हमासले गर्यो दुई दिनमा ४१ बन्धक रिहा, नेपालका विपिन जोशीलाई अझै छाडेन

काठमाडौं,मंसिर,१०-हमास लडाकु समुहले पछिल्लो दुई दिनमा ४१ जना बन्धक रिहा गरेको छ। इजरायल र हमासबिचको चार दिने युद्धविराम सुरु भएसँगै हमासले बन्धक रिहा गरेको हो।बदलामा इजरायलले पनि आफ्नो देशका कारागारमा रहेका प्यालेस्टाइनी बन्दीहरु छाडेको छ। अमेरिकी समाचार संस्था सि.एन.एन.का अनुसार हमास लडाकुले शनिबार १३ जना इजरायली तथा चार जना थाइ नागरिकलाई रिहा गरेको छ। शुक्रवार […]

नेपाली सेनामा ३ हजार ४ सय बढी जनशक्तिका लागी भर्ना खुल्यौ

काठमाडौं,मंसिर,८-नेपाली सेनाले सैन्य तथा विभिन्न ट्रेड फलोअर्सको रिक्त स्थान पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। आज बिहानै सेनाले एक सूचना प्रकाशित गर्दै ती पद खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्ने जनाएको हो। सेनाले दरखास्त मागेका पदहरूमा सैन्य पद, सफाइकर्मी, चर्मकर्मी, सूचिकार, लोहाकार, केशकर्तक, मालीलगायत छन्।उल्लेखित पदमा काम गर्न इच्छुक र योग्यता पुगेका व्यक्तिहरूलाई पुस ७ […]

विश्वकप छनोट: आज नेपालले यमनसँग खेल्दै

काठमाडौं,मंसिर,५-फिफा विश्वकप छनोट खेलमा नेपालले आज मंगलवार यमनसंग प्रतिस्पर्धा गर्दैछ।दोस्रो चरणको छनोटमा नेपालले घरेलु मैदानमा पहिलो खेल खेल्न लागेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ सात बजे सुरु हुनेछ।सन् २००५ को एएफसी प्रेसिडेन्ड कप पछि नेपालमा साँझ सात बजे खेल हुन लागेको यो पहिलो पटक हो।नेपाली टिमका प्रशिक्षक भिन्चेन्सो अल्बर्तो एनेसले समर्थकको सुविधलाई मध्यनजर […]

नेपाल संवत् को अवसरमा राष्ट्रपति तथा प्रधानमन्त्रीबाट शुभकामना सन्देश

काठमाडौं,कात्तीक,२७-राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल संवत् ११४४ का अवसरमा देश विदेशमा रहनु भएका नेपालीहरूप्रति शुभकामना व्यक्त गर्नु भएको छ। उहाँले सन्देशमा ‘नेपाल संवत्ले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्भाव‚ सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्‍वासका साथ नेपाल संवत् ११४४ को हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो। यसैगरि नेपाल संवत् ११४४ […]

आज तिहारको चौथो दिन, गोवर्द्धन पूजा गरि मनाईदै

काठमाडौं,कात्तीक,२७-आज यमपञ्चक अर्थात् तिहारको चौँथो दिन, गोवर्द्धन पूजा गरि मनाइँदैछ। कार्तिक शुक्ल प्रतिपदाको दिन आज दिन गोवर्द्धन पर्वत, बली राजा, गोरु र हलिको पूजा गरेर मनाइँदैछ।यस दिनमा लिपेर सफा गरिएको घर आँगनमा गाईको गोबरको पर्वत बनाएर पूजा गर्ने प्रचलन छ। धर्मशास्त्रअनुसार द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचालेर गोकुलका बासिन्दालाई अतिवृष्टिबाट जोगाएकाले त्यसको स्मरण […]

आज म्हःपूजा : नेवार समुदायमा (आत्मपूजा) गरि मनाइँदै

काठमाडौं,कात्तीक,२७-आज नेवार समुदायको नयाँ वर्ष तथा नेपाल संवत् ११४४को पहिलो दिन म्हःपूजा (आत्मपूजा) गरि मनाइँदैछ। समग्र देवता, उर्जाशक्ति एवं विश्व ब्रम्हाण्ड आफ्नै शरिरभित्र रहेको विश्वास गर्दै आफूलाई चिन्न प्रेरित गर्ने पर्वको रुपमा म्हःपूजा गर्ने गरिन्छ। आत्मशान्तिका लागि यस दिन तान्त्रिक विधिपूर्वक आफ्नो शरिरलाई पूजा गर्ने परम्परा रही आएको छ। म्हःपूजाका दिन नेवार समुदायका हरेक सदस्यले […]

आज काग तिहार

काठमाडौं,कार्तिक,२५-हिन्दुहरूको दोस्रो ठुलो चाड तिहारअन्तर्गत आज काग तिहार। कात्तिक कृष्ण त्रयोदशीदेखि पाँच दिनसम्म मनाइने यस पर्वको पहिलो दिन आज काग तिहार मनाइँदैछ। यमराजको सन्देशवाहकका रूपमा कागलाई लिने गरिन्छ। सधैँ शुभ समाचार मात्र ल्यायोस् भन्दै कागलाई यस दिन मिठा खानेकुरा दिने प्रचलन छ । यसै दिनदेखि यमराज पनि आफ्नी बहिनी यमुनाको घरमा पाहुना लागेर बस्ने विश्वास रहेकाले […]

नेपाल १० वर्षपछि टी-२० विश्वकपमा छनोट

काठमाण्डौं,कात्तीक,१७-नेपाल आगामी वर्ष हुने आइसीसी टी ट्वान्टी-२० क्रिकेट विश्वकपमा छनोट भएको छ।काठमाडौंको मूलपानी मैदानमा आज भएको सेमिफाइनल खेलमा युएईमाथि ८ विकेटको शानदार जित हात गर्दै नेपालले आइसीसी ट्वान्टी-२० क्रिकेट विश्वकपमा छनोट भएको हो। १३५ रनको लक्ष्यसहित मैदान उत्रेको नेपालले २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो।नेपालका लागी आसिफ शेखले सर्वाधिक रन ६४ बनाएका हुन।उनले ५१ बलमा […]

आज विजयादशमी,मान्यजनका हातबाट टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदै

काठमाडौ,कार्तिक,७-आज वडा दशैंको मुख्य दिन विजयादशमी , घटस्थापनाका दिन स्थापित घडाबाट अभिषेक गरी मनाइँदैछ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ । घटस्थापनाका दिन विधिपूर्वक घर घरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई आज मंगलबार विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रुपमा […]

आज दशैंको नवौं दिन महानवमी पर्व, दुर्गा भवानीको पूजा गरिदै

काठमाडौं,कार्तीक,६-आज दशैंको नवौं दिन महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ।महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ। दशैँघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना, दुर्गा सप्तशती, श्रीमद्देवीभागवत […]