काठमाण्डौं, फागुन ३- मान्छेहरु यताको उता,उताको यता हामी जहाँ रहेपनि हाम्रो देश नेपाल अनि यहाँको धर्म सँस्कृती जहाँको त्यही रहन्छ । यहि क्रममा प्युठान जिल्ला हङ्सपुर ढाबमा जन्मनु भएका शब्द सर्जक टुक सारु मगर नेपाली मौलीक लोक संगितका दजर्नौ गितमा लय शब्द भर्दै चर्चामा आउनु भएको छ । उहाँ अहिले साउदीलाई कर्म थलो बनाउदै आउनु […]
समाचार
सुर्खेत उपत्यकालाई भेरी नदीको पानी
सुर्खेते, फागुन २-सुर्खेत उपत्यकामा खानेपानी संकट टार्न खानेपानी उपभोक्ता संस्थाले वैकल्पिक स्रोत व्यवस्थापनलाई तीव्रता दिएको छ । वीरेन्द्रनगरवासीले हालै उपभोग गर्दै आएको झुप्रा खोलासंगै आगामी फागुन मसान्तसम्म खरीबरी पानी समेत पाउने भएको हो । दुई अलग खरीबारी खोलाको महानबाट ३५ लिटर प्रतिसेकेण्ड पानी आपूर्ती गराउने एक मात्र निकाय हो । संस्थाका अध्यक्ष कुलमणि देवकोटाले खरीबरी […]
किसानलाई परिचयपत्र वितरण
बाँके,फल्गुन ३-कृषि विकास कार्यालयले यहाँका ६ हजार ५ सय ७६ किसानलाई परिचयपत्र वितरण गरेको छ । कार्यालयका अनुसार चालु आर्थीक वर्षमा ४ हजार ५ सय र गत वर्ष २ हजार ७६ किसानलाई परिचयपत्र प्रदान गरिएको हो । कार्यालयका अनुसार किसानलाई पहिचान गरी उनीहरुको व्यक्तीगत विवरण,परिवार सदस्य संख्या,खेतीको विवरण,उत्पादनको विवरण लगायत तथ्याँक राखिएको कार्यालयले जनाएको छ […]
भ्यालेन्टाइन डे आज विश्वभर मनाईंदै, नेपालमा विशेष कार्यक्रम
काठमाडौं, फागुन ३ – विश्वभर आज भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाईंदै छ । यो दिन प्रेमिप्रेमिकाले एक अर्कालाई विभिन्न उपहार दिएर माया दर्शाउने तथा आफूलाई मन परेका व्यक्तिसमक्ष प्रेम प्रस्ताव राख्ने गर्छन् । विशेष गरी युवा युवतीले यसलाई विशेष चाडकै रुपमा मनाउँछन् । दिवसमा रातो गुलाफ खोज्नेदेखि फेसबुकमै माया साटासाट गर्नेहरु पनि भेटिन्छन् । […]
स्ववियु निर्वाचनमा १० वटा विद्यार्थी संगठनले भाग लिने प्रतिवद्धता
काठमाण्डौं,फागुन २-फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा १० वटा विद्यार्थी संगठनले भाग लिने प्रतिवद्धता जनाएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा अनेरास्ववियू, नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, मधेशी विद्यार्थी फोरम लोकतान्त्रिक, अखिल पाँचौ, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका नेताहरूले तोकिएकै मितिमा निर्वाचन गर्न आफुहरू तयार रहेको बताए । अनेरास्ववियू विद्यार्थी संगठ्नकी अध्यक्ष […]
माघ ७ गतेभित्र तीनवटै तहको निर्वाचनमा सघाउन प्रधानमन्त्रीको आग्रह
काठमाण्डौं,फागुन २-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगत ७० वर्षदेखिका जनक्रान्ति तथा जनआन्दोलनको उपलब्धिको रक्षार्थ संविधान कार्यान्वयनको विकल्प नभएको बताउनुभएको छ । छैटौंँ विश्व रेडियो दिवसका अवसरमा सामुदायिक रेडियो प्रसारक सङ्घ (एर्कोयाव)ले आज आयोजना गरेको कार्यक्रममा उहाँले संविधान कार्यान्वनका लागि आगामी माघ ७ गतेभित्र तीनवटै तहको निर्वाचन गर्ने कार्यमा सघाउन सबैसँग आग्रह गर्नुभयो । संविधानअनुसार निर्वाचन गराउन […]
वन कार्यालयले रुख काट्न रोक लगाएपछि काठ खेर जाने सम्भावना
जाजरकोट,फागुन २-जाजरकोट जिल्ला वन कार्यालयले सुकेका सल्लीका रुख काट्न रोक लगाएपछि काठ खेर जाने सम्भावना बढेको छ । विभिन्न खोटो कम्पनीहरुले जथाभावी खोटो निकालेपछि सल्लीका रुख सुकेका थिए । सुकेका रुखहरु विभिन्न वन समूहले कुहिन र जल्नबाट जोगाउन सुकेको काठ बिक्री गर्ने तयारी गरेका बेला जिल्ला वन कार्यालयले बिक्री वितरणमा रोक लगाएको हो । वन […]
रोल्पामा गर्भपतन गराउने ४१ महिलामध्ये १८ जना २० वर्षमुनिका
रोल्पा,फागुन २-चालु आवमा रोल्पा जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा गर्भपतन गराउने ४१ महिलामध्ये १८ जना २० वर्षमुनिका छन् । सरकारले गत मङ्सिरदेखि निःशुल्क रुपमा गर्भपतन सेवा सुरु गरेसँगै यो सेवा लिने महिलाको सङ्ख्या वृद्धि भएको जिल्ला जनस्वास्थ्य कार्यालय रोल्पाका पब्लिक हेल्थ नर्स आशा थापाले जानकारी दिनुभयो । असुरक्षित र अनपेक्षित गर्भ भएका महिलालाई यो सेवा फलदायी […]
बैंकबाट हराएको २३ लाख रुपैयाँ कर्मचारीकै भाउजुको घरमा फेला
धनगढी,फागुन २-नेपाल इन्भेष्टमेन्ट बैंक धनगढी शाखाबाट हराएको भनिएको करिब २३ लाख रुपैयाँ चोरीमा कर्मचारीकै संलग्नता फेला परेको छ । गायव भएको भनिएको रकम गोविन्द उपाध्यायले लगेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन चन्दले जानकारी दिनुभयो । वैंकबाट लगिएको रकम उहाँले भाउजुको घरमा भेटिएको छ । रकम चोरीमा संलग्न बैंकका कर्मचारी गोविन्द उपाध्यायलाई प्रहरीले […]
कोहलपुरमा हुने महोत्सवको अवसरमा बृहत सरसफाइ
कोहलपुर, फागुन २-कोहलपुरमा हुन लागेको कोहलपुर महोत्सव अवसरमा आज कोहलपुरमा बृहत सरसफाइ कार्यक्रमको आयोजना गरीएको छ ।रुद्राक्ष फिल्मस् प्रालि कोहलपुर र ग्रिन सिटी युथ क्लव कोहलपुरको संयुक्त आयोजनमा सञ्चालन हुन लागेको महोत्सवको अवसरमा कोहलपुर क्षेत्रमा सरसफाइ आयोजना गरीएको महोंत्सवका संयोजक रुद्र खनालले बताउनुभयो । कोहलपुर चौराहाबाट सुरु भएको सरसफाइ कार्यक्रम कोहलपुर बजार क्षेत्र, न्यूरोड, बसपार्क, […]