माओवादी पदाधिकारीको जिम्मेवारी तोकियो

काठमाडौं,साउन,२१-नेकपा माओवादी केन्द्रले पदाधिकारीसहित ४ सय ७ जना केन्द्रीय सदस्यहरूको जिम्मेवारी तोकेको छ। आइतबार बिहान बसेको पदाधिकारी बैठकले नेताहरू जिम्मेवारी तोकेको हो। कार्यविभाजनसम्बन्धी प्रस्ताव अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय समिति बैठकमा पेस गर्ने बताइएको छ। जिम्मेवारी बाँडफाँट अनुसार अध्यक्ष दाहाललाई समग्र पार्टीको जिम्मेवारी दिएको छ।उपाध्यक्ष अग्निप्रसाद सापकोटालाई प्रचार प्रसारको जिम्मेवारी दिएको छ। उपाध्यक्ष कृष्णबहादुर महरालाई पार्टी […]

राज्यसत्ता नै लुटपाट र भ्रष्टाचारमा लागेको छ : चित्रबहादुर केसी

काठमाडौं,साउन,१९-राज्य व्यवस्था तथा सुशासन समितिका सभापति चित्रबहादुर केसीले राज्यसत्ता नै लुटपाटमा लागेको बताउनुभएको छ।शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति केसीले राज्यसत्ता नै लुटपाट र भ्रष्टाचारमा लागेको बताउनुभएको हो। उहाँले कुनै पार्टी र व्यक्ति विशेषमात्र नभई सम्पूर्ण राज्यसत्ता नै लुटपाटमा सामेल भएको बताउनुभयो।सभापति केसीले राज्य व्यवस्था तथा सुशासन समितिमा सभापतिको […]

एनआरएनए जापानको सचिवमा अर्जुन थापा (बगाले) को उमेदवारी

टोकियो,जापान,साउन,७-गैर आवासिय नेपाली संघ (एनआरएनए) जापानको सचिव पदका लागी अर्जुन थापा (बगाले) ले उमेदवारी दिनु भएको छ। आगामी जुलाई ३० तारिख हुने निर्वाचनका लागी उहाँले गैर आवासिय नेपाली संघ (एनआरएनए) जापानको ११ औं सचिव पदका लागी उमेदवारीको घोषणा गर्नु भएको बिहानी अनलाईनलाई जानकारी दिनुभयो। सचिव पदका उमेदवार थापाले “विधि, विधान र नीतिमा सबलीकरण !! पारदर्शी एनआरएनएमा […]

सत्तापक्षकै सांसदले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा

काठमाडौं,साउन,५-नेपाली कांग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गर्नुभएको छ। शुक्रबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसद शर्माले सुन तस्करीको बारेमा छानबिनमा सघाउन उहाँले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग गर्नुभएको हो। सांसद शर्माले मन्त्रीद्वयले राजीनामा दिएर छानबिनमा सघाउनुपर्ने बताउनुभयो।अर्थमन्त्री र गृहमन्त्रीलाई […]

प्रधानमन्त्री दाहाल भोलि इटाली जाँदै

काठमाडौं,साउन,५-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि शनिबार बेलुका इटाली जानुहुने भएको छ। युनाइडेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मुभमेन्टको कार्यकममा भाग लिन प्रधानमन्त्री दाहाल साउन ६ गते इटाली जान लाग्नु भएको हो। दाहाल इटालीबाट साउन ११ गते स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।प्रधानमन्त्री दाहालको भ्रमण दलमा २० सदस्य रहनेछन्।

सुन प्रकरणको अनुसन्धान निष्कर्षमा पुग्ने गरी हुन्छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं,साउन,४-गृहमन्त्री नारायणकाजी श्रेष्ठले एक क्वीन्टल सुन प्रकरणको अनुसन्धान स्वतन्त्र, निष्पक्ष र निष्कर्षमा पुग्ने गरी हुने बताउनुभएको छ। उहाँले यस्ता घटनाहरुबारे प्रधानमन्त्री पुष्पकमल दाहाल र आफूले दोषीलाई कारबाहीको दायरामा ल्याउन र निर्दोष नफसून भनेर यस अघि नै सम्बन्धित निकायलाई निर्देशन दिईसकेको पनि स्मरण गराउनुभयो। बिहीबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सुरक्षा निकायका पूर्व उच्चअधिकारीहरुसँगको छलफल पछि गृहमन्त्री श्रेष्ठले […]

संसदका दुवै सदनबाट बजेट पारित

काठमाडौं,असार,२९-सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०र०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) सङ्घीय संसद्का दुवै सदनबाट पारित भएको छ। राष्ट्रिय सभाको बिहीबारको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८० बहुमतले पारित गरेको हो। बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो।त्यसअघि विनियोजन […]

प्रधानमन्त्री प्रचण्डले १३ वर्षमा बुवा,छोरी,छोरा र पत्नीको साथ गुमाउन पर्यो

काठमाडौं,असार,२७-जनयुद्धबाट शान्ति प्रक्रियामा आएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चार जना परिवार भित्रका सदस्य गुमाउनुपर्‍यो।सुरुमा बुवा त्यसपछि १० वर्षको अवधिमा जेठी छोरी, छोरा गर्दे पत्नीले साथ छोडे। पारिवारिक बियोगका कारण आफूले राजनीतिक उतार चढाब व्यहोर्नु परेको स्वयं दाहालले व्यक्त गर्दै आउनुभएको छ।वनबासदेखि बालुवाटारसम्म साथ दिएकी पत्नीको निधनले उहाँ राजनीतिक जीवनमा अपूरणीय क्षति थपिएको छ। पत्नी […]

आज कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं,असार,२७-नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बुधबार बस्दैछ। विधान अनुसार प्रत्येक दुई महिनामा बस्नुपर्ने केन्द्रीय समिति बैठक एक वर्षपछि केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक सुरु हुनेछ। यस बीचमा पटक पटक बैठकको मिति तोक्दै सार्दै गरिएको थियो। केन्द्रीय समिति बैठक बुधबार बिहान ९ बजे पार्टी पदाधिकारी र पूर्व पदाधिकारीहरु बसेर बैठकका एजेण्डालाई अन्तिम रूप दिने […]

प्रधानमन्त्रीमाथि चलाइएका भ्रमहरु साफ भएर सत्य स्थापित भएको छ : सांसद दाहाल

काठमाडौं,असार,२५-नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले प्रधानमन्त्रीमाथि चलाइएको भ्रमहरु हटेको बताउनुभएको छ। सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद दाहालले प्रधानमन्त्रीले भावनात्मक रुपमा दिनुभएको अभिव्यक्तिको सम्बन्धमा चलाइएको भ्रम प्रधानमन्त्रीको सम्बोधनपछि हटेको बताउनुभएको हो। सांसद दाहालले निश्चित उद्देश्यसहित चलाइएको भ्रम हटेर सत्य स्थापित भएको बताउनुभयो।आगामी दिनमा संसदलाई नीति निर्माण र ऐन, कानून निर्माण गर्ने आफ्नो भुमिकालाई […]