समुदायलाई न्याय दिलाउन सरकारी वकिलको भूमिका महत्वपूर्ण :राष्ट्रपति भण्डारी

काठमाडौँ, पुस  ८– राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायमा पहुँच नपुगेका समुदायलाई न्याय दिलाउन सरकारी वकिलको महत्वपूर्ण योगदान हुने बताउनुभएको छ ।महान्यायाधीवक्ताको कार्यालय नेपालले आज आयोजना गरेको ‘नेपालका सरकारी वकिलहरुको प्रथम सम्मेलन’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले सम्पूर्ण नागरिकलाई न्यायमा पहुँच पुर्याउनका लागि सरकारी वकिलको योगदान हुने बताउनुभयो ।राष्ट्रपति भण्डारीले फौजदारी न्याय प्रशासनको महत्वपूर्ण अङ्गका रुपमा […]

कानून ब्यवशायी परिवर्तनका सम्वाहक

पूर्ण ढकाल बाँके,पौष ८-उच्च उदालत तुल्सीपुर नेपालगंज इजलासका वरिष्ठतम न्यायाधीश डा।कुलरत्न भुर्तेलले  कानून ब्यवशायी समग्र देशको परिवर्तनको सम्वाहक भयकोले देशको महत्त्वपूर्ण  भूमिकामा रहने बताउनु भयो । नेपाल बार एशोसिएसनको ६१ औ स्थापना दिवसको अवसरमा उच्च अदालत वार एशोसिएसन नेपालगंज तथा बाँके जिल्ला बार एशोसिएसनको संयुक्त आयोजनामा बिहिवार नेपालगंजमा आयोजित न्याय सम्पादनमा कानून ब्यवशायीको भुमिका बिषयक […]

विद्युत प्राधिकरण कावासोतीद्धारा एक करोड १७ लाख ९४ हजार एक सय १५ रुपैयाँ असुल

काठमाडौं, पुस ८- नेपाल विद्युत प्राधिकरण  वितरण केन्द्र, कावासोतीले विद्युत महसुल नतिर्ने ग्राहकको लाइन काटेर एक करोड १७ लाख ९४ हजार एक सय १५ रुपैयाँ असुल गरेको छ ।पाँच महिनाको अवधिमा कावासोती केन्द्रले पाँचसय ६२ ग्राहकको लाइन काटेको छ । हुकिङ गरी विद्युत् चोरी गर्ने ६ सय ४९ जनालाई कारबाही समेत गरेको नेपाल विद्युत् वितरण […]

स्थानीय तहको निर्वाचन वैशाखमा र प्रदेश र केन्द्रको निर्वाचन मंसिरमा गर्न सकिने प्रधानमन्त्री

काठमाडौं, पुस ८-  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनवटै निर्वाचन एकैसाथ गर्न नसकिने बताउनुभएको छ । सरकारी वकिलहरुको भेलालाई आज राजधानीमा सम्बोधन गर्दै उहाँले समय अभाव हुने अवस्थामा एकैपटक तीन निर्वाचन गर्न सकिने बताउनुभयो । निर्वाचनको विकल्प नभएको उहाँको भनाइ थियो । प्रधानमन्त्रीले निर्वाचन नभए मुलुक गम्भीर दुर्घटनामा पर्ने भन्दै त्यसबाट कोही पनि भाग्न नमिल्ने स्पष्ट […]

तीन दलकै सहमतिमा संशोधन प्रस्ताव आएको देउवाको जिकिर

काठमाडौं, पुस ८-  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख तीन दलको सहमतिमा संविधान संशोधन प्रस्ताव संसदमा दर्ता भएको दाबी गर्नु भएको छ । नेपाली कांग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय भेलालाई शुक्रबार राजधानीमा उद्घाटन गर्दै सभापति देउवाले सहमतिमा भएको संशोधन प्रस्तावमा विपक्षी एमालेले बखेडा झिकेको आरोप लगाउनुभयो । एमालेका अध्यक्ष केपी शर्मा ओलीले संशोधन प्रस्तावमा हस्ताक्षर गरेको […]

