उम्मेदवारी सिफारिशको बिरोध गरेका थापाद्वरा अनशन फिर्ता

मधुपौडेल बाँके,जेठ,२१- उम्मेदवारी सिफारिशको बिषयलाई लिएर नेपाली कांग्रेस पार्टी कार्यालय,बाँकेमा गरिएको आमरण अनशन तेस्रो दिन तोडिएको छ । जिल्ला सदस्य राजु थापाले क्षेत्रीय सभापतिद्वारा गरिएको उक्त सिफारिशको बिरोध गर्दै शुक्रबारदेखि आमरण अनशन बसेका थिए । आईतबार बाँके कांग्रेसकी सभापति किरण कोईरालाले थापालाई जुस खुवाएर अनशन खुलाए थिइन । दुबै पक्षले अब उम्मेदवारको नाम तोक्ने जिम्मा […]

प्रधानमन्त्रीको निर्वाचन गर्न प्रमुख तीन दल सहमत,देउवा प्रधानमन्त्री पक्का

काठमाण्डाैं, जेठ, २१- मुलुकको ४० औं प्रधानमन्त्रीका लागि मंगलबार निर्वाचन हुने पक्का भएको छ ।सत्तारुढ काँग्रेस-माओवादी केन्द्र र प्रमुख प्रतिपक्ष एमाले सहमतिमै प्रधानमन्त्री चयन गर्न सहमत भएपछि निर्बाचन हुने पक्का जस्तै भएको हो । सभामुख ओनसरी घर्तीको आह्वानमा आज बसेको प्रमुख तीन दलका शिर्ष नेताहरुको बैठकमा दलहरु सहमतिमै अघि बढन तयार भएका हुन ।बैठकमा एमाले […]

राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय समाजवादी फोरम नेपालले देउवा सरकारलाई समर्थन गर्ने

काठमाडौं, जेठ २१- राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाली काँग्रेशका सभापती शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन गर्दै मतदान गर्ने निर्णय गरेको छ । नयाँ बानेश्वरमा आज दिउँसो बसेको राप्रपा संसदीय दलको बैठकले देउवा सरकारलाई समर्थन जनाउने निर्णय गरेको हो । उपप्रधानमन्त्री नपाएसम्म सरकारमा नजाने अडानमा रहेका राप्रपा अध्यक्ष कमल थापाले अन्ततः सरकारमा सहभागी हुने निर्णय गर्नु भएको […]

भरतपुरमा पुनः मतदान रोक्न सर्बोच्चमा रिट

काठमाडौं, जेठ २१- भरतपुर महानगरपालिका वडा नं.१९ मा पुनःमतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।भरतपुरमहानगरपालिका वडा नं. १९ मा एमालेबाट वडा सदस्यका उम्मेद्वार गुन्जनमान विक र अधिवक्ता तुलसीराम पाण्डेले निर्वाचन आयोगको निर्णय बदर गर्न माग गर्दै आज सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन् । रिटमा च्यातिएका ९० मतपत्र बदर मानेर […]

संसद बैठक मंगलबारसम्मका लागी स्थगित

काठमाडौं,जेठ,२१- व्यवस्थापिका संसद बैठक स्थगित भएको छ । बिहान ११ बजेको लागि बोलाइएको बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको संसद सचिवालयले जनाएको छ । संसद अबरुद्ध खुलाउन दलहरूबीच अनौपचारिक छलफल भएको थियो ।अन्तत सहमति हुन नसकेपछि व्यवस्थापिका संसद सचिवालयले सुचना टांसेर प्रधानमन्त्रीको निर्वाचन मंगलबार ११ बजे सम्मका लागि सारेको जनाएको हो । प्रमुख प्रतिपक्षी दल […]

भ्रष्टाचार आरोपी चूडामणि शर्मालाई अदालत लगियो

काठमाडौं,जेठ,२१- भ्रष्टाचारको अभियोगमा पक्राउ परेका आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई म्याद थपका लागि विशेष अदालतमा पेस गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सादा पोशाकका सुरक्षाकर्मी समेतको उच्च सुरक्षा घेरामा शर्मालाई आज म्याद थपका लागि विशेष अदालतमा पेस गरिएको हो। अदालत परिसरमा सुरक्षा घेरा भित्रैबाट विभागका महानिर्देशक शर्माले आफूले विद्यमान ऐन नियममा उल्लेखित व्यवस्थाअनुसार विधिसम्मत […]

नयाँ प्रधानमन्त्रीका लागि आज संसदमा निर्वाचन हुदै

काठमाडौ,जेठ,२१- व्यवस्थापिका संसदमा आज मुलुकको ४० औं प्रधानमन्त्रीको निर्वाचन हुने भएको छ ।संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालीका अनुसार आज ११ बजे संसद्मा प्रधानमन्त्री निर्वाचनको प्रक्रिया अघि बढ्ने छ । प्रधानमन्त्री पदकालागि नेपाली कांग्रेसका सभापति शेर वहादुर देउवाको एकल उम्मेदवारी परेको छ । विपक्षी दल एमालेको अवरोध कार्यक्रम घोषणाअनुसार यथावत रह्यो भने प्रधानमन्त्री निर्वाचन प्रक्रियामा अवरोध […]

प्रधानमन्त्रीमा देउवा मात्रै उम्मेदवार

काठमाडौ,जेठ, २१- बहुमतीय प्रक्रिया अनुसार प्रधानमन्त्री पदका लागि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको मात्र उम्मेदवारी दर्ता भएको छ । संसद सचिवालयले मनोनयन दर्ताका लागि प्रकाशन गरेको कार्यतालिकाको समयसीमाभित्र काँग्रेस र नेकपा माओवादी केन्द्रको पूर्व समझदारीअनुसार देउवाको मात्र उम्मेदवारी दर्ता गर्नुभएको हो । प्रमुख विपक्षी दल नेकपा एमालेबाट वामदेव गौतमले उम्मेदवारी दिने चर्चा भए पनि उम्मेदवारी […]

लोकमानको मुद्दा फैसला नगर्न प्रधानमन्त्रीको दबाबः प्रधानन्यायाधीश कार्की

काठमाडौ,जेठ,२१- प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानन्यायाधीश सुशीला कार्कीलाई लोकमानसिंह कार्कीको मुद्दा तत्काल फैसला नगर्न दबाब दिएको खुलासा भएको छ। अब म त हिँड्ने बेला भयो,खुलेरै भन्नुपर्छ यो कुरा,’ आगामी बुधबार ६५ वर्षे उमेर हदका कारण निवृत्त हुन लागेको प्रधानन्यायाधीश कार्कीले भनिन्,‘लोकमानको मुद्दा पुनरावलोकनका लागि निस्सा दिएपछि प्रचण्डले बोलाउनु भयो।उहाँ भारत भ्रमणबाट आएको भोलिपल्टैको दिन थियो र […]

सभापति देउवा स्पस्ट बहुमतका साथ प्रधानमन्त्री बन्ने निश्चित’

काठमाडौं, जेठ २०- नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।सभापति देउवाले शनिबार बिहान साढे ११ बजे संसद भवन पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । देउवाको प्रस्तावकमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल रहेका छन् । त्यसैगरी, समर्थकमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष […]