१७ जलविद्युत कम्पनीको अनुमति पत्र खारेज

काठमाडौं,माघ,१४-विद्युत विकास विभागले १७ जलविद्युत कम्पनीको सर्वेक्षण अनुमति पत्र खारेज गरेको जनाएको छ । सर्वेक्षणको अनुमती पाएका जलविद्युत कम्पनीको अनुमती पत्र नविकरणका लागि विभागले सूचना जारी गरेको थियो । विभागले तोकेको समयमा नविकरण नगर्ने विभिन्न १७ जलविद्युत आयोजनाको अनुमति पत्र रद्ध गरेको जनाएको छ । कोरोनाका कारण प्रभावित आयोजनालाई यसको प्रभाव कम हुँदै गएपछि दस्तुरसहित […]

कारबाहीको निर्णय भएपछि बतासले बुझायो पशुपति धर्मशालाको एक करोड भाडा

काठमाडौं,माघ,१३-सरकारले सम्झौता खारेजीको प्रक्रिया अगाडि बढाएसँगै पशुपति धर्मशालामा होटेल सञ्चालन गरिरहेको होटेल आनन्द प्रालि (बतास समूह)ले झन्डै एक करोड भाडा बुझाएको छ । पर्यटन मन्त्रालयले गठन गरेको छानबिन समितिले होटेलले करिब एक वर्षको ९९ लाख ८४ हजार ६ सय ६६ रुपैयाँ भाडा असुलउपर गर्न बाँकी रहेको औँल्याएको थियो । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा […]

६ महिनामा चार अर्ब राजस्व संकलन

विराटनगर,माघ,१३-आन्तरिक राजस्व कार्यालय विराटनगरले चालू आर्थिक वर्षको ६ महिनामा चार अर्ब १६ करोड ६७ लाख ६४ हजार राजस्व संकलन गरेको छ । सो अवधिमा कार्यालयले चार अर्ब ३८ करोड ७३ लाख ८७ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । निर्धारित लक्ष्यभन्दा २२ करोड ६ लाख २२ हजार कम राजस्व कम संकलन भएको हो । […]

राष्ट्रियसभा निर्वाचनमा १९ मध्ये १८ पदमा गठबन्धनका उम्मेदवार विजयी

काठमाडौं,माघ,१३-राष्ट्रिय सभामा रिक्त हुने १९ पदका लागि भएको निर्वाचनको नतिजा गठबन्धनको पोल्टामा परेको छ । सार्वजनिक नतिजा अनुसार लुम्बिनी, सदूरपश्चिम, बागमती र गण्डकी, र कर्णालीमा गठबन्धनको प्यानल विजयी भएको छ । प्रदेश १ मा भने एक सिट प्रमुख प्रतिपक्षी नेकपा एमालेले हत्याउन सफल भएको छ । लुम्बिनीको राष्ट्रियसभा सदस्यको तीन रिक्त पदमा एमालेका उम्मेदवारलाई हराउँदै […]

राष्ट्रियसभा निर्वाचनको मतदान सुरु

काठमाडौं,माघ,१२-राष्ट्रियसभामा रिक्त हुने २० मध्ये १९ सदस्य पदका लागि मतदान सुरु भएको छ। मुलुकका विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा अहिले बिहान ९ बजेदेखि मतदान सुरु भएको हो । आज ३ बजे मतदान सकिएलगत्तै मतगणना सुरु हुने र आजै नतिजा सार्वजनिक हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनका लागि प्रदेशसभा सदस्य तथा […]

पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द

काठमाडौं,माघ,१२-सरकारले नेपाल-भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द गर्ने निर्णय गरेको छ । बतास समूहले सञ्चालन गर्दै आएको सो धर्मशालाको सम्झौता फिर्ता लिइएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले बताउनु भएको छ । मन्त्रीस्तरीय निर्णयबाट धर्मशाला सञ्चालनका लागि व्यावसायिक फार्म बतास समूहसँग सम्झौता रद्द भएको उहाँले बताउनुभयो । पशुपति क्षेत्र विकास समितिका कोषाध्यक्ष […]

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बस्दै

काठमाडौ,माघ,८-प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाउनु भएको छ।अहिले केही बेरमा प्रधानमन्त्ती निवास बालुवाटारमा बैठक बस्ने बताइएको छ। प्रधानमन्त्री देउवाले संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गर्न सर्वदलीय बैठक राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।   बैठकमा निर्वाचनका बारेमा छलफल हुने बताइएको छ । यसअघि पुस ४ गतेको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी भएको […]

प्रधानमन्त्रीको सम्बोधनमा संसद सुचारु गर्नेदेखि स्वास्थ्य र अर्थतन्त्र सुधारसम्मको दाबी

काठमाडौं,माघ,७-प्रधानमन्त्री शेरबहादुर देउवाले संवाद र सहमतिको माध्यमबाट संसद् सुचारु गर्ने बताउनुभएको छ ।संसद् सुचारु भएपछि सबै दलसँग छलफलको माध्यमबाट सहमति जुटाएर नै विचाराधीन विषयलाई निष्कर्षमा पुर्‍याउने उहाँको भनाइ छ । सरकार बनेको ६ महिनापछि देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सरकारमाथि एक वर्षभित्र तीन तहको निर्वाचन गर्नुपर्ने दायित्व रहेको बताउँदै निर्वाचनको पूर्वतयारीका आवश्यक काम सम्पन्न […]

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मधेशमा एमाले र लोसपाको सहमति

काठमाडौं,माघ,६-अगामी १२ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनका लागि मधेश प्रदेशमा नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच सहमति भएको छ । सहमतिअनुसार प्रदेशको अन्यतर्फबाट एमालेको उम्मेदवार उसमान अन्सारी र महिलातर्फ लोसपाकी उमेदवार रुपाकुमारी यादवलाई मतदान गर्न राष्ट्रिय सभा मतदाताहरूसमक्ष अपिल गरिएको छ ।   एमाले मधेश प्रदेश कमिटीका अध्यक्ष रामऔतार यादव र लोसपा मधेश प्रदेश […]

कोरोनाका कारण कांग्रेसको १६ जिल्लाको अधिवेशन अनिश्चित

काठमाडौं,माघ,६-नेपाली कांगेसको १६ जिल्ला कार्यसमितिको अधिवेशन अनिश्चित भएको छ । कोरोनाको तेस्रो लहरका कारण जोखिम बढेसँगै माघ १५ गतेका लागि तय भएको १६ जिल्लाको अधिवेशन स्थगित हुने निश्चित छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले यसबारे औपचारिक निर्णय भने लिएको छैन ।   सरकारले कोभिडको तेस्रो लहर रोकथामका लागि भन्दै लागू गरेको निर्देशिकामा २५ जनाभन्दा बढी […]