने दाङका कुलानन्द र आसिका पक्राउ

नरेश खड्का,  दाङ, असार ,५- सिआइवी प्रहरी हुँ भन्दै काठमाडौं उपत्यकाभित्र ठगी र अपहरण धन्दा मच्चाउने गिरोहलाई प्रहरीले पक्रेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले गिरोहलाई राजधानीका विभिन्न स्थानबाट पक्रेको हो । पक्राउ पर्नेमा साविक सैघा–६ दाङका ३१ वर्षीय कुमानन्द भन्ने कोमानन्द खड्का, दाङ घोराही–३ की १९ वर्षिया शुरु केसी भनिने असिका परियार, […]