काठमाडौं,कार्तिक,११-नेपालमा विगत २४ घण्टामा थप ५९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार दिएको जानकारी अनुसार सो अवधिमा ८ हजार ४४८ जनाको पीसीआर परीक्षण गर्दा ५२७ जना र २ हजार ५०७ जनाको एन्टिजेन परीक्षण गर्दा ६४ जना गरी ५९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । सो अवधिमा […]
Flash
भारत, बेलायत र अमेरिकाका लागि राजदूत सिफारिस
काठमाडौं,कार्तिक,११-सरकारले तीन भारत, बेलायत र अमेरिकाका लागि राजदूत सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. शंकर शर्मालाई भारत, ज्ञानचन्द्र आचार्य बेलायत र श्रीधर खत्रीलाई अमेरिकाको राजदूतमा सिफारिस गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । शर्मा अमेरिकाका लागि पूर्वराजदूत हुनुहुन्थ्यो भने आचार्य पूर्वपरराष्ट्र सचिव तथा संयुक्त राष्ट्र संघका […]
संसद अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस
काठमाडौं,कार्तिक,११-सरकारले संघीय संसदको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संसदको चालु अधिवेशन बिहीबार मध्यरातिदेखि लागू हुनेगरी अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन बोलाउने र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । भदौ २३ गतेबाट सुरु भएको संसदको चालु अधिवेशन प्रमुख […]
एएफसी यू-२३ आज नेपाल र ताजिकिस्तान भिड्ने
काठमाडौं,कार्तिक,११-एएफसी यू-२३ एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज घरेलु टिम ताजिकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्दैछ । रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपालले घरेलु टिमको सामना गर्नेछ ।नेपाल र ताजिकिस्तानबीचको खेल नेपाली समय अनुसार ७:४५ बजे सुरु हुनेछ । घरेलु टिमविरुद्ध मैदान उत्रदा नेपाल पहिलो अंकको खोजीमा हुनेछ । किनकि नेपालले हारबाट प्रतियोगिताको सुरुआत गरिसकेको छ । छनोटको समूह […]
फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी थप तिन वर्ष नेपालमै रहने
काठमाण्डौं,कार्तिक,११-नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा) तीन वर्षको सम्झौता गर्नु भएको छ । प्रशिक्षक अलमुताइरीले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल एशोसिएसनका प्रतिनिधिसँगको छलफलपछि आफूले थप तीन वर्षका लागि नयाँ सम्झौता गरेको जानकारी दिनुभो।प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालबाट आफूले सम्झौता नवीकरण गरेको बताउनुभयो । यसअघि अलमुताइरीले साफ […]
चीनबाट १० लाख मात्रा भेरोसेल खोप नेपाल आइपुग्यो
काठमाडौं,कार्तिक,१०-कोभ्याक्स सुविधा अन्तर्गत चीनबाट कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको थप मात्रा नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले १० लाख २० हजार मात्रा भेरोसेल खोप आइपुगेको जानकारी दिए । उनका अनुसार सो खोपलाई टेकुस्थित भण्डारण केन्द्रमा राखिएको छ । यही कात्तिक ८ गते अमेरिकाले कोभ्याक्स मार्फत एक लाख ६२० मात्रा फाइजर […]
एसियन कप छनोट : आज नेपाल र इरान बिच खेल हुने
काठमाडौं,कार्तीक,८-एएफसी यू-२३ एसियन कप छनोटमा नेपालले आज सोमबार बलियो टिम इरानविरुद्ध प्रतिस्पर्धा गर्दैछ । ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपालले इरानको सामना गर्नेछ । नेपाल र इरानबीचको खेल नेपाली समय अनुसार दिउँसो ४:४५ बजे सुरु हुनेछ । इरानविरुद्ध मैदान उत्रदा नेपाल सुखद सुरुआत गर्ने योजनामा हुनेछ । नेपाली टिमका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले छनोटमा राम्रो […]
ला लिगा:बार्सिलोनालाई हराउँदै रियल शीर्ष स्थानमा
काठमाडौं,कार्तीक,८-रियल मड्रिडले बार्सिलोनालाई हराउदै जित निकालेको छ ।स्पेनिस ला लिगा अन्तर्गत सिजनको पहिलो एल क्लासिको भिडन्तमा रियल मड्रिडले जित निकालेको छ । आइतबार राति भएको खेलमा रियलले बार्सिलोनालाई २-१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको मैदानमा रियललाई जित दिलाउन डेभिड अलाबा र लुकास भास्क्वेजले एक एक गोल गरे।बार्सिलोनाका सर्जियो अग्युरोले एक गोल फर्काए । रोड्रिगोको […]
लिभरपुलसँग म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार
एजेन्सी,कार्तिक,८-म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार घरेलु मैदान ओल्ड ट्राफर्डमा चिर परिचित प्रतिद्वन्द्वी लिभरपुलसँग लज्जास्पद हार बेहोरेको छ । फरवार्ड मोहमद सलाहको सानदार ह्याट्रिकमा लिभरपुल ५-० को जित दर्ता गर्न सफल भएको हो । फरवार्ड मोहमद सलाहले सानदार प्रदर्शन गरेपछि लिभरपुलले पहिलो हाफमा ४-० को अग्रता लिएको हो।सलाहकै पासमा मिडफिल्डर नाबी केइटाले गोल गर्दै […]
भारतमाथि पाकिस्तानको सानदार जित
काठमाडौं,कार्तिक,८-पाकिस्तानले आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा विजयी सुरुआत गरेको छ । दुबईमा आइतबार राति चिरपरिचित प्रतिद्वन्दी भारतलाई १० विकेटले पराजित गर्दै पाकिस्तानले सुखद सुरुआत गरेको हो । यससँगै पाकिस्तानले विश्वकपमा भारतमाथि पहिलो पटक ऐतिहासिक जित निकालेको छ । यस अघि पाकिस्तानले विश्वकपमा भारतलाई हराउन सकेको थिएन । यस्तै भारत पहिलो पटक टी-ट्वान्टी अन्तराष्ट्रियमा १० विकेटले पराजित भएको […]




