काठमाडौं,फागुन,२९-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट पार्टीविरुद्धमा लड्नुपर्ने बेला भएको बताउनु भएको छ ।शनिबार नेपाली कांग्रेसको केन्द्रीय महिला विभागले आयोजना गरेको महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले कम्युनिस्ट पार्टीले एकदलीय सर्वसत्तावाद लागू गर्न चाहेका कारण प्रजातन्त्रलाई स्थायी बनाउनका लागि कम्युनिस्ट पार्टीविरुद्ध लड्नुपर्ने बेला आएको बताउनुभयो। कम्युनिस्टहरु प्रजातन्त्रको खिलापमा रहेको भन्दै सभापति देउवाले […]
Flash
नेपालले विश्वकप छनोटका बाँकी खेल कुवेतमा खेल्ने
काठमाडौं,फाल्गुन,२८-सन् २०२२ को विश्वकप फुटबल र २०२३ को एसियन कपको संयुक्त छनोट अन्तर्गत नेपालले खेल्न बाँकी ३ खेल कुवेतमा सञ्चालन हुने भएको छ । यसअघि घरेलु मैदानमा खेल्ने तय भएका चाइनिज ताइपेई, अष्ट्रेलिया र जोर्डनसंगको खेल कुवेतमा सञ्चालन हुने गरी एसियन फुटबल कन्फडेरेसन (एएफसी) ले सूचना जारी गरेको छ । एएफसीले शुक्रबार विश्वकप छनोट अन्तर्गत आठवटै समूहको बाँकी […]
‘कम्युनिष्ट आन्दोलन विघटन गर्न दिइन्न,ओलीजीलाई असफल पारिनेछ’:घनश्याम भूसाल
काठमाडौं,फाल्गुन,२८-नेकपा एमालेका निर्वाचित उपमहासचिव घनश्याम भूसालले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलन विघटन गर्न खोजेको आरोप लगाउनुभयो । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भूसालले पछिल्लो निर्णयबाट ओलीले यसलाई थप पुष्टि गरेको बताउनुभयो । ‘केही बर्षदेखि मैले ओलीजीको सामर्थ्यले भ्याएसम्म उहाँको एक मात्र उद्देश्य कम्युनिस्ट आन्दोलनलाई विघटन गर्नु हो भन्दै आएको थिएँ । उहाँले त्यही गर्दै […]
कोरोना खोप अभियान:८ लाखभन्दा धेरै जेष्ठ नागरिकले खोप लगाए
काठमाडौं,फाल्गुन,२८-दोस्रो चरणको कोरोना खोप अभियानमा अहिलेसम्म ८ लाखभन्दा धेरै जेष्ठ नागरिकले खोप लगाएका छन् । गएको २३ गतेबाट सुरु भएको अभियानमा ६५ वर्षभन्दामाथिका ८ लाख २७ हजार ९ सय १७ जना जेष्ठ नागरिकले खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संख्या ६५ वर्षमाथिका कुल जेष्ठ नागरिकको संख्याको ४६ प्रतिशत हो । दोस्रो प्राथमिकताको पहिलो चरणमा […]
शशांक र गगनको एउटै माग:ओलीलाई हटाएर जसरी पनि कांग्रेस सरकार
काठमाडौं,फाल्गुन,२८-नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले कांग्रेसको मुख्य ध्येय ओली सरकार हटाएर नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउनु पर्ने बताउनुभयो । शुक्रबार नेपाल शिक्षक संघ बागमती प्रदेश कार्यसमितिको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले ओली सरकारलाई हटाएर नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गर्नु आफूहरुको मुख्य ध्येय रहेको बताउनुभयो । यसका निम्ति मधेसवादी दलहरुसँग छलफल चलिरहेको पनि उहाँले […]
नेपालमा ४८ जना कोरोना संक्रमित थपिए
काठमाडौं,फागुन २८-नेपालमा पछिल्लो २४ घण्टामा ४८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ५१२ जनाको पीसीआर परीक्षण गर्दा ४८ जनाको नतिजा पोजेटिभ आएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ११८ पुगेको छ ।गत २४ घण्टामा ६१ जना संक्रमणमुक्त भएका छन् […]
जसपा-कांग्रेस छलफल सकारात्मकःशनिबारदेखि राजनीतिक परिस्थिति अलग हुनसक्ने
काठमाडौं,फाल्गुन,२८-सत्ता समिकरणका लागि भएको नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)को छलफल सकारात्मक भएको छ । शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा भएको छलफल सकारात्मक भएको जसपा अध्यक्ष महन्थ ठाकुरले जानकारी दिनुभयो । ‘हामीले आफ्नो तीनवटा मागहरू राखेका छौं,’ ठाकुरले भन्नुभयो, ‘बैठक सकारात्मक भएको छ ।’ उहाँले रेशम चौधरीको रिहाइ, गिरिजचन्द्र लालको प्रतिवेदन सार्वजनिक, […]
आज महाशिवरात्रि पर्व मनाईदै: पशुपतिमा भक्तजनको भिड
काठमाडौं,फाल्गुन,२७-आज महाशिवरात्रि पर्व, आराध्यदेव शिवको पूजाराधना गरी देशभर मनाइँदैछ। शिवरात्रि हरेक वर्षको फागुनकृष्ण चतुर्दशीका दिन मनाउने गरिन्छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना प्रचलन गरहेको छ । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख […]
महाशिवरात्रीको सम्पूर्ण तयारी पूरा
काठमाण्डौं,फाल्गुन,२६-बिहीबार महाशिवरात्री, भगवान महादेवको पूजा आराधनाको विशेष दिन । पशुपतिनाथ लगायत देशैभरीका शिवालयहरूमा महाशिवरात्री पर्वको भव्य तयारी भइरहेको छ । पशुपति क्षेत्र विकास कोषले पनि महाशिवरात्रीको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । देशका विभिन्न स्थानका साथै छिमेकी देश भारतबाट पशुपतिनाथ दर्शनका लागि साधुसन्तहरू आइसकेका छन् । कोरोना महामारी नसकिएकाले पशुपति क्षेत्र विकास कोषले यस […]
कार्यालय तोडफोड गर्नेलाई कार्बाही नगरे प्रतिकार गर्छौं : भिम रावल
काठमाडौं,फाल्गुन,२६-सत्तारूढ नेकपा (एमाले) का उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेशका संयोजक भीमबहादुर रावलले बुधबार प्रदेश कार्यालयमा गरिएको तोडफोडलाई गुण्डागर्दी र अराजकताको संज्ञा दिँदै घट्नामा संलग्नलाई कारवाही गर्न माग गर्नु भएको छ। तोडफोडमा संलग्नलाई अविलम्ब कारवाही गर्न उहाँले माग गर्नु भएको हो। घट्नामा संलग्नलाई कारबाही नगरिए उक्त घट्ना सरकार संरक्षित थियो भन्ने पुष्टि हुने पनि उहाँको आरोप छ। रिपोर्टस […]



