नरेश खड्का, दाङ, असार,५- कथित स्थानीय चुनावको खारेज माग गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी दाङले स्थानीय तहका उम्मेद्वारहरूको घरमा कालो झण्डा गाडेको छ ।दाङका सबै नगर तथा गाउँपालिकाको उम्मेद्वारहरूको घरघरमा कालो झण्डा गाड्नुका साथै चुनाव खारेजीको अपील समेत गरेको छ । तुलसीपुर तथा घोराहीको मेयर उपमेयर, लमही नगर प्रमुख उपप्रमुख तथा सबै गाउँपालिका अध्यक्ष उपाध्यक्ष […]
राजनीति
दाङका दशवटै तहमा शान्तिपूर्वक मनोनयन दर्ता (नामावली सहित)
नरेश खड्का, दाङ,असार, ५- स्थानीय तह निर्वाचनका लागि दाङमा सबै तहहरुमा शान्तिपूर्वक उमेद्धारी दर्ता भएको छ । मुख्य दलहरु सँगै साना दलहरु र स्वतन्त्ररुपबाट नेताहरुले उमेद्धारी दर्ता गराएका छन् । उमेद्धारहरु बाजागाजा र मतदाताहरु सहित मनोनयन गर्ने स्थलमा पुगेका थिए । जिल्लाका १० स्थानीय तहमा दलहरुले दर्ता गराएको उमेद्धारी हेर्नुहोस । नेपाली कांग्र दाङले दश […]
बाँकेका गाउँपालिका स्तरमा उत्साहपुर्ण रुपमा उम्मेदवारी दर्ता
नेपालगञ्ज,असार, ४- बाँकेका गाउँपालिका स्तरमा समेत उत्साहपुर्ण रुपमा उम्मेदवारी दर्ता गरिएको छ । ६ वटा गाउँपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा काङग्रेसका तर्फबाट गाउँपालिका प्रमुख, उपमेयर र वडा अध्यक्ष उम्मेदवारहरुले उत्साह र शान्तिपूर्ण रुपमा पूर्ण रुपमा उम्मेदवारी दर्ता गराएका हुन् । वैजनाथ गाउँपालिकामा एमाले र माओवादी कार्यकर्ताबीच झडपपछि केही अशान्ति भएको थियो । कोहलपुर नगरपालिकामा काँगे्रसका तर्फबाट […]
बाजुरामा काँग्रेस एमालेका कार्यकर्ताबीच झडप, एकको मृत्यु दर्जनौ घईते
बाजुरा,असार,४- बाजुराको छेडेदह गाउँपालिकाकाको उम्मेदवारी दर्ता गर्ने क्रममा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ। झडपमा छेडेदह गाउँपालिका ५ का ५० वर्षका हंशबहादुर रावत रहेको जिल्ला प्रहरी कार्यालयमा प्रहरी निरिक्षक दल बहादुर बोगटीले जानकारी दिनुभयो । नारावाजी गर्दै आइरेहेका दुई दलका कार्यकर्ताबीच पहिला हात हालाहाल भएको र पछि ढंगामुढा र घरेलु हतियारसहित मुठभेड भएको थियो । झडपमा […]
बाँकेमा दोस्रो चरणको निर्वाचनका लागि दलहरुद्वारा उम्मेदवारी दर्ता
बाँके,असार,४- स्थानिय तहको दोस्रो चरणको निर्वाचनका लागि आज दलहरुले उम्मेदवारी दर्ता गराइरहेका छन् । बाँकेका ८ वटै स्थानीय तहमा काँगे्रस लगायतका दलका तर्फबाट उम्मेदवारहरुले विभिन्न पदमा उम्मेदवारी दर्ता गराईरहेका छन् । नेपालगञ्जस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्जमा सबै भन्दा पहिले काँगे्रसका तर्फबाट उम्मेदवाहरुले उम्मेदवारी दर्ता गराएका हुन् । नेपाली काँग्रेस बाँकेका तर्फबाट नेपालगन्ज उपमानगरपालिकाको मेयर […]