काँग्रेसका कोषाध्यक्षको प्रथम राष्ट्रिय सम्मेलन काठमाण्डौंमा सुरु

काठमाण्डौं ,पौष ८-नेपाली काँग्रेसका कोषाध्यक्षको प्रथम राष्ट्रिय सम्मेलन आज काठमाण्डौंमा सुरु हुँदै छ । पार्टी सञ्चालनका लागि लेवीको व्यवस्थालाई थप व्यवस्थित बनाउने, राष्ट्रिय र अन्तर्रा्ष्ट्रियस्तरमा हुने गरेका आर्थिक व्यवस्थापनको बारेमा वृहत छलफल गर्ने उद्देश्यका साथ यो सम्मेलनको आयोजना गरिएको हो ।नेपालमा क्रियाशील राजनीतिक दलहरूले पार्टी कोष निर्माणका लागि सञ्चालन गरिएका चन्दा अभियान, चन्दा दातालाई दिइएको […]

आफूमाथि हातपात गर्नेलाई कारबाही नगरी छोडिदिन कार्कीको आग्रह

काठमाण्डौं ,पौष ८-अख्तियार दुरुपयोग अनुसन्धानका आयोगका निलम्बित प्रमुख आयुक्त लोमकानसिंह कार्कीले बिहीबार सर्वोच्च अदालतमा आफूमाथि हातपात गर्नेलाई कारबाही नगरी छोडिदिन आग्रह गरेका छन् । निलम्बित प्रमुख आयुक्त कार्कीले आफूमाथि भएको आक्रमण केही महिनादेखि आफूविरुद्ध चल्दै आएको षड्यन्त्रको कडी भएको भन्दै उनीहरु कसैले चालेको गोटीमात्रै भएकाले कारबाही नगरी छोडिन आग्रह गरेका हुन् । प्रहरी नियन्त्रणमा लिएका […]

राजतन्त्र कुनै पनि हालतमा फर्कन नसक्ने :अर्थमन्त्री महरा

सिन्धुली ,पौष ८-उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले राजनीतिक दलहरुबीच केही असमझदारी देखिए पनि मुलुकमा राजतन्त्र कुनै पनि हालतमा फर्कन नसक्ने बताउनु भएको छ ।सिन्धुली महोत्सवको उद्घाटन गर्दै मन्त्री महराले पछिल्लो समयमा राजनीतिक दलहरुका कारण संविधान कार्यान्वयन, संशोधन र स्थानीय निकायको निर्वाचनमा व्यवधान उत्पन्न भए पनि त्यसलाई सरकारले मिलाउने प्रयास गरिरहेको बताउनुभयो । उहाँले पूर्वराजा ज्ञानेन्द्र […]

‘राष्ट्रिय सहमति निर्माण गर्न संविधान संशोधन’ प्रस्ताव दर्ता गरेको :प्रधानमन्त्री

काठमाडौं,पौष ७-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सहमति निर्माण गर्न सजिलो होस् भनेर संविधान संशोधनको प्रस्ताव दर्ता गरिएको बताउनु भएको छ । पाँचौँ धादिङ महोत्सवको यहाँ आज उद्घाटन गर्दै उनले संशोधनको प्रस्ताव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका तत्कालीन सभापति सुशील कोइरालाले पहिले संसद्मा दर्ता गराएको प्रस्ताव भएकाले संविधान कार्यान्वयनका लागि सबैको स्वीकार्यता […]

विप्लव माओवादी कार्यकर्ताहरुद्धारा कार्कीलाई सर्वोच्च अदालत भित्रै कालोमासो दले

बाँके,पौष ७-विप्लव नेतृत्वको नेकपा माओवादी कार्यकर्ताहरुले अख्तियारका निलम्वित प्रमुख लोकमान सिंह कार्कीलाई सर्वोच्च अदालत परिसर भित्रै कालोमासो दलेका छन् ।ाफु बिरुद्ध परेका रिटको पेशी बुझ्न अदालतमा उपस्थित भएका कार्कीलाई माओवादीका कार्यकर्ताले भ्रष्टाचारीलाई कार्बाही गर भन्दै नारा लगाएर कालोमोसो दलेको प्रत्यक्षदर्शीले बताएका छन् । कालोमोसो दले पछि नारा लगाएका माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय […]