काठमाण्डौं,चैत्र,१४-थ्री नेसन्स कप अन्तर्गत नेपाल र बङ्गलादेश बिचको खेल आज रहेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यस रोमाञ्चक भिडन्त साँझको ५:३० बजेबाट सुरु हुनेछ। यस खेल नेपाल र किर्गिस्तान ओलम्पिक टिमलाई महत्त्वपूर्ण रहेको छ। नेपालले आज बङ्गलादेश विरुद्ध कम्तीमा बराबरीको नतिजा निकालेपनि फाइनल प्रवेश गर्नेछ। यता किर्गिस्तानलाई फाइनल प्रवेश गर्न भने बङ्गलादेशले नेपाललाई कम्तिमा २-० […]
Flash
त्री-देशीय फुटबल : आज नेपालले किर्गिस्तान संग भिड्ने
काठमाण्डौं,चैत्र,१२-अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको त्री-देशीय फुटबल प्रतियोगिताको दोस्रो खेल नेपाल र किर्गिस्तान बिच प्रतिस्प्रर्धा गर्दैछन्।आज दशरथ रंगशालामा हुने उक्त खेल साझको ५:३० बजे देखि सुरू हुनेछ। नेपालका लागि कप्तानी गोलरक्षक किरण चेम्जोङले गर्नेछन् भने किर्गिस्ताका लागि टोकोताईभ ईर्झानको कप्तानी रहेको छ। नेपालले हाल सम्म किर्गिस्तानसँग दुई पटक खेलिसकेका छन्। २० मार्च […]
नयाँ वर्षको उपलक्ष्यमा जेआरएफद्धारा फोटो कन्टेस्टको आयोजना
फुकुओका,जापान,चैत्र,१२-आउदै गरेको नयाँ वर्ष २०७८ सालको पावन अवसरमा जापान रेमिट फाईनान्स (JRF) ले आफ्नो आधिकारिक फेसबुक पेज मार्फत फोटो कन्टेस्ट (PHOTO CONTEST)२०२१ को आयोजना गरेको छ। उक्त प्रतियोगितामा जापान भरी रहनुभएका इच्छुक महानुभावहरुले सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ।सहभागी हुन चाहाने ईच्छुक व्यक्तीको फोटो संकलन यहि फाल्गुन २७ गते बिहिबार अर्थात (मार्च ११) तारिख देखि सुरु […]
अब खोप प्राप्त भएपछि मात्र लगाउछौं: प्रवक्ता गौतम
काठमाडौं,चैत,११-५५ वर्ष माथिका व्यक्तिमा खोप लगाउने अभियानको उद्घोष गरेको सरकारले पहिलो कार्यक्रममा ६५ वर्ष माथिका व्यक्तिलाई मात्र खोप लगायो । त्यसपछि चैत्र ४ बाट ५५ देखि ६४ वर्ष सम्मका व्यक्तिलाई खोप लगाउने सूचना निकालेको थियो । तर, दोस्रो कार्यक्रम सुरु गर्ने अघिल्लो दिन खोपको अभाव देखाउँदै कार्यक्रम नै स्थगित गरियो । त्यसको सूचनासमेत स्वास्थ्य मन्त्रालयले […]
थ्री नेसन्सका लागि २३ सदस्यीय राष्ट्रिय टोलीको घोषणा
काठमाडौं,चैत,११-नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले थ्री नेसन्स कपका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा गरेका छन्।महर्जनले विश्वकप छनोटका लागि चलिरहेको बन्द प्रशिक्षणबाट १० जनालाई हटाएपछि २३ जनालाई थ्री नेसन्स खेल्ने नेपाली टोलीमा समावेश गरेका हुन्। घोषित टोलीको कप्तानी नियमित गोलरक्षक किरण चेम्जोङले गर्नेछन्। उनीबाहेक गोलरक्षकका रुपमा राष्ट्रिय टोलीमा विकेश कुथु र दिप कार्कीको […]
उपत्यकामा ६३ सहित १४५ जना संक्रमित थपिए
काठमाडौं,चैत,११-नेपालमा पछिल्लो २४ घण्टामा १४५ जना कोरोना संक्रमित थपिएका छन् ।यो सँगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ३ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये १ हजार १ सय ८२ जना सक्रिय संक्रमित छन् ।पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ६३ जनाको पिसिआर परीक्षण गर्दा १४५ जनामा कोरोना […]
घरमै होली पर्व मनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौं,चैत,११-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होली पर्व घरमै मनाउन र भीडभाड नगर्न अनुरोध गरेको छ ।कोरोना संक्रमितको संख्यासँगै जोखिम बढेको भन्दै मन्त्रालयले थप सतर्कता अपनाउन आग्रह गरेको छ । बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भन्नुभयो, ‘पछिल्लो केही दिनमा संक्रमणको संख्या उकालो लागेको छ । जोखिम पनि बढेको छ । त्यसैले होली […]
कैलाली अपडेट:प्रहरीको गोली लागी घाइते प्याकुरेललाई हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो
काठमाडौं,चैत,१०-लम्कीमा प्रर्दशनका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका युवकलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । गोली लागेर गम्भीर घाइते भएका स्थानीय ३० वर्षीय कृष्ण प्याकुरेललाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिनुभयो । पेटमा गोली लागेका प्याकुरेललाई कोहलपुर मेडिकल कलेजमा उपचार सम्भव नभएपछि काठमाडौँ पठाइएको हो । यस्तै […]
एक वर्षमा ७ सय ४५ क्षयरोगका बिरामी भेटिए
काठमाडौं,चैत,१०-राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले गत आर्थिक वर्ष २०७६÷७७ मा २७ हजार ७ सय ४५ नयाँ क्षयरोगी भेटिएको जनाएको छ । विश्व क्षयरोग दिवसको अवसरमा केन्द्रले मंगलबार गरेको पत्रकार सम्मेलनमा १ लाख ५५ हजार ३ सय ७१ सम्भावित क्षयरोगीहरूको परीक्षणमा झन्डै २८ हजारमा क्षयरोग देखिएको जनाएको हो । ०७५÷७६ मा भएको प्रिभ्यालेन्स सर्वेक्षणका अनुसार नेपालमा प्रत्येक […]
असली एमाले आफूहरु भएको माधव नेपालको दावी, ओलीलाई बिमाले सिमालेको संज्ञा
काठमाडौं,चैत,१०-नेकपा एमालेका नेता माधवकुमार नेपालले असली नेकपा एमाले आफूहरु भएको जिकीर गर्दै पार्टी अध्यक्ष केपी ओलीलाई बिमाले, सिमालेको संज्ञा दिनुभएको छ । मंगलबार आफ्नो समूहसम्वद्ध विद्यार्थीहरुको राष्ट्रिय कार्यकर्ता भेलामा नेता नेपालले अध्यक्ष ओलीलाई पार्टी छाडेर गए हुने भन्दै भन्नुभयो, ‘नेकपा एमाले हाम्रो हो, केपी ओलीको होइन ।’ केपी ओलीले जालझेल गरेर पार्टी कब्जा गरे भने […]