नवलपरासीमा राजापाका २० जना पक्राउ
नवलपरासी, असार ४- राष्ट्रिय जनता पार्टीका नवलपरासी जिल्ला अध्यक्ष पुरन चौधरीसहित २० जनालाई प्रहरीले आज पक्राउ गरेको छ । दोस्रो चरणको स्थानीय तह निर्वाचनको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम विथोल्ने आशंकामा प्रहरीले रोयल परासी होटलबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुले मनोनयनपत्र दर्ता कार्यक्रमलाई प्रभावित गर्नेबारे छलफल गरिरहेको हुनसक्ने प्रहरीले आशंङका गरेको हो ।
ब्रेकिङ न्यूज : बाँकेमा काँग्रेस उम्मेदवारले दलबलसहित मनोनयन दर्ता गर्दै
बाँके,असार,४- आज बाँकेमा बिभिन्न राजनीतीक दलका उम्मेदबारहरुले मनोनयन दर्ता गर्दैछन् । आठ स्थानीय तह र ८१ वटा वडा रहेको बाँकेमा काँग्रेस उम्मेवारले आज दलबलसहित मनोनयन दर्ता गर्दैछन । नेपालगन्ज उपमहानगरपालिकामा काँग्रेसले विहान ११ बजे क्षेत्रीय निर्वाचन कार्यायलमा उम्मेदवारी दर्ता गर्दैछ । मेयरमा चर्चित डाक्टर सुरेशकुमार कनोडिया र उपमेयरमा युवा नेतृ उमा थापामगरलगायत २३ वटै वडाका […]
पश्चिम दाङमा निर्वाचन सामाग्री लुटियो
नरेश खड्का, दाङ,असार,४- शान्ति नगरगाँउपालिका दाङमा खटिएका २ जना मतदाता शिक्षा कार्यकर्ताबाट मतदाता शिक्षा सामाग्री लुटिएका छन् । शान्तिनगर गाँउपालिका वडा नम्वर ३ मा खटिएका बिमला खडका केसी र गीता भण्डारीलाई एक समुहले शनिबार बिहान ११ बजेतिर लुटेका हुन । मुखमा पट्टी बाध्येका ४÷५ जनाको एक समुहले उनिहरुको साथमा रहेका मतदाता शिक्षा सामाग्री लुटेको बताईएको […]
टीकापुर घटनासँग जोडिएका रेशम चौधरीलाई क्षतिपुर्ती
काठमाण्डौ,असार,३- कैलालीको टीकापुरमा ९ जनाको ज्यान जाने गरी र भएको थरुहट आन्दोलका पीडितहरुलार्इ सरकारले क्षतिपूर्ति वितरण गरेको छ। मन्त्रिपरिषदले गरेको बिशेष निर्णयअनुसार पीडितलार्इ शुक्रवार इलाका प्रशासन कार्यालय टीकापुरमा वोलाएर राहात बितरण गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताएका छन। घटनाको दोश्रो दिन भएको तोडफोड र आगजनीका पीडितलाई २१ महिनापछि हामी राहात बितरण गरिएको हो। […]
न तात्यो आन्दोलन, न चुनावी सरगर्मी
वीरगञ्ज,असार, ३- न चुनाव पक्षधरले चाहेअनुसार तोकिएको समयमा निर्वाचन हुन पायो न त्यसविरुद्ध गरिएको आज्दोलन सशक्त बन्यो । राष्ट्रिय जनता पार्टीको आह्वानमा मंगलबारदेखि गरिएको चारदिने हड्ताल फिर्ता हुनुअगावै शुक्रबार वीरगञ्ज बजार खुल्यो । आन्दोलनरत दललाई सहमत नगराइकन सरकारले निर्वाचन मिति अढाइ महिना सारेपछि असन्तोष देखिएको हो । आजको नागरिकमा खबर छ ।