काठमाण्डौं,कार्तिक,७-आज आईतबार राति फुटबल र क्रिकेटमा पाँच महाभिडन्तका खेलहरु हुदैछ्न् । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र लिभरपुलबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार राति ९:१५ बजे युनाइटेडको मैदानमा हुनेछ। प्रिमियर लिगको अंक तालिकामा लिभरपुल १८ अंकसहित तेस्रो स्थानमा र युनाइटेड १४ अंक जोडेर छैटौं स्थानमा छन्। आइतबार राति नै सिजनको पहिलो एलक्लासिको भिडन्त हुनेछ। ला […]
Flash
अब १८ वर्षमुनिकालाई पनि कोरोना खोप लगाईने
काठमाण्डौं,कार्तिक,७-सरकारले अब १८ वर्षमुनि १२ वर्षमाथिका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप चाँडै लगाउन सुरु गर्ने भएको छ।अहिलेसम्म सरकारले १८ वर्षमाथिका नगारिकलाई मात्र कोरोना खोप दिइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोभ्याक्स सुविधामार्फत सोमबार अमेरिकाबाट १ लाख डोज फाइजर खोप नेपाल ल्याइँदै छ। यसपछि १२ वर्षदेखि १८ वर्षसम्मका बालिबालिकालाई खोप दिन सुरु गरिने मन्त्रालयले जनाएको […]
बाढीपहिरोले २ लाख ५८ हजार मेट्रिकटन धानबाली नोक्सान
काठमाडौं,कार्तिक,७-बेमौसमी वर्षात्का कारण आएको बाढीपहिरोले २ लाख ५८ हजार मेट्रिकटन धानबालीको नोक्सान भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले संकलन गरेको प्रारम्भिक तथ्यांकअनुसार प्रदेश नम्बर १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मात्रै कुल ७ अर्ब २२ करोड रुपैयाँ बराबरको २ लाख ५८ हजार ९२ मेट्रिकटन धानमा नोक्सानी पुगेको हो । असोज ३१ गतेदेखि परेको अविरल […]
थप ५ सय १३ जनामा कोभिड संक्रमण, ८ जनाको मृत्यु
काठमाडौं,कार्तिक,६-नेपालमा थप ५ सय १३ जनामा कोभिड–१९ संक्रमण भएको छ ।६ हजार ९ सय ३१ जनामा गरिएको परीक्षणमा ५ सय १३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै देशभर कोभिड संक्रमितको संख्या ८ लाख ८ हजार ५ सय ३४ पुगेको छ । पछिल्लो २४ घण्टामा ८ सय १७ जनालाई निको हुँदा […]
आज नेपाल र इन्डोनेसिया बिच मैत्रीपूर्ण खेल हुने
काठमाडौं,कार्तिक,५-नेपाली यू-२३ राष्ट्रिय फुटबल टिमले आज शुक्रबार इन्डोनेसियाको यू-२३ टिमसँग मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा इन्डोनेसियाको सामना गर्नेछ।नेपाल र इन्डोनेसियाबीचको खेल नेपाली समय अनुसार साँझ ५:४५ बजे सुरु हुनेछ । एएफसी यू-२३ एसियन कप छनोटको तयारी स्वरूप नेपालले इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । छनोटमा नेपाल समूह ‘बी’ मा रहेको […]
कोरोना महामारी अझै एक वर्ष लम्बिने विज्ञहरुको घोषणा
एजेन्सी,कार्तिक,४-विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनाभाइरसको महामारी अझै कम्तिमा एक वर्ष रहने जनाएको छ । संगठनका वरिष्ठ अधिकारी डाक्टर ब्रुस आयलवार्डले कोरोना महामारी आशा गरिएको समयभन्दा निकै ढिलोसम्म रहीरहने चेतावनी दिएका हुन् । विश्वमा कोरोना विरुद्धको खोपको असमान वितरण नैं महामारी नियन्त्रणको मुख्य चुनौती बनेको उनको तर्क छ । डब्लुएचओका अनुसार अफ्रिकी महादेशमा अहिले ५ […]
जापानको निर्यातमा अपेक्षा गरिएभन्दा उच्च वृद्धि
जापान,कार्तिक,४-गत महीना जापानको निर्यात अपेक्षा गरिएभन्दा तीव्र दरमा बढेको छ । योसँगै लगातार सातौं महीना पनि निर्यात दोहोरो अंकले बढेको छ । यसलाई कोरोना भाइरसको महामारी बीच विश्वको आपूर्ति शृङ्खलामा उत्पन्न कमजोर पुनःबहालीको गति ‘डिरेल’ गर्ने जोखिममा रहेको जापानी अर्थतन्त्रको लागि प्रेरणादायक संकेतको रुपमा हेरिएको छ । गत वर्षको सोही अवधिको तुलनामा सेप्टेम्बरमा निर्यात १३ […]
आज पनि दिनभर वर्षा हुने
काठमाडौं,कार्तिक,३-आज पनि देशका विभिन्न स्थानमा वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा पूर्ण बदली रहेको छ । बाँकी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको […]
अमेरिकामा नेपाली व्यवसायीको गोली हानी हत्या
काठमाडौं,कार्तिक,३-अमेरिकाको बोस्टन शहरमा एक नेपाली व्यवसायीको गोली हानी हत्या गरिएको छ । बोस्टन शहर नजिक आफ्नै व्यवसाय गरेर बसेका नेपाली लालकिशोर महासेठको गोली हानी हत्या गरिएको हो । बोस्टन शहरबाट केही किलोमिटर टाढा फल रिभर सिटी, रक स्ट्रीटमा ‘स्टप एन्ड सेभ’ नामकोे खुद्रा पसल सञ्चालन गर्दै आएका उनको पसलमै गोली हानी हत्या गरिएको बताइएको छ […]
नदीको टापुमा फसेका चार जनाको उद्धार
बाँके,कार्तिक,२-सोमबार साँझदेखि राप्ती नदीमा फसेका चार जनाको उद्धार भएको छ। बाँकेको डुडुवा गाउँपालिका ५ खजुरास्थित राप्ती नदीमा मसाहगाउँका ४ जना फसेका थिए। डुडुवा गाउँपालिका ४ का ५५ वर्षीय सौखात नाउ, ४५ वर्षीय साबिर खाँ, ३० वर्षीय प्रमोद लोहनिया र ६० वर्षीय नजिर खाँलाई प्रहरीले उद्धार गरेको हो। माछा मार्न गएका उनीहरु बाढी आएपछि टापुमा फसेका […]







