हामीलाई प्रधानमन्त्रीको राजीनामा चाहिएको छ : अध्यक्ष ओली

काठमाडौं,असार,२०-प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा चाहिएको बताउनुभएको छ। राष्ट्रिय स्वाधिनता, स्वाभिमान, संविधान र संसदमाथिनै घोर अपमान हुने खालको अभिव्यक्ति आएकाले प्रधानमन्त्री दाहालले राजीनामा दिन आवश्यक रहेको ओलीको प्रष्टिकरण थियो। प्रधानमन्त्री दाहालले केही दिन अघि भारतीय नागरिक प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन भारतसँग पटकपटक पहल गरेको अभिव्यक्ति […]

एसईईको परीक्षाफल भोलि शुक्रबार सार्वजनिक गर्ने बोर्डको तयारी

काठमाडौं,असार,२१-राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षाफल भोली शुक्रबारभित्रै सार्वजनिक गर्ने तयारी गरेको छ। बोर्ड स्रोतका अनुसार परीक्षाफल सार्वजनिक गर्नका लागि सबै तयारी अन्तिम चरणमा पुगेको छ।नतिजा प्रकाशनका लागि नतिजा रूजु गर्ने र इन्ट्री गर्नेजस्ता काम भइरहेका छन्। बोर्डले यसअघिको जस्तै लेटर ग्रेडिङमा नतिजा प्रकाशन गर्न लागेको हो।एसईईको नतिजा वेबसाइट,एसएमएस र आईभीआरबाट हेर्न […]

प्रतिनिधी सभा बैठक चल्दै (प्रत्यक्ष लाईभ )

काठमाडौं,असार,१७-प्रतिनिधि सभाको बैठक चलिरहेको छ। प्रत्यक्ष लाईभ हेर्न तल दिएको लिंकमा क्लिक गर्नुहोला ।https://www.youtube.com/live/X76Vifhyz8U?feature=share

संसदमा सरकारमाथिको विश्वास घटेको एमाले अध्यक्ष ओलीको टिप्पणी

काठमाडौं,असार,१३-प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सरकारमाथिको विश्वास घटेको टिप्पणी गर्नु भएको छ। बुधबार प्रतिनिधिसभामा मतदानमार्फत् बजेट पारित भएलगत्तै उहाँले सञ्चारकर्मीमाझ सो प्रतिक्रिया व्यक्त गर्नु भएको हो।अध्यक्ष ओलीले संसदमा प्रधानमन्त्रीमाथिको विश्वास ९९ दशमलव ९९ प्रतिशतबाट झरेर ५३ प्रतिशतमा पुगेको देखिएको बताउनु भयो। एमालेको माग अनुसार बजेट पारित गर्नका लागि […]

गाडी दुर्घटनामा घाइते सुदूरपश्चिमका कानूनमन्त्री सिंहको निधन

कैलाली,असार,५-बझाङको केदास्यु गाउँपालिका–१ को धारछडामा गाडी दुर्घटना हुँदा गम्भीर घाइते भएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । मंगलबार दुर्घटनामा परि गम्भिर घाइते हुनुभएको सिंहलाई थप उपचारका लागि हेलीकोप्टरबाट नेपालगञ्ज लगिएको थियो । सिंहको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ । सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी […]

मेयर बालेनको चेतावनी पछी ‘आदिपुरुष’ को संवाद सच्याइयो

काठमाडौं,अषाढ,१-नेपालमा विवादित बन्न पुगेको दक्षिण भारतीय फिल्म‘आदिपुरुष’ मा माता सीताबारे राखिएको विवादास्पद संवाद फिल्म निर्माताले हटाएका छन् । “सीता भारतकी छोरी” भनी राखिएको संवाद नेपालमा विवादास्पद भएपछि निर्माताले हटाएका हुन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले संवाद नसच्याए काठमाडौंमा हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने चेतावनी दिएकाले फिल्मबाट उक्त संवाद हटाइएको भारतीय संचार माध्यमहरुले जनाएका छन् । […]

नेपालसँग सीमासहित सबै मुद्दाको समाधान गर्ने भारतीय प्रधानमन्त्री मोदीको भनाई

काठमाडौं,जेठ,१८-भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग सीमासहित सबै मुद्दाको समाधान गर्ने बताउनु भएको छ । भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहालसँग द्विपक्षीय भेटवार्ता गरेपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले उक्त कुरा बताउनु भएको हो । उहाँले दुई मुलुक मिलेर सीमासहित सबै मुद्दाको समाधान गर्ने र भारत र नेपालको धार्मिक र सांस्कृतिक सम्बन्ध […]

रेशम चौधरीलाई आममाफी दिने निर्णय विरुद्धको रिटमा आज सर्वोच्चमा सुनुवाइ

काठमाडौं,जेठ,१७-टीकापुर घटनामा मूख्य दोषी ठहर भएका पूर्व सांसद रेशम चौधरीलाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णय विरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा बुधबार सुनुवाइ हुने भएको छ। टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा बोहरा कडायतले गत आइतबार दिएको रिट मंगलबार सर्वोच्चमा दर्ता भएलगत्तै आजका लागि पेशी तोकिएको हो । टीकापुर घटनाका मुख्य योजनाकारका […]

रवि लामिछानेको मुद्दामा आजदेखि सुनुवाइ

काठमाडौं,जेठ,१७-राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सांसद हुन अयोग्य रहेको भन्दै परेको रिटमा बुधबार पेशी तोकिएको छ । लामिछानेले पुनः नागरिकता प्राप्ति गर्दा पनि प्रक्रिया पूरा नगरेको भन्दै गत बुधबार कानुन व्यावसायी युवराज सफलले दिएको रिटमा बुधबारदेखि प्रारम्भिक सुनुवाइ हुने भएको हो । रिट निवेदकले अमेरिकी नागरिकता त्याग गरेको निस्सा पेस नगरी लामिछानेले नेपाली नागरिकताको […]

प्रधानमन्त्री पुष्पकमल दाहाल आज भारत भ्रमणमा जाँदै

काठमाडौं,जेठ,१७-प्रधानमन्त्री पुष्पकमल दाहालको चार दिने भारत भ्रमण बुधबारदेखि सुरु हुँदैछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा भारत भ्रमणमा जान लाग्नु भएका प्रधानमन्त्री दाहाल बुधबार दिउँसो १ बजे नेपाल वायुसेवा निगमको विमानबाट नयाँ दिल्ली प्रस्थान गर्दै हुनुहुन्छ । भ्रमण टोलीमा आधा दर्जन मन्त्रीहरु, सचिवहरु, ब्यापारीहरुलगायत पाँच दर्जन बढी रहने बुझिएको छ । परराष्ट्रमन्त्री एनपी साउद, भौतिक […]