कञ्चनपुर,कार्तिक,२-आइतबार बेलुकादेखिको अबिरल वर्षाले कञ्चनपुरका अधिकांश बस्ती डुबानमा परेका छन्। महाकाली नदीमा पानीको बहाब उच्च भएपछि नदी तटीय क्षेत्रका बस्ती डुबानमा परेका प्रहरीले जनाएको छ। । महाकाली नदी तटीय क्षेत्रमा पर्ने भीमदत्त नगरपालिको ब्रह्मदेव बजारदेखि पिपरियासम्म र दोधारा–चाँदनी नगरपालिकाको कुतियाकबर, शान्ति टोल, निसानी टोल लगायत बस्ती बाढीको कारण डुबानमा परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी […]
Flash
पहिरोमा पुरिएर डडेलधुरा र कालिकोटमा २ जनाको मृत्यु
डडेल्धुरा,कार्तिक,२-डडेलधुरा र कालिकोटमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ। डडेलधुराको गन्यापधुरा गाउँपालिका १ भात्काडामा ३२ वर्षीय विष्णु अवस्थीको मृत्यु भएको हो। सोमबार राति पहिरो जाँदा सन्ध्या फेन्सी स्टोरमा च्यापिएर विष्णुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। पहिरो जाँदा पसलभित्र बिष्णु च्यापिएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय डडेलधुरा र प्रहरी चौकी भात्काडाबाट खटिएको […]
विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य रमेश महर्जनको असामयिक निधन
काठमाण्डौं,कार्तिक,२-विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य रमेश महर्जनको असामयिक निधनबाट सिङ्गो पार्टी पङ्क्ति स्तब्ध र मर्माहत भएको छ। पार्टीको आज बिहान बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले उहाँको निधन प्रति गहिरो दुःख प्रकट गर्दै शोक प्रस्ताव पारित गरेको छ। एक साताअघि कोभिड-१९ संक्रमण भएपछि ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत अवस्थामा महर्जनको हिजो सोमबार अपराह्न निधन भएको हो। […]
साफ च्याम्पियनसीपको उपविजेता बन्दै राष्ट्रिय फुटबल टोली नेपाल फर्कियो
काठमाडौं,कार्तीक,१-साफ च्याम्पियनसीपमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्यहरु स्वदेश फर्किएका छन् । नेपाली टिम सोमबार बिहान स्वदेश फर्किएका हुन् । माल्दिभ्समा आयोजना भएको प्रतियोगिताको फाइनलमा नेपाली टोली भारतसँग ३–० ले पराजित भएको थियो । साफ च्याम्पियनसीपमा नेपाल फाइनलसम्म पुगेको यो पहिलो अवसर थियो । खेलाडीहरूलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, एन्फा पदाधिकारी, […]
एसियन कप छनोट : नेपाल यू-२३ को अन्तिम टोली घोषणा
काठमाडौं,कार्तिक,१-एएफसी यू-२३ एसियन कपको छनोट चरणका लागि नेपाली यू-२३ राष्ट्रिय फुटबल टोलीको अन्तिम २३ सदस्यीय टोली घोषणा भएको छ । प्रशिक्षक बालगोपाल महर्जनले आइतबार २३ सदस्यीय अन्तिम टोलीको घोषणा गरेका हुन् । माल्दिभ्सको मालेमा शनिबार सम्पन्न साफ च्याम्पियनसिपको उपविजेता बनेको सिनियर टोलीका ६ खेलाडी टोलीमा रहेका छन् । डिफेन्डरद्वय सुमन अर्याल र गौतम श्रेष्ठसँगै मिडफिल्डरहरु […]
नेपाललाई ३-०ले हराउँदै भारत आठौं पटक च्याम्पियन
काठमाडौं,असोज,३१-भारतले १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । माल्दिभ्समा शनिबार भएको फाइनलमा नेपाललाई ३-० गोल अन्तरले पराजित गर्दै भारत च्याम्पियन बनेको हो । भारतको जितमा कप्तान सुनिल क्षेत्री, सुरेश सिंह वाङजाम र साहल अब्दुल समादले समान एक एक गोल गरे । पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको भारतले ४९ औं मिनेटमा सुनिलको गोलबाट […]
साफ च्याम्पियनसिपमा आज उपाधिका लागि नेपाल र भारत भिड्ने
काठमाडौं,असोज,३०-माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको उपाधि भिडन्त आज हुँदैछ । मालेस्थित राष्ट्रिय रंगशालामा हुने फाइनलमा नेपाल र भारत भिड्ने छन् । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुनेछ । आज दुवै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् । पाँच राष्ट्र सहभागी राउण्ड रोबिन लिगको आधारमा भएको प्रतियोगिताको शीर्ष स्थानमा […]
आज विजया दशमी, मान्यजनबाट टीका र आशिर्वाद थापेर मनाइँदै
काठमाडौं,असोज,२९-बडा दशैंअन्तर्गत आज मुख्य दिन अर्थात् विजया दशमी । मान्यजनबाट टीका र आशिर्वाद थापेर मनाइँदै छ । नौं दिनसम्म दशैंघरमा नवदूर्गाको पूजा आराधना गरी आज माता दूर्गा भवानीको प्रसादस्वरुप मान्यजनबाट टीका र जमरा ग्रहण गर्दै हर्षोल्लासपूर्वक मनाइन्छ । साइतमै टीका ग्रहण गर्नेहरुका लागि पञ्चांग निर्णायक समितिले बिहान १० बजेर २ मिनेटलाई उत्तम साइत तोकेको छ […]
वर्षको एक दिन मात्रै खुल्ने तलेजु भवानीको मन्दिर खुल्यो
काठमाडौं,असोज,२८-वर्षमा एक दिन मात्र खुल्ने हनुमानढोकास्थित तलेजु भवानीको मन्दिर आज खुला गरिएको छ । कोरोनाका कारण गत वर्ष बन्द गरिएको यो मन्दिर यस वर्ष खुला गरिएको हो । मन्दिरमा भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ । तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ। तलेजु भवानीलाई विजयादशमीका दिन बिहान मात्र मूल मन्दिरमा फर्काइने जनाइएको […]
आज महानवमी पर्व,सिद्धिदात्रीको पूजा आराधना गरी मनाईदै
काठमाडौं,असोज,२८-आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र […]



