काठमाडौं,फाल्गुन,१३-रुसले बिहीबार युक्रेनमा सैन्य हमला गरेसँगै त्यहाँ जारी संकटले नयाँ मोड लिएको छ। पूर्वी युरोपमा पर्ने युक्रेनमा रुसको आक्रमणपछि आपत्कालीन अवस्था घोषणा गरिएको छ। युक्रेन सरकारले आफ्नो हवाई क्षेत्र तत्कालका लागि बन्द गरेको छ। युक्रेन सरकारले सूचना जारी गर्दै कसैलाई पनि घर बाहिर ननिस्कन आग्रह गरेको छ। युक्रेनसमेत हेर्ने जिम्मा पाएको बर्लिनस्थित नेपाली दूतावासका अनुसार […]
Flash
ब्रेकिंग न्यूज : प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं,फागुन,१२-प्रतिनिधिसभाको बिहीबारको बैठक स्थगित गरिएको छ ।संसद भवनमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सरकारले एक दिनको समय मागेपछि आज बिहीबारको प्रतिनिधिसभा बैठक स्थगित गर्ने निर्णय गरेको हो । संघीय संसद सचिवालयले प्रतिनिधिसभाको बैठक स्थगित गरेको सूचना टाँसेको छ।बैठक स्थगित भएसँगै दलहरू आन्तरिक छलफलमा जुट्ने भएका छन् । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक शुक्रबार […]
लोक गायक तथा कलाकार जयनन्द लामाको आज अन्तिम संस्कार गरिँदै
काठमाडौं,फागुन,१२-लोक गायक तथा कलाकार जयनन्द लामाको आज बिहीबार अन्तिम संस्कार गरिँदैछ ।बुधबार बिहान निधन भएका लामाको आज स्वयंभुमा बौद्ध परम्परा अनुसार अन्तिम संस्कार गरिने परिवारले जनाएको छ । लामाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि बिहान १० देखि १२ बजेसम्म जमलस्थित नेपाल सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा राखी स्वयम्भूमा अन्तिम संस्कार गरिनेछ । उनको परिवारमा पत्नी […]
‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै
काठमाडौं,फागुन,१२-सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन् ।१३ औं अर्थात् अन्तिम चरणको खेलअन्तर्गत आज दुई खेलहरु हुन लागेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लबबीच दिउँसो १ बजे प्रतिस्पर्धा हुनेछ । आज हिमालयन र फ्रेन्ड्स जित निकाल्दै अंक तालिका सुधार गर्ने योजनामा हुनेछन् । १३ अंक […]
विश्वकप छनोट : तेश्रो स्थानको लागि आज नेपाल र ओमान खेल्दै
काठमाण्डौं,फागुन,१२-ओमानमा जारी टि-ट्वान्टी विश्वकप छनोट प्रतियोगिता अन्तर्गत सेमीफाइनलमा युएईसंग पराजित भएको नेपालले तेश्रो स्थानको लागि आज बिहिबार ओमानसंग खेल्नेछ। युएईसंग पराजित हुँदै नेपालको टि-२० विश्वकप २०२२ छनोट हुने सम्भावना समाप्त भइसकेको छ। नेपाल र ओमान बीचको खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ। खेलको प्रत्यक्ष प्रशारण हिमालय टिभी र युट्युबमा ओएसआर स्पोर्ट्सले गर्नेछ। यस्तै ICC.tv बाट […]
प्रतिनिधिसभाको बैठक आज बस्दै, एमसीसीमाथि छलफल हुने
काठमाण्डौं,फागुन,१२-आज बिहिबार प्रतिनिधिसभाको बैठक बस्दैछ। दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि छलफल हुनेछ। संसद् सचिवालयका अनुसार आजको सम्भावित कार्यसूचीमा एमसीसीमाथि सामान्य छलफल होस् भन्ने प्रस्ताव पेस हुने उल्लेख छ।सो प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेस गर्नुहुनेछ। फागुन ८ गते आइतबार एमसिसी सदनमा टेबल भएको थियो। अर्थमन्त्रीले टेबल गर्ने […]
खप्तड गोल्डकप : उद्घाटनमा मनाङ र दिल्ली भिड्ने
काठमाडौं,फागुन,११-पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकपको उदघाटन खेलमा मनाङ मर्स्याङ्दी क्बल र भारतको दिल्ली फुटबल क्लब भिड्ने भएका छन् । मनाङ र दिल्लीबीचको उदघाटन खेल कैलालीको धनगढी रंगशालामा फागुन १९ गते हुनेछ । सुदुरपश्चिम-११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । आयोजक सुदुरपश्चिम–११ सहित मनाङ, दिल्ली, हिमालयन शेर्पा क्लब, एनजेजेवाईसी फुटबल क्लब, क्यामरुनको […]
आफ्नै कारमा खुट्टा अल्झेर लड्दा कलाकार जयनन्द लामाको निधन
काठमाडौ,फाल्गुन,११-वरिष्ठ लोकगायक तथा कलाकार जयनन्द लामाको बुधबार बिहान निधन भएको छ।उहाँको निधन आफ्नै कारमा अल्झिएर लड्दा भएको प्रहरीको प्रारम्भीक अनुसन्धानले खुलेको छ।प्रहरीका अनुसार कलाकार लामा मंगलबार साँझ ७ बजे मिटिङमा सहभागी हुन भनि बौद्ध जानु भएको थियो। उहाँ बिहान आफ्नै घर अगाडि मृत फेला पर्नु भएको थियो। ‘राति बौद्धबाट फर्किनु भएको थियो। आफ्नै घर अगाडि […]
देशलाई ठग्नेविरुद्ध एक साताभित्र पूरा फिल्म पर्दामा देख्नेगरी काम गर्नेछुः मन्त्री आले
काठमाण्डौं,फागुन,१०-संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले देशलाई ठग्नेहरुको विरुद्धमा एकसाता भित्रमा कारबाहिको दायरा भित्र (ठेगान लगाउने) लागेको बताउनु भएको छ। सोमबार अन्तर्राष्ट्रिय मातृभाषा दिवस-२०२२ का उपलक्ष्यमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको मातृभाषा राष्ट्रिय कविता महोत्वस-२०७८ लाई सम्बोधन गर्दै मन्त्री आलेले एक साता भित्रमा देशलाई ठग्नेहरुका विरुद्धमा कडा कदम चाल्न लागेको बताउनु भएको थियो। […]
एमसीसीको पक्षमा निजीक्षेत्र,विकासमा राजनीति नगर्न दलहरूलाई आग्रह
काठमाडौं,फागुन,१०- रू. ५५ अर्ब बराबरको अमेरिकी सहयोगको एमसीसी सम्झौता अनुमोदनका लागि संसद्मा टेबल भएसँगै राजनीतिमा धुव्रीकरण देखिरहेका बेला निजीक्षेत्रले विकासमा राजनीति नगर्न दलहरूलाई आग्रह गरेको छ । संसद्मा एमसीसी टेबल भएसँगै त्यसको स्वागत गरेको निजीक्षेत्रले विकासमा राजनीति गर्न नहुने बताएको छ । उद्योगी-व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग परिसंघ (सीएनआई) का अनुसार विकासमा राजनीति नगरी दलहरूले […]





